विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ।

छनोटअन्तर्गतको आज (मंगलबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दिपेन्द्रसिं ऐरीले अविजित ३९ र कुशल भूर्तेलले ३९ रनको योगदान गरे।

त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटिएपछि नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको हो।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित रहँदै सर्वाधिक एक सय रनको योगदान गरे। सुशान्त मोदनीले ४२ तथा गजानन्द सिंहले २६ रनको योगदान गरे।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए। गुल्सन झाले ३ तथा दिपेन्द्रसिं ऐरीले २ विकेट लिँदा दलित राजबंशीले १ विकेट खसाले।

तर पूरा १० ओभर बलिङ गरेका सन्दीप लामिछाने महँगा सावित हुँदै ५८ रन दिए पनि कुनै विकेट लिन सकेनन्। जिम्बावेसँगको खेलमा पनि उनी विकेट लिन असफल भएका थिए र महँगा सावित भएका थिए।

आजै भएको अर्को खेलमा घरेलु टोली जिम्बावेले नेदरल्याण्डसमाथि ६ विकेटको शानदार जित निकालेको छ । जितका लागि नेदरल्याण्डले दिएको ३१६ रनको लक्ष्य जिम्बावेले ४० ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

२०७९ भाद्र १०, शुक्रबार १०:१६ गते
आपतकालिन उद्धार कार्यमा सेनाकै भर

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

२०८० भाद्र ३, आईतवार २२:३३ गते
गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४, बिहीबार १०:५९ गते
सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते