रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट सप्पन्न भयो

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको शेयर बाँडफाँट गरेको हो।

कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिएका थिए।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँट गरिएको हो।शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सह निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाइटबाट हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४, बिहीबार १०:५९ गते
विश्व शान्तिदूत प्रेम रावत

विश्व शान्तिदूत प्रेम रावत

२०७९ मंसिर २४, शनिबार ०९:२४ गते
रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

रहेनन् गायक तथा कलाकार रोबिन तामाङ

२०८० असार १९, मंगलवार २३:३७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते