क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको ईश्वरपुर ३ भक्तिपुरका चन्देश्वर चौधरीको पसलसहितको घर आगलागीबाट जलेर नष्ट भएको छ ।
मंगलबार दिउँसो चौधरीको घर जलेको हो । आगलागीबाट चौधरीको करिव १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ । पसलमा पेट्रोल नाप्ने क्रममा भान्जाले लाईटर बाल्दिएपछि आगलागी भएको बताईएको छ । आगलागीमा परि मानविय क्षति नभएपनि चन्देश्वर चौधरी, छोरा राम कुमार चौधरी र नाति सामान्य घाईते भएका छन । उनिहरुको उपचार भईरहेको जानकारी प्राप्त भएको छ । छोरालाई उपचारका लागी काठमाण्डौँ रेफर गरिएको छ ।
आगो लागेको जानकारी प्राप्त हुनासाथ हरिवन नगरपालिकाको बारुणयन्त्र तिब्र गतिमा घट्नास्थल पुगेर आगो निभाउने कार्यमा सक्रिय भएको स्थानियले बताएका छन । केहि समय पछि मलंगवा नगरपालिकाको समेत बारुणयन्त्र घट्नास्थलमा पुगेको थियो । स्थानिय बासिन्दा, नजिकैको एक बिद्यालयका शिक्षक, बिद्यार्थी, नेपाल प्रहरी र शसस्त्रको टोलीले आगो निभाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
अघिल्लो बर्षको कात्तिकमा ईश्वरपुर नगरपालिकाले हरिवन नगरपालिकाको स्वामित्वमा रहेको दमकल संचालनका लागी साझेदारी गरेको थियो । आगलागी भएको जानकारी प्राप्त भएको केहि बेरमै दमकल घट्नास्थलमा पुगेपछि स्थानियले नगरप्रमुख मनोज कुमार आचार्यको दुर दृष्टिको मुक्त कण्ठले प्रशंसा गरेका छन ।
यता मेयर आचार्य दम्पतिले घट्नास्थलमा पुगेर पिडित चन्देश्वरको परिवारलाई तत्कालका लागी भाँडा वर्तन, लत्ता कपडासहित नगद ५१ हजार रुपैँया सहयोग गर्नुभएको छ । बाँकी राहत र सहयोगको काम प्रकृयागत ढंगले बिस्तारै हुने तर पिडितलाई परेको पिडा र तात्कालिन आवश्यकतालाई मध्यनजर गर्दै आफुले ब्यक्तिगत रुपमै सहयोग गरेको मेयर आचार्यले बताउनुभएको छ ।
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।
महोत्तरीमा जारी बैठकले तनहुँबाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो । यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ ।
बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी, सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ ।
यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।
यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी छन् ।
गया, भारत । २६ नोभेम्बर, २०२३ (वि.सं. २०८० मङ्सिर १०) मा प्रेम रावतले ‘जीवनको मूल्य सम्बन्धी बुझाइ– आफूले आफैँलाई चिन्नु’ भन्ने विषयमा मानिसहरूलाई सम्बोधन गर्नुभयो । यस कार्यक्रममा उहाँले ३ लाख ७५ हजार ६ सय ३ जना दर्शकका साथमा ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि एउटा नयाँ विश्व रेकर्ड स्थापित गर्नुभयो । प्रेम रावत बोधगयाको औरा गाउँस्थित अन्नपूर्णा राइस मिल नजिकै राजविद्या केन्द्रद्वारा आयोजित विश्वको सबैभन्दा ठूलो उपस्थितिको सभामा मानिसहरूलाई सम्बोधनका लागि भारतको गया पुग्नुभएको थियो । यो उहाँको एक घण्टाभन्दा पनि बढी समयको सम्बोधन थियो ।
यो व्याख्यानमा भाग लिने गण्यमान्य व्यक्तिहरू, बुद्धिजीवी वर्ग, सञ्चारकर्मी, विद्यार्थीका साथै जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरू मङ्सिर १० गते बिहानैदेखि कार्यक्रमको सहभागिताका लागि भेला हुन सुरु गरिसकेका थिए । प्रेम रावतको रेकर्डलाई गिनिज विश्व रेकर्डका निर्णायक श्री स्वप्निल डङ्गरिकर तथा प्रवीण पटेल र विषयवस्तु विशेषज्ञको उपस्थितिमा मञ्चबाट स्वीकार गरिएको थियो । गिनिज विश्व रेकर्ड टिमले यसलाई ‘एउटै सम्बोधनमा सबैभन्दा बढी उपस्थिति” को रेकर्डका रूपमा दर्ता गर्यो । यसबाट आधिकारिक रूपमा भारतको बिहारस्थित गया सहरमा ३ लाख ७५ हजार ६ सय ३ जना मानिसहरूले सुनेको एउटा नयाँ विश्व कीर्तिमान स्थापित भएको हो ।
उहाँले आफ्नो सम्बोधनका क्रममा ‘आज हामी बाँचिरहेको यो संसारमा आफूले आफूलाई चिन्नुको महतव’ का बारेमा प्रकाश पार्नुभयो । अन्य कुनै चीजभन्दा पनि आफूले आफूलाई चिन्नुको महत्व बढी भएको कुरा बताउँदै उहाँले भन्नुभयो, आफूले आफूलाई चिन्नुहोस् ।’
सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘अज्ञानताले भ्रम उत्पन्न गर्छ तर ज्ञानले सन्तोष र सन्तुष्टिको भावनालाई जागृत तुल्याउँछ । स्वयम् आफूलाई चिन्नुको एउटा अर्को प्रमुख उद्देश्य के हो भने जीवनमा हामीले आफूलाई मात्र नियन्त्रण गर्न सक्छौँ र यसले नै हाम्रो जीवनमा आफ्नो खुसी र शान्ति निर्धारण गर्दछ । यसर्थ आफूले आफूलाई चिनेपश्चात् हामी यस जीवनयात्रामा ड्राइभरको सिटमा आसीन हुन पुग्छौँ ।’
प्रेम रावतले फेरि भन्नुभयो, ‘हामीले ईश्वरलाई विश्वास गर्छौँ या गर्दैनौँ भन्ने कुराले केही पनि फरक पर्दैन । हरेक विचार, अवधारणा अनि विश्वासभन्दा पर हामीसँग यो जीवन छ । देख्न सकिने यो ब्रह्माण्डलाई हामी देख्छौँ र यो सृष्टि स्पष्ट छ । प्रकृतिमा एउटै शक्तिले सबैथोक बनाए अनि सोही शक्तिले यो सृष्टिलाई सञ्चालन गरिरहेको छ । हामीले यसको विशाल आकारलाई बुझ्न सक्दैनौँ तर यदि हामीले आफूले आफूलाई चिन्यौँ र यो सृष्टि कै एउटा हिस्सा हो भने यो त्यस अनन्तलाई बुझ्नु जत्तिकै गहन हुन्छ ।’
उहाँले एउटा उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘यदि हामीले समुद्रको स्वादलाई चाख्न चाह्यौँ भने हामीले त्यसको सबै पानी पिउन सक्दैनौँ तर एउटा थोपोको स्वाद लिए मात्रै पनि पूरै समुद्रलाई चाखेकै बराबर हुन्छ । हामी त्यो अनन्त शक्तिको त्यो थोपो हौँ जसद्वारा सबै कुराको सिर्जना भएको छ । यसर्थ यस कुरालाई जान्नु र बुझ्नु नै सर्वोच्च ज्ञान हो ।’
यस्तो गहन सन्देशबाट उल्लेख्य रूपमा उपस्थित मानिसहरू मन्त्रमुग्ध भएका थिए । यसबाट गया सहर एउटा अलौकिक शान्तिका कारण जीवन्त भएको महसुस भयो । पवित्र नदी ‘फाल्गु’ को किनारमा रहेको गया सहरका बारेमा हिन्दू महाकाव्य रामायण र महाभारतमा पनि वर्णन गरिएको छ ।
बोधगया भगवान् बुद्धले प्रसिद्ध ‘पीपल’ को वृक्षमुनि बसेर ज्ञान प्राप्त गरेको स्थान हो । गयादेखि केही माइल पर नालन्दा विश्वविद्यालय छ । यसलाई १५०० वर्षभन्दा पहिला प्राचीन कालको ठूलो सिकाइ केन्द्र तथा संसारको पहिलो आवासीय विश्वविद्यालय मानिन्छ । यसको छेउमा भगवान् बुद्धले आफ्नो व्याख्यान प्रस्तुत गरेको राजगीर नामक स्थान पनि छ ।
प्रेम रावतको परिचय
प्रेम रावत एक विश्व प्रसिद्ध शिक्षाविद्, सर्वाधिक विक्री भएको पुस्तकका लेखक, मानवतावादीका साथै दुईओटा गिनिज विश्व रेकर्ड बनाउनुहुने एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँ विश्वभरका स्रोतागणहरूलाई व्यावहारिक रूपमा आफूले आफू सँग जोड्न र सन्तुष्ट जीवन जिउनका लागि प्रेरित गर्नुहुन्छ । प्रेम रावतले हरेक व्यक्तिका लागि आशा र शान्तिको व्यावहारिक सन्देश प्रदान गर्ने अथक प्रयासमार्पmत लाखौँ मानिसहरूको जीवनलाई प्रभावित तुल्याउनुभएको छ । उहाँको सम्बोधन र सन्देश छ दसक भन्दा अघिदेखि ५,५०० भन्दा बढी कार्यक्रमबाट प्राप्त गर्नुभएको गहन व्यक्तिगत अनुभवमा आधारित छ ।
एक विलक्षण बालकदेखि ७० को दशकमा एक किशोर आइकन हुँदै विश्व शान्तिदूतसमेत बनेर प्रेमले लाखौँ मानिसहरूका लागि असाधारण स्पष्टता, प्रेरणा अनि जीवनको गहन शिक्षा प्रदान गरिरहनुभएको छ । हाल संयुक्त राज्य अमेरिका स्थित द प्रेम रावत फाउन्डेसनका संस्थापक प्रेम रावतले जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरूसँग रहेर काम गर्नुहुन्छ । यसका साथै उहाँले आफूभित्रको राम्रोपनको स्रोतको अनुभव कसरी गर्ने भनेर उहाँहरूलाई सिकाउनुहुन्छ । उहाँको विश्वव्यापी प्रयास १०० भन्दा बढी देशमा फैलिसकेको छ र यसले प्रत्येक व्यक्तिका लागि आशा, खुसी र शान्तिको व्यावहारिक सन्देश प्रदान गरेको छ ।
शान्ति शिक्षा कार्यक्रम रावतको सम्बोधनमा आधारित ‘विभिन्न विषयमा केन्द्रित अप्राविधिक दक्षताको एउटा कल्याणकारी कार्यक्रम’ हो र यसलाई विश्वका १००० भन्दा बढी शैक्षिक संस्थानमा उपयोग गरिएको छ । यसका साथै यसमा ३ लाख ६५ हजारभन्दा बढी मानिसहरूले भाग लिइसकेका छन् । यसलाई संसारका ७७५ भन्दा बढी जेलहरूमा उपयोग गरिएको छ र यसबाट दोहोर्याएर अपराध गर्ने दरलाई घटाउन मद्दत पुगेको छ । यस कार्यक्रमलाई संसारका ८० देशमा ४० भाषामा अनुवाद गरी प्रयोग गरिरहिएको छ । प्रेम रावत फाउन्डेसनको नयाँ कार्यक्रम ‘शान्ति शिक्षा कार्यक्रम ईडीयू’ लाई विशेषतः शिक्षक वर्ग तथा शैक्षिक क्षेत्रका लागि निर्माण गरिएको हो । उहाँले भर्खरै १ नोभेम्बर २०२३ मा दुबईस्थित जीईएसएसमा आफ्नो सन्देश प्रस्तुत गर्नुभयो । जीईएसएस संसारका ४० भन्दा बढी देशका ३५० भन्दा धेरै शैक्षिक निकाय तथा विशेषज्ञहरूको सहभागिता हुने शैक्षिक मेला हो ।
उहाँ ‘शान्ति शिक्षा कार्यक्रम’ को आयोजना गर्ने प्रेम रावत फाउन्डेसनका संस्थापक हुनुहुन्छ । यो संस्थाले जेल, युद्धका कारण क्षतिग्रस्त देशदेखि ८० भन्दा बढी मुलुकका अवकाशप्राप्त सैनिक केन्द्र र अस्पतालहरूमा यो कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमलाई विश्वका एक हजारभन्दा बढी स्कुल र विश्वविद्यालयले अपनाएका छन् । यसका साथै समाज र द्वन्द्वबाट पीडित मानिसहरूसहित जीवनमा सबै क्षेत्रसँग जोडिएका मानिसहरू समक्ष यो कार्यक्रम पुगेको छ । यसले कार्यक्रममा सहभागीहरूलाई वास्तविक व्यक्तिगत शान्तिको अनुभव गर्ने प्रेरणा प्रदान गर्दछ ।
प्रेम रावत शान्तिका विषयमा बोल्नुहुन्छ । उहाँले शान्तिलाई अनुभव गर्ने एउटा व्यावहारिक तरिका प्रदान गर्नुहुन्छ । उहाँ आफ्ना पुस्तक, प्रशिक्षण, वेबसाइटका सामग्री, सञ्चारजगत्सँगको साक्षात्कार अनि सबैभन्दा धेरै त प्रत्यक्ष प्रस्तुतिको कार्यक्रमलाई सम्बोधन गरी संसारका लाखौँ मानिसहरू माझ आफ्नो सन्देश प्रवाह गर्नुहुन्छ ।
केवल सन् २०२३ मा मात्रै प्रेम रावतले टीभी, प्रकाशित सामग्री अनि रेडियोसहितका सबै सञ्चार माध्यममा गरी ७७ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई सम्बोधन गर्नुभयो । प्रेम रावतले भर्खरै पनि संसारका शिक्षकहरूका लागि अत्यन्तै प्रभावकारी शान्ति शिक्षा कार्यक्रमलाई प्रस्तुत गर्न तथा आफ्नो सर्वाधिक विक्री भएको पुस्तक ‘हियर योरसेल्फ हाउ टु फाइन्ड पिस इन ए नोइजि वल्र्ड’ को अरबी भाषाको संस्करणलाई विमोचन गर्नका लागि दुबई संयुक्त अरब इमिरेट्सको यात्रा गर्नुभयो । उहाँको यो ऐतिहासिक यात्राले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको ध्यान आकर्षित ग¥यो जसले उहाँको अन्तर्दृष्टि र प्रयासलाई लाखौँ मानिसहरूमाझ पुर्याइरहेको छ । प्रेम रावतलाई संयुक्त अरब इमिरेट्सको विश्व प्रसिद्ध शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेलामा एउटा कार्यक्रमका साथै उहाँको सर्वाधिक विक्री भएको पुस्तक ‘हियर योरसेल्फ: हाउ टु फाइन्ड पिस इन ए नोइजि वल्र्ड’ को अरबी संस्करणको विमोचन कार्यक्रमको अवसरमा सम्बोधनका लागि आमन्त्रण गरिएको थियो ।
प्रेम रावत न्युयोर्क टाइम्सको ‘हियर योरसेल्फ: हाउ टु फाइन्ड पिस इन ए नोइजि वल्र्ड’ को सर्वाधिक विक्री हुने पुस्तकका लेखक हुनुहुन्छ । अप्रिल २०२३ मा उहाँ एकल लेखकका रूपमा सर्वाधिक व्यक्तिको सहभागिता अर्थात् १,१४,७०४ जना मानिसको उपस्थितिमा पुस्तक वाचन गरेर गिनिज विश्व रेकर्ड कायम गर्ने व्यक्तित्व हुनुहुन्छ । प्रेम रावत एक पाइलट पनि हुनुहुन्छ । उहाँसँग १५,००० घण्टाको उडान भरेको अनुभव छ । यसका साथै उहाँ एक फोटोग्राफर, प्राचीन कार मर्मतकर्ता एवम् चार सन्तानका पिता र चार बच्चाका हजुरबुवा पनि हुनुहुन्छ ।
सर्लाही । गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवं विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०-७० जनाले ध्यान गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने छ।
यसअघि नक्खु भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको छ। विश्वका विभिन्न मुलुकका कारागारमा पनि विपश्यना ध्यान शिविर हुने गरेको छ ।
सर्लाही : सर्लाहीको सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ।
मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५–६ महिना जतिको देखिने मृत दुई शिशु फेला परेका हुन्।
बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।
मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताए।
अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ।
हरिवन । सर्लाहीको हरिवनमा रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको कारोबारबाट सेयर सदस्यलाई १३ प्रतिशत बोनस वितरण गरेको छ।
समृद्धिको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभामा अध्यक्ष अर्जुन पन्तले आर्थिक मन्दिको अवस्थामा पनि संस्थाको आर्थिक कारोबार राम्रो रहेको बताए। उनले सेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँडबाट सेयर सदस्यलाई २१ दशमलव ५ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिए।
समृद्धिले आर्थिक वर्ष २०७९र०८० को कारोबारबाट ७७ लाख ६६ हजार ५१७ रुपैयाँ मुनाफा गरेको संस्थाका प्रवन्धक चिरञ्जीवि भट्टराईले बताए।
साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्व रक्षामन्त्री तथा सर्लाही ३ बाट निर्वाचित संघीय सांसद हरिप्रसाद उप्रेती, प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, समृद्धिका पूर्व अध्यक्ष इन्द्र पाठक, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य, नेप्सुकुनका हरिवन शाखा प्रमुख महेश बराल, राष्ट्रिय सहकारी बैँक हरिवनका नारायण लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभाले अध्यक्ष लगायत विभिन्न उपसमितिको प्रतिवेदन र २०८०र०८१ को बजेट तथा कार्ययोजना सुझावसहित पारित गरेको छ।
कृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ ।
लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल, पि.आर.सि नेपाल, साना हात, आशिष सामाजिक सेवा नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप-प्रमुख आरतीदेवी चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रमका प्रमुख अतिथि चौधरीद्वारा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, हरिपाल चतुर्वेदी, लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, प्रहरी निरिक्षक लक्ष्मण ओली, लगायत विभिन्न सामाजिक व्यक्तित्व हरुको आतिथ्य रहेको थियो । कार्यक्रममा पि.आर.सि का कपिलवस्तु प्रतिनिधि दिनेश तिमिल्सिनाको स्वागत मन्तब्य रहेको कार्यक्रममा थुमा देवी उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मौलाना मशहूद ले हामी सबै मिलेर महिला हिंसा अन्त्य गर्नुपर्ने बताउदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताए। कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रवक्ता हरिपाल चतुर्वेदी, कृष्ण कुमार गुप्ता, नागेश्वर मिश्र लगायतका वक्ता हरूले महिला हिंसा अन्तय गर्न सम्पूर्ण क्षेत्रका व्यक्ति मिलेर महिला हिंसा बिरूद्ध योगदान दिनुपर्ने बताए।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीय, महिला अधिकार कर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षाप्रेमी लगायतको उपस्थित रहेको थियो।
सर्लाही । लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।
नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ ।
अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।
प्रदीप कुमार दास, रौतहट । रौतहटकाे चन्द्रपुरमा अवस्थित होटल तराई इनमा बाल कल्याणका लागि अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व बारे एक दिवसीय तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबालिकाहरुको सहभागितामा भव्यताका साथ एकदिवसीय तालिम सम्पन्न भएको आयोजकले जनाएको छ ।
तालिममा कार्यक्रमको उद्देश्यबारे छलफल र अपेक्षा संकलन, दिवस बारे जानकारी र यसको महत्व, सकारात्मक अभिभावकत्व, अभिभावक र बालबालिका बीचको सम्बन्ध र सकारात्मक वातावरण, बालबालिकालाई समस्या समाधान गर्न सिकाउने, अनुशासन र मार्ग निर्देशन कसरी गर्ने लगाएतका बारेमा जानकारी गराइएकाे थियाे ।
यो दिवस सन् १९५४ बाट प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ । अमेरिकाले भने सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो । सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ । विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो । बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ काे ४२ धारा सबै कार्यान्वयनमा छन्। यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था छन् ।
कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधिहरू र निरन नेपालका जिल्ला अध्यक्ष मो. अनिसुर रहमान, सचिव शिवशंकर पासवान, पास्टर दीपक श्रेष्ठ, धर्म गुरुहरू, पत्रकार, बालबालिका लगायत अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।
हरिवन । स्वास्थ्य सेवा क्षेत्रमा मधेश प्रदेशमै पहिलो भएपछि हरिवन नगरपालिकाले स्वास्थ्य कर्मिहरुलाई सम्मान गरेको छ । शुक्रबार हरिवन नगरपालिकाको सभाहलमा बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।
आर्थिक वर्ष ०७९र८० मा विभिन्न सुचकहरु पूरा गरि स्वास्थ्य क्षेत्रमा हरिवन नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान ल्याएको भन्दै हरिवन नगरपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । नगर प्रमुख रमेश बुढाथोकीले स्वास्थ्यकर्मीहरुलाई खादा टिका लगाएर सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो ।
मधेश प्रदेशकै १३६ पालिकाहरु मध्ये हरिवन नगरपालिकाले होम डेलेभरी प्रथम पटक सुरु गरेको, नगर प्रमुख ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य सेवा, सुत्केरी गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा, विभिन्न रोगको शिविर, टेलिमेडिसीन लगायतका सेवाहरु प्रदान गरिएको हुँदा हरिवन नगरपालिका मधेश प्रदेशमै स्वास्थ्य क्षेत्रमा प्रथम स्थान ल्याउन सफल भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो ।