परवानीपुरमा मोटरसाईकल दुर्घटना हुँदा देउरालीका केसी गम्भिर घाईते

लालबन्दी : सर्लाहीको परवानीपुरमा शनिवार भएको मोटरसाईकल दुर्घटनामा एकजना गम्भिर घाईते भएका छन ।

लालबन्दी नगरपालिका १६ मिलनचोकस्थित मोडमा को ३० प ७१२८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा वडा नम्बर १५ देउरालिका अन्दाजी बर्ष ३८ का नरबहादुर केसी गम्भिर घाईते भएका हुन । रानिगंजबाट देउरालि घरतर्फ गईरहेको बेला अनियन्त्रीत भएर मोडमा मोटरसाईकल दुर्घटना भएको अस्थायी प्रहरी चौकी परवानीपुरले जनाएको छ ।

केसीलाई लालबन्दीस्थित मोडल हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागी वीरगंज पठाईएको छ । टाउको गम्भिर चोट लागेको अवस्थामा उपचारका लागी ल्याईएका केसि शसस्त्रको हवल्दारमा बढुवा भएर आजै घर आएका बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!