पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतको हरेक हप्ता स्वास्थ्य जाँच गरिने

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतहरुले अबदेखि नियमित स्वास्थ्य जाँच सेवा पाउने भएका छन । आश्रमका आश्रीतहरुलाई लालबन्दी नगरपालिकाले त्यो सेवा प्रदान गर्ने भएको हो ।

शुक्रवार लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीसहित स्वास्थ्य कर्मिको टोली आश्रममा अनुगमनका लागी पुगेको थियो । सो क्रममा नगरप्रमुख अधिकारीले आश्रममा आश्रीत बृद्धबृद्धा तथा आश्रीतहरुको हरेक शुक्रवारको दिन स्वास्थ्य जाँच गर्ने ब्यवस्थाका लागी प्रतिबद्धता जनाउनुभएको आश्रमकी संचालीका भवानी कोईरालाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममासमेत नगरपालिकाका स्वास्थ्य कर्मिहरुले आश्रमका आश्रीतहरुको स्वास्थ्य जाँच गरेका थिए । चिसो महिना सुरु भएकाले पनि आश्रीतहरुको नियमित स्वास्थ्य जाँच प्रभावकारी हुने आश्रम संचालिका कोईरालाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

२०८१ असार १६, आईतवार २१:४९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते