कबिलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको कविलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामरी उत्थान सेवा र दलित स्टोरी क्लवको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

क्लवका अध्यक्ष ओम कुमार पासवानको अध्यक्षता तथा नगरप्रमुख ब्रम्हदेव यादवको प्रमुख आतिथ्यमा श्री जनता आधारभुत विद्यालयको भवनमा कार्यक्रम गरिएको सामरी उत्थान सेवाका मनोज पासवानले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव, राजनीतिक दलका प्रमुख, प्रतिनिधीहरु, मानव अधिकार रक्षक समितिका सहसचिव लक्ष्मी पासवान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संधका अध्यक्ष राजेश पासवान, दलित अगुवा वुद्धीजीवि तथा दलित स्टोरी क्लवका पदाअधिकारीहरु गरी ४० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवानले कार्यक्रमको सजिकरण गर्दै नेपाल सरकारले दलितहरुको पक्षमा सुविधाजन निति, कार्यक्रम ल्याएको भएतापनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको थियो । साथै प्रदेश सरकारले ल्याएको दलित सशक्तिरण ऐन २०७६ मात्र कार्यान्वय भए पनि दलितहरुको मुहारमा खुशीयली छाउन सक्ने अवस्था रहेको तर त्यसो हुन नसकिरहेको प्रस्ट्याउनुभयो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले दलितहरुको उत्थानको लागि नगरपालिकाको योजनामा बजेट राख्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसैगरि नगरप्रमुख यादवले आफु जनताको मान्छे भएकोले जनताको कामको लागि सँधै तयार रहेको बताउनु भएको थियो । जातिय विभेदका कुरा नगरपालिका वाहिर राख्ने बताउँदै नगरप्रमुख यादवले दलित समुदायले उठान गरेको मुद्धामा सहयोग गर्ने र दलित बालबालिकाको शिक्षामा बिशेष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरप्रमुख यादवले दलित सशक्तिकरणको लागि दलित सशक्तिकरण ऐनमा रहेर ऐनको मर्म अनुसार कार्य अघि बढाउन समिति गठनका निम्ति बिशेष सहयोग गर्नुका साथै समितिलाई आफ्नो कार्य सुरुवात गर्न निर्देशन समेत दिनुभयो ।

सामरी उत्थान सेवाले दलित, महिला र सिमान्तकृत समुदायको हितमा करिव २० बर्षदेखि निरन्तर सकृय रुपमा कार्य गर्दै आईरहेको छ । त्यसैगरि सामरीले दलित समुदायको आर्थीक बिकाशका लागी लालबन्दीमा २ ओटा सहकारी खडा गरेको छ भने करोड भन्दा माथीको कारोबार गर्ने दुबै सहकारी संस्था समुदायमा हस्तान्तरण भईसकेको छ । साथै सामरीले दलित समुदायको सवालमा सामाजिक विकासका निम्ती समुदायमा अधारीत २ ओटा कार्यसंञ्जाल संस्था पनि स्थापना गरेको छ ।

सामुहिक शौचालय निर्माण गरी हरिपुर र लालबन्दी नगरपालिकामा हस्तान्तरण समेत गरिसकेको सामरीले हाल दलित युवा परिचालन गरी दलित सवालमा स्टोरी लेखनको माध्यमवाट दलित युवाहरुको क्षमता विकास, युवा सवालको वहस र पैरवी गरिरहेको सामरीको मनोज पासवानले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

2079-11-19 news paper

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते