पुर्व मन्त्री खतिवडाको बन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति: “ यसो बँदेल घुम्न आउंथ्यो स्वाट्ट पार्न पाइन्थ्यो” (भिडियो सहित)

मकवानपुर | पुर्व संसद तथा पुर्व स्वस्थ्य मन्त्रि बिरोध खतिवडाले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन बिपरित अभिव्यक्ति दिएका छन् |
सत्ता गठबन्धनको तर्फ बाट एकीकृत(समाजवादी)को मकवानपुर प्रतिनिधि क्षेत्र नं. २ को उम्मेदवार खतिवडाले पश्चिम मकवानपुरको मध्यवर्ती क्षेत्रमा एक चुनाबी कार्यक्रममा बोल्दै उक्त आपत्तिजनक भनाइ राखेका हुन् |
उनले भनेका छन् ‘ यसो बँदेल घुम्न आउँथ्यो स्वाट्ट पार्न पाईन्थ्यो | कहिलेकाहीँ यहाँका साथीहरूले यसो बनेल छ दाइ भनेर यसो १/२ किलो पठाउँथ्यो त्यो खान नपाउने भो ।’
उनको यो भनाइले वन्यजन्तु चोरीसिकारलाइ झन् प्रसय दिइरहेको प्रस्ट हुन्छ | पाँच पटक संसद र एक पटक मन्त्रि भइसकेका खतिवडाले मध्यवर्ती क्षेत्रका धेरै नागरिकले वषौंदेखि समस्या व्यहोरी रहेको र त्यो समस्या समाधान गर्नुको साटो उल्टै ऐन बिपरित अभिव्यक्ति दिएका हुन् |
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा संरक्षण क्षेत्रलाई कुनै किसिमले अतिक्रमण वा कब्जा गर्ने वा बिक्री गर्ने वा सोको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पु-याउने व्यक्तिलाई दश वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ भने यो ऐन अन्तर्गत कसूर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानी जानी मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसूरदारलाई हुने सजायको आधी सजाय हुने तर गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजाय सरह नै सजाय हुने ब्यबस्था रहेको छ |
हेर्नुहोस भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!