राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलासा

काठमाडौं ।राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलेको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।

कन्सुलर सेवा विभाग समेत रहेको यो भवनाको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण विभागक एक उच्च अधिकारीले जानकारी दिएकस छन् । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्णमा गरेको थियो । नक्सा पास नभई भवन बनाएपनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ ।

बेसमेन्ट खाली गर्न अहिले महानगरको टोली विभागमा पुगेको छ । र, बेसमेन्ट खाली गराइरहेको छ । यसअघि पनि मेयरसाहाबले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आउनु भएको थियो,’ महानगरका एक अधिकारीले भनेका छन् ,’तर विभागले सेवाग्राहीको भिडाको कारण देखाएर मानेको थिएन ।’
विभागले बेसमेन्ट वेटिङ रुमका रुपमा प्रयोग नगरे सेवा नै दिन नसकिने दावी गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपलिका वा नगरपलिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।
हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएन,’ महानगरका एक अधिकारीले भनेका छन्,’उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेश गर्न भन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते
महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

२०७९ पुष १५, शुक्रबार ०७:०६ गते
error: <b>Alert: </b>Content selection is disabled!!