मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने, सभामुख मण्डल धरापमा

जनकपुरधाम : नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ ।

मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासद रहेका छन् । त्यस मध्ये १ जना स्वतन्त्र सभासद पनि छन् ।

पुस १० गते संघीय सत्ताका लागि एमाले सहितका दलहरुबीच गठबन्धन भएकै आधारमा मधेश प्रदेशमा जनता समाजवादी पार्टी९जसपा०को नेतृत्वमा सरकार गठन भएको हो । जसपाका मुख्यमन्त्री सरोज कुमार यादवलाई भने प्रदेश सभामा रहेका सबै सभासदहरुले विश्वासको मत दिएर सर्वसम्मत मुख्यमन्त्री बनाएका छन् । एमाले सहितको संघीय गठबन्धन विघटन भइसकेको एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार राति घोषणा गरे ।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको प्रस्ताव गरेको छ । एमालेले सुवास नेम्वांगलाई राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएको छ । एमालेलाई सरकारबाट हटाएर लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एसलाई भित्र्याइने उच्चस्रोतले जनाए । स्रोतका अनुसार अन्य दलहरु सत्ता साझेदार नै रहेका छन् । तर सरकारबाट नहट्ने एमालेले निर्णय गरेको छ ।

मधेश प्रदेशमा एमाले एक्लिएको कारण प्रदेश सभामुख मण्डलको पद समेत धरापमा परेको छ । नयाँ सत्ता साझेदार हुन लागेको नेपाली कांग्रेसले सभामुखमा दाबी गर्दै मण्डलले राजीनामा नदिए २ तिहाईबाट हटाइने आन्तरिक छलफलमा जुटेको छ । ई-जनकपुर टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

२०७९ आश्विन ३, सोमबार १०:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते