रौतहट : अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ।
जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो।
होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए।
सबै दोषी नरहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। स्रोतका अनुसार पक्राउ गरिएका केही व्यक्तिले सिया प्यालेस होटलमा बसेका महिला डाक्टरको कोठा ढकढक्याई खोल्न लगाउने तथा अभद्र व्यवहार गरेका थिए।
लालबन्दी । सर्लाहीको लालबन्दीमा बुधवार बिहान बिद्यार्थीहरुले सद्भाव ¥याली निकालेका छन । लालबन्दी ९ मा रहेको जनज्योती क्याम्पसदेखि बजारमा रहेको प्रहरी बिटसम्म बिद्यार्थीहरुले ¥याली गरेका हुन ।
सदरमुकाम मलंगवामा बिगत केहि दिनदेखि देखिएको हिन्दु, मुस्लिमबिचको विवादका कारण तनावको स्थिती सिर्जना हुँदा त्यहाँको जनजीवन प्रभावित बनेको थियो । सोहि बिषयलाई लिएर लालबन्दीमा संयुक्त विद्यार्थी संगठन सम्बद्ध बिद्यार्थीहरुले सामाजिक एकता जिन्दावाद, धार्मिक एकता जिन्दावाद भन्दै सद्भाव ¥याली निकालेका हुन ।
¥यालीमा क्याम्पस ब्यवस्थान समितीका अध्यक्ष दिपक अधिकारी, स्ववियुका नेताहरु लगाएत बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । ¥यालीमा सहभागी बिद्यार्थीहरुले ‘सामाजिक सद्भाव कायम गरौं, मानव धर्म जिन्दाबाद, धार्मिक सहिष्णुता कायम गरौं, शान्ति सुरक्षा कायम गरौं, हत्या हिंसा बन्द गरौं’ जस्ता नारा लगाएका थिए ।
¥याली लालबन्दी ७ बजारस्थित प्रहरी बिट नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै बिद्यार्थी नेताहरुले हिन्दु मुस्लिम भन्दा पनि ठूलो धर्म भनेको मानवताको धर्म भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेबिसंघ पूर्व उपाध्यक्ष नेपाली कांग्रेसका महानिवेशन प्रतिनिधि दिपक अधिकारिले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्य प्रमुख जिल्ला अधिकारीको भएको हुँदा प्रजिअ जिम्मेवार हुनुपर्ने बताए । यदि जिल्लामा शान्ति सुरक्षा कायम गराउन नसक्ने प्रजिअ र प्रहरि उपरीक्षक लाई गृहमन्त्रीले तत्काल सरूवा गरि अर्को सक्षम प्रजिअ र प्रहरी उपरिक्षक ल्याउनुपर्ने भन्दै सदिउ देखि मिलेर बस्दै आएको नेपाली समुदायमा धार्मिक सामाजिक सद्भाव कायम राख्न हामी सबै लाग्न सम्पुर्ण नागरिकलाई आह्वान गरे ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न १ ख सभापति सिताराम दाहाल, निवर्तमान नगर सभापति प्रसान्त आचार्य, नेपाली काङ्ग्रेसका नेता देबिबन्धु थापा, नेपाल तरुण दल केन्द्रिय सदस्य बिभुसिंह थापा, लोकहरि पौडेल, विद्यार्थी नेताहरु मनोज बख्रेल, इर्साद हुसेन, आदित्य महतो लगायतको थुप्रै नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा सद्भाव मन्तव्य विद्यार्थी नेता ज्ञानेश्वर मण्डल, सफल अधिकारि, बिकाश थापा लागाएतले राखेका थिए भने कार्यक्रम सन्चालन नेबिसंघ सर्लाही काठमाण्डौ सम्पर्क समिति सभापति लबहरि ढुङ्गेलले उद्घोषण गरेका थिए।
उनिहरुले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा सामाजिक सद्भाव कायम राख्ने कार्यमा अब्बल भुमिका निवाह गर्न नसकेको भन्दै आक्रोशसमेत पोखेका थिए ।
लालबन्दी । नेपाल क्युकोशिन कान कराते संघबाट नेपालको प्रतिनिधित्व गर्दै लालबन्दीबाट ३ खेलाडी प्रतियोगीताका लागी भारत गएका छन ।
भारतको कलकत्तास्थित रसबिहारीमा यहि सेप्टेम्बर २९ र ३० तारिखमा हुने प्रतियोगीतामा भाग लिन जाने खेलाडीलाई मंगलबार दिउँसो बिदा गरिएको हो । सर्लाहीको लालबन्दी ७ स्थित युनाईटेड होटलमा एक औपचारीक कार्यक्रमका बिच ३ जना खेलाडीलाई बिदाई गरिएको संघले जनाएको छ ।
नेपाल क्युकोशिन कान कराते संघका जिल्ला अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता एवं लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा लायन्स क्लव लालबन्दी सेन्चुरीका अध्यक्ष मोहन राउत, नेपाल क्युकोशिन कान कराते संघ सर्लाहीका सचिव शसि देवकोटा, नेकपा माओवादी केन्द्र लालबन्दी नगरकमिटि अध्यक्ष लेखराम जर्गा मगर, नेपाल क्युकोशिन कान कराते संघका ब्रान्च चिफ सुवास काफ्ले, खेलाडीका अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।
प्रतियोगीताका लागी लालबन्दीबाट सौरभ बस्नेत, सबिन वाईबा र काठमाण्डौँका कबिन देसार गरि ३ जनालाई भारतमा हुने प्रतियोगीताको लागी बिदाई गरिएको हो ।
उनिहरुलाई खादा, अबिर, नेपाली टोपी लगाई राष्ट्रिय झण्डा प्रदान गर्दै देशको शान बढाउन सफल हुने शुभकामना सहित बिदाई गरिएको नेपाल क्युकोशिन कान कराते संघ सर्लाहीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बागमति । सर्लाहीको बागमति नगरपालिकालाई २ थान झार काट्ने मेसिन (ग्रास ट्रिमर) प्राप्त भएको छ ।
संबिधानसभा सदस्य एवं जिल्लाका लोकप्रिय समाजसेवी नरेन्द्र साहले नगरपालिकालाई २ थान ग्रास ट्रिमर प्रदान गर्नुभएको हो । उहाँले १५ थान ट्रिमर बाँड्ने योजना अन्तर्गत बागमति, हरिवन र बरहथवालाई २/२ थान वितरण गरिएको बताउनुभयो ।
शुक्रबार बिहान बागमति नगरपालिका कार्यालय परिसरमा एक कार्यक्रममार्फत साहले सो सामाग्री नगरपालिकालाई हस्तान्तरण गर्नुभएको नगरपालिकाका रोजगार सहायक सन्तोष गदालले जानकारी दिनुभयो ।
लालबन्दी । विश्व शान्ति दिवसका अवसरमा सर्लाहीको लालबन्दीमा बिहिवार बृहत कार्यक्रम सम्पन्न भएको छ ।
आत्मज्ञान प्रचार संघ लालबन्दी केन्द्रको आयोजनामा बृहत शान्ति ¥याली, दिप प्रज्वलन एवं भिडियो प्रदर्शनी कार्यक्रम भएको हो । विश्व शान्ति बक्ता प्रेम रावतको ‘शान्ति सम्भव छ, शान्ति हामि भित्रै छ’ भन्ने मुल मन्त्रमा आधारित रहेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक मदन नेपालले जानकारी दिनुभयो । करिव २०० जनाको सहभागीतामा कार्यक्रम भएको थियो ।
अपराह्न ४ बजे लालबन्दी ६ स्थित जनवादी चोकबाट सुरु भएको शान्ति ¥याली वडा नम्बर ७ को डुमडुमे मन्दिर नजिकै कर कार्यालय जाने बाटो नजिकै खालि ठाउँमा पुगेर रोकिएको थियो । त्यहाँ शान्ति दिप प्रज्वलन पश्चात प्रेम रावतको शान्तिको सन्देशले भरिएको भिडियो प्रदर्शन गरिएको कार्यक्रमका प्राविधिक संयोजक राजेश गौतमले बताउनुभयो ।
दिवसका अवसरमा लालबन्दीसहित जिल्लाका बिभिन्न स्थानमा र देशभर नै विविध कार्यक्रम भएका छन । विशेष गरि प्रेम रावतको सन्देश सुन्ने र सुनाउनेहरुले दिवसलाई विशेष र बृहत बनाएका छन ।
प्रेम रावत विश्व शान्ति दुत हुन । उनले विश्वका धेरै देशहरुमा शान्तिको शन्देस बाँड्ने गरेका छन । उनको शन्देस विश्वका सवैजसो देशको भाषामा उपलब्ध छ । उनको सन्देश रेडियो, टेलीभिजन र आधिकारीक अनलाईन युट्युब च्यानलहरुमार्फत प्रशारण हुने गर्दछन ।
रावतले ‘शान्ति सम्भव छ, शान्ति हामि भित्रै छ र शान्ति खोज्न बाहिर भौँतारिनु पर्दैन’ भन्ने शन्देस बाँड्ने गरेका छन ।
क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत रहेको मानव सेवाश्रममा बिहिवार बिहान प्रेस सेन्टर नेपाल सर्लाहीले एक कार्यक्रमका बिच एक छाक मिष्ठान्न भोजन सेवा गरेको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीका सदस्य स्वर्गिय अभिषेक कुमार यादवको १३ औँ दिनको पुण्य तिथि पारेर प्रेस सेन्टर नेपालले मानव सेवा आश्रममा श्रद्धाञ्जली कार्यक्रम गर्दै आश्रममा आश्रीतहरुलाई भोजन गराएको हो ।
प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष श्रवण थापाको सभाध्यक्षतामा नेकपा माओवादी केन्द्रका सर्लाही जिल्ला ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यता तथा नेता राजकुमार यादव, हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त, हरिवन नगरपालिकाका नगरप्रमुख (मेयर) रमेश बुढाथोकी (कमल) सहितका नेताहरु, प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिती सर्लाहीका सम्पुर्ण पदाधिकारी तथा जिल्लाका पत्रकारहरुको उपस्थितीमा कार्यक्रम गरिएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीका सचिव राधेश्याम कुशवाहले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य एवं सर्लाहीका पुर्व अध्यक्ष शंकर श्रेष्ठ, प्रेस चौतारी सर्लाहीका अध्यक्ष अच्युत साप्कोटा लगाएतका पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले स्वर्गिय पत्रकार यादवप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै हरिवनका मेयर कमल बुढाथोकीले यादवको मृत्युले देशले एक होनहार पत्रकार गुमाएको बताउनुभएको थियो । उहाँले देशको चौथो अंगको रुपमा रहेका एक खम्बाको अवसानले आफु निकै मर्माहत भएको बताउँदै मृतकको आत्माको चिर शान्तिको कामना गर्नुभयो ।
त्यसैगरि सर्लाही जिल्ला ईन्चार्ज काफ्लेले जनतालाई सुसुचित गराउने महान अभियान लिएर पत्रकारीता जगतमा अघि बढेका स्वर्गिय यादवको निधनले देशले अपुरणिय क्षति बेहोरेको बताउनुभयो । उहाँले स्वर्गिय पत्रकार यादव जुन महान लक्ष्यका साथ अघि बढेका थिए, त्यो लक्ष्य प्राप्तिका लागी प्रेस सेन्टर नेपालले कार्य गरेमा त्यो नै स्वर्गिय यादव प्रति सच्चा श्रद्धाञ्जली हुने र जिल्लामा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितीले राम्रो काम गरिरहेको आफुले पाएको र आगामी दिनमा पनि यस्ता राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
आफ्नो संगठन सदस्य एवं आशालाग्दो एक कुशल पत्रकारको २१ बर्षको अल्पायुमै भएको निधनबाट बिक्षिप्त बनेको प्रेस सेन्टर नेपाल सर्लाहीले केहि दिन अघि स्वर्गिय यादवकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।
जिल्लाको धनकौल ४ महिनाथपुर घर भएका यादव गएको भदौ २३ गते शनिबार बागमतिबाट रिपोर्टिङ सकेर घर फर्किंदै गर्दा बरहथवा ८ टाँडी गर्जाहा पुलमा मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका थिए । दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागी यादवलाई थप उपचारका लागी एलएस न्युरो अस्पताल कलैया लगीएकोमा उनको उपचारको क्रममा आईतबार दिउँसो ज्यान गएको थियो ।
कार्यक्रमको पुरा भिडियो यहाँ छ ।
- यो पनि पढ्नुहोस् ।
सर्लाही । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
मलंगवा । सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले बिभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएको छ ।
क्लबको आयोजनामा ’बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस अवसरमा भव्य रूपमा कार्यक्रम गर्दै मनाईएको हो । दिवसका अवसरमा श्री जनता मावि का ४०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष बिक्रम यादव, ईलाका प्रहरी कार्यालय चक्रघट्टाका असई जय नारायण यादव लगाएत स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका पूर्व अध्यक्ष यादवले आफुले आगामि दिनमा पनि यस्ता सामाजिक कार्यक्रमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको क्लवका अध्यक्ष ठाकुरले बताउनुभयो ।
मलंगवा । राष्ट्रिय बाल दिवशको अवशरमा टि१० क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत रहेर प्रतियोगीताको आयोजना गरिएको संस्थाका अरबिन्दप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लाको गोडैता र बलरा नगरपालिकाका सिएनएन बाल क्लवलाई प्रतियोगीतामा सहभागी गराईएको थियो ।
बलरा नगरपालिका वडा नम्बर ७ र ८ का वडाध्यक्षसहित स्थानिय खेल प्रेमिहरुको उपस्थितीमा भएको ३ खेलमा गोडैताले जित हात पारेको कुशवाहले जाकारी दिनुभयो ।
लालबन्दी । नेकपा एमाले निकट भातृसंगठन अखि नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को मधेश प्रदेश अध्यक्षमा सर्लाही रानिगंज घर भएका कुल प्रसाद गौतम (शिवहरी) चयन भएका छन । शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न दोश्रो अधिवेशनबाट शिवहरीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
समितीको उपाध्यक्षत्रयमा भैयाराम सहनी, जितेन्द्र यादव र भक्ति अग्रवाल छन । त्यसैगरि सचिवमा सतिसचन्द्र सिंह, सह–सचिवत्रयमा असोक महतो, रंजिव साह र मनिषा चौधरी, कोषाध्यक्षमा संगीता गौतम लगाएत अन्य सदस्यहरु च्यन भएका छन ।
२०६५ सालबाट बिद्यार्थी राजनितिमा होमिएका शिवहरी ०६६ सालमै क्याम्पस कमिटि अध्यक्ष बनेका थिए । ०६९ मा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्ष, जिल्ला सचिव, ०७३ मा जनज्योती बहुमुखि क्याम्सको स्ववियु सभापति हुँदै अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका गौतम विद्यार्थीमाझ लोकप्रिय ब्यक्ति हुन । पार्टीमा राम्रै दबदबा राख्न सफल गौतम केहि समय अघि मात्रै लालबन्दी नगर कमिटिका सचिवसमेत चुनिएका छन ।
अनेरास्ववियु मधेश प्रदेश कमिटिको ऐतिहासिक प्रथम प्रदेश अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष अञ्जना सिवाकोटीको अध्यतामा बसेको बैठकले ३९ जनाको प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो ।