नेकपा (एकिकृत समाजवादी) निकट जनबर्गिय संगठनको बैठक हरिवनमा सम्पन्न

हरिवन : सर्लाहीको हरिवनमा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)को बिभिन्न १६ जनबर्गिय संगठन सम्मिलित बैठक बसेको छ ।

शुक्रवार हरिवनबजारस्थित भेटघाट होटलमा मोर्चा घटक बैठक बसेको हो । पार्टी नेता उत्तर कुमार मैनालीको अध्यक्षता एवं स्थायी कमिटि सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टी सम्बद्ध बिभिन्न १६ ओटा जनबर्गिय संगठनका अध्यक्षहरुको सहभागीता रहेको थियो । बैठकमा पार्टीको संगठन सुदृढिकरण, सदस्यता अद्यावधिक गर्ने, आगामि साताको कार्यक्रम लगाएतका बिषयमा गम्भिरतापुर्वक छलफल गरेको भएको छ ।

बैठकमा पार्टीको केन्द्रिय सदस्य एवं मधेश प्रदेशसभा सांसद बेची लंगेली, पार्टीको सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगाएतका नेताहरुले पार्टी स्थापना भएको १६ महिनामात्रै भएको र पार्टीलाई अझ बलियो बनाउँदै शसक्त रुपमा अघि बढाउन थुप्रै कामहरु गर्न बाँकी रहेको धारणा राखेका थिए ।

बैठकमा आफ्नो भनाई राख्दै स्थायी कमिटि सदस्य एवं प्रमुख अतिथी लक्ष्मण पौडेलले पार्टीलाई बलियो बनाउने सवालमा सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको बताउनुभएको थियो । उहाँले पार्टीका नेताहरु जिम्मेवार बन्दै संगठन सुदृढिकरणमा लाग्नुको बिकल्प नरहेको र नेताहरुले ईमान्दारिता र नैतिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताको मुद्दालाई लिएर अग्र मोर्चामा निस्कने जनबर्गिय संगठन र तिनका नेतालाई आफुले साथ दिने बताउँदै पौडेलले हिम्मतका साथ नेताहरुलाई अगाडि बढ्न आग्रहन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते