परवानीपुरका १०७ जनाले गराए आँखाको जाँच

लालबन्दी : सर्लाहीको परवानीपुरमा बुधवार भएको आँखा शिबिरमा १०७ जनाले आँखा जाँच गराएका छन ।

लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ को समन्वय र नेपाल रेडक्रस सोसाईटि श्री सामुदायिक आँखा अस्पताल लालबन्दीको सहयोगमा निशुल्क आँखा शिबिर भएको थियो । नेपाल रेडक्रस सोसाईटि जानकी आँखा अस्पताल तेज कोहली रुईत फाउण्डेसनको प्राबिधिक सहयोगमा भएको शिबिरमा ३० जना मोतियाबिन्दुका रोगी भेटिएको नेपाल रेडक्रस सोसाईटि श्री सामुदायिक आँखा अस्पताल लालबन्दीका सचिव भरत गौतमले जानकारी दिनुभयो ।

सामुदायिक आँखा अस्पताल लालबन्दीले बिभिन्न समयमा बिभिन्न ठाउँमा निशुल्क आँखा शिबिर संचालन गर्दै आईरहेको छ । शिबिरमा भेटिएका मोतियाबिन्दुका बिरामिलाई आउने शनिवार लालबन्दीस्थित नेपाल रेडक्रस सोसाईटि श्री सामुदायिक आँखा अस्पताल सर्जिकल सेन्टरमा अप्रेशन गरिने सचिव गौतमले बताउनुभयो । मोतियाबिन्दुका बिरामिलाई जानकि आँखा अस्पतालका डा.आशिष बोहोराको टिमले उपचार गर्ने छ ।

साथै बिहिवार भएको आँखा शिबिरमा परवानीपुरका बोल्न नसक्ने, कान नसुन्ने र २ ओटै आँखा नदेख्ने जुनुमाया वाईबालाई तेज कोहली रुईत फाउण्डेसनले उपचारका लागी लिएर गएको सचिव गौतमले बताउनुभयो । फाउण्डेसनले वाईबाको एउटा आँखाको सल्यकृया गर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते
आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

२०७९ फाल्गुन २३, मंगलवार १०:३२ गते
विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते