हेटौंडाको राप्तीमा छठ पर्व (फोटोफिचर )

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ती तटमा आज साँझ भव्य रुपमा छट पर्व मनाइएको छ । तराइका जिल्लाहरुमा जस्तै आज हेटौंडामा पनि धुमधामका साथ छठ पर्वको आज मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको हो ।

हेटौंडाको रापतीको उराठ लाग्ने बगर निकै झकिझकाउ बनाइएको छ । राप्तीमा झिलिमिली बत्तीले सिंगारिएको छ । ब्रतालुहरुले खोला नजिक बनाएको घाटमा विभिन्‍न परिकारहरु पर्वका पूजा, प्रसाद सामग्री ठेकुवा, गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार, भुसुवा, कसार र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरु सूर्यलाई चढाउन राखेका छन् । आज साँझ ब्रतालुहरुले कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाएका छन् ।

यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

हेटौंडाको राप्ती तटमा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् ।

राप्ती बगरमा रातभरि कोहीत जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । कोही भने घर फर्कन्छन् र भोली बिहानै उदाउँदो सूर्यलाई अर्घदिन पुग्छन् ।

हेटौंडाको राप्तीमा मनाइएको छट पर्वका अवसरमा पूर्व उपप्रधानमन्त्री तथा मकवानपुर क्षेत्र नमबर–१ का उम्मेदवार कमल थापा, क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठ लगायतका नेता तथा बिभीन्न क्षेत्रका समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

जनपत्र बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९, मंगलवार १३:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते