सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

लालबन्दी । सर्लाहीमा चार राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम मलंगवा नगरपालिका १ भेडियाहिका बर्ष २१ क पोसन महरा र बागमति नगरपालिका ८ का बर्ष २४ का रंजीत राम छन ।

उनिहरुलाई बागमति १० स्थित सोल्टि नहरको बाटोमा चेकजाँचमा खटिएका प्रहरीले गोलीसहित पक्राउ गरेका हुन । बिआर ३० डब्ल्यु ५८८३ नम्बरको मोटरसाईकलमा सवार उनिहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुबै जनालाई हातहतियार खरखजाना ऐन तर्फ मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया