वीरगञ्ज महानगरपालिका- ६ मिनाबजार स्थित अवैधरुपमा बनेको संरचना भत्कियो

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ स्थित मिनाबजारको नाला र सडकमाथिको अवैधरुपमा निर्माण भत्काएको छ । बुधबार विहान वडाध्यक्ष जयप्रकाश साह (अग्रवाल)को सक्रियतामा मिनाबजारको नालामाथिको अतिक्रमण भत्काउने अभियान थालिएको हो । वडाभरिनै सार्वजनिक जगा माथि गरिएको अतिक्रमण हटाइने वडाध्यक्ष साहले जनाएका छन् । वडाध्यक्षका अनुसार पछिल्लो समय निर्माण भएका केही घरहरुको नालामाथिनै पिलर बनाइका छन् । ‘सडकको उचाईभन्दा केही इन्च बढाएर नालामाथि प्लेट/स्लेब राखिएका छन् । जसले गर्दा सडकको चौडाई झन साँघुरिएको छ,’ उनले भने, ‘सडककै उचाईमा नालामाथि स्लेब हाल्ने योजना छ । यसको लागि बजेट समेत विनियोजन गरिएको छ ।’

नालाको पर्खालमाथि नै घर निर्माण गरेका छन् । ‘केही व्यक्तिले बढीनै अतिक्रमण गरेका छन् । जसले गर्दा मिनाबजारको सडक झन साँघुरो भएको छ,’ वडाध्यक्ष साहले भने, ‘यसका लागि महानगरपालिकाको नक्सा शाखासँग समन्वय गरि छानबिन गरिरहेको छु । २/३ दिनमै त्यस्ता अतिक्रमण पनि भत्काउँछौँ ।’ बजार पनि व्यवस्थित गर्ने योजना रहेको वडाध्यक्ष साहले जनाए । अतिक्रमणले गर्दा नाला सरसफाईमा समेत कठिनाई हुने गरेको छ । ‘जसले गर्दा वर्षातको पानीले निकास पाउँदैन्, बजार जलमग्न हुने गरेको छ,’ उनले भने, ‘एक इन्च अतिक्रमण पनि सैह्य हुने छैन् । जसले पनि नाला अतिक्रमण गरेको छ, त्यसमाथि सीढी बनाएको छ, वडा भरि नै त्यस्तो अतिक्रमण तोडफोड गरि भत्काउ छौँ, वडावासीको साथ र सहयोग रहेपनि चाडैँ अतिक्रमणमुक्त बनाउने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते
कविता – ‘धराको मलिनता’

कविता – ‘धराको मलिनता’

२०८० भाद्र ८, शुक्रबार २१:५४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते