आँपको फूलदेखि नै किरा लाग्‍न थालेपछि किसान चिन्तित

सर्लाही जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्‍यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्।

आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि चिन्तित बनेका हुन्।

मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका मजुराफुलमा लाग्ने ढुसीले मजुरा झर्ने र दाना नलाग्ने समस्या हुन्छ।

जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुरलगायत क्षेत्रमा मधुवा किराको प्रकोप देखिएको छ।

हरिवन नगरपालिका–३ डाबरीका आँप किसान विनय आलेले आफ्नो दश कठ्ठा क्षेत्रफलमा लगाएको बोटमा मधुवा किराको प्रकोप देखिएको बताए। उनले भने, ‘आँपका मजुराफुलमा मधुवाका कारण फूल झरेर दाना नलागेपछि यस वर्ष आर्थिक समस्यामा पर्ने हो कि चिन्ताले पिरोलिरहेको बताए।’ ‘पहाडमा लालीगुँराश फुलेझै आँपमा ढकमक्क मजुराफुल फुलेको देख्दा मन रमाएको थियो,’ तर ‘मजुराफुलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ।’

ईश्वरपुर नगरपालिका–७ का रामखेवन महतोको आँम बगैचामा रहेको आँपका मजुराफुलमा मधुवाको प्रकोप देखापरेको बताए। फागुन महिनाको अन्तिम साताबाट आँपका मजुराफुलमा मधुवा किराको प्रकोप देखिएको थियो भने, चैत लागेपछि मजुराफुलमा ढुसी देखिन थालेको बताइएको छ।

मजुराफुल फुल्नुअघि आँपको रुखको जरा बरिपरि खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सक्ने बताईएको छ। मधुवा किराको प्रकोप देखा परेपछि भने विषादीबाहेक अर्को विकल्प नरहेको कृषि विज्ञहरुले बताएका छन्।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहले मधुवा प्रकोप पिडित किसानले प्रकृया पुर्‍याई कार्यालयमा आएमा औषधि एवं प्राविधिक सहयोग गर्ने बताए। उनले भने, ‘सर्लाही जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको आठ हजार हेक्टरभन्दा वढी जग्गामा व्यावसायिक रूपमा आँपखेती हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

लामाद्धारा खेल जर्सि सहयाेग

लामाद्धारा खेल जर्सि सहयाेग

२०७९ भाद्र २८, मंगलवार ०६:०५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते