खतम भयो कहानी मेरो अन्दाज भन्दा पहिले
जलाइदियौ हेर मुटु मेरो लास भन्दा पहिले
भिन्न छु भन्नेहरुको पनि भिन्नता देखियो यहाँ
मिठो सम्बन्ध मरेर गयो विश्वास भन्दा पहिले
तिम्रो परिस्थितिहरुमा एउटा जवाफ खोजिहेर
धड्कनमा नाम कसरि पुग्छ सास भन्दा पहिले
सिर्फ एक क्षण बचनको चोटहरु खप्न नसकेर
कहिल्यैँ खसे आँशु खानाको गाँस भन्दा पहिले
यसै कहाँ भन्ने गर्छु र केहि भिन्न छैन् तिमि भित्र
नत्र तिमि हुने थियौं तिम्रो आभाष भन्दा पहिले
- संसार अधिकारी
लालबन्दी १७ रानिगंज