सर्लाही : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४र४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ।

पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् ।

बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

एसपी काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न दुईजना पुरूष र एकजना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीसँगै अर्का एक व्यक्तिसमेत पक्राउ गरेको पनि उनको भनाइ छ ।

प्रहरीको अनुसन्धानमा मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ ।

सर्लाही । देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ।

कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ। यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तिय संस्थामा एउटा खाता रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ। जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ।

राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तीय पहुँच कति छ, सीपयुक्त जनशक्तिको अवस्था लगायतका विषय समेटिएको बताए। उनले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने पनि बताए।

उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाखभन्दा बढी घर रित्तो अवस्थामा रहेको पनि बताए।

सर्लाही । नेपालमा रहेका कुल घरमध्ये सबैभन्दा बढी एक तले घर रहेका पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो।

त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको विवरणमा उल्लेख छ।

तथ्यांकअनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा २.३४ प्रतिशत रहेको छ ।

तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुराना छन् भने सबैभन्दा कम १०० वर्षभन्दा बढीका घर ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ। उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ।

चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ। अझ दीर्घरोगी त झन् बढी खतरामा रहन्छन्। त्यस कारण चाडपर्वको बेला खानपिनमा विशेष ध्यान दिन जरुरी छ। चाडबाडमा मासुका परिकार र चिल्लो खाना ठिक्क खाने र सँगसँगै तरकारी, फलफूल  सलाद, दाल सबै मिलाएर खायो भने स्वस्थ्यमा धेरै लाभ हुन्छ। चिल्लो खानाका कारण शरीरमा धेरै बोसो जम्मा हुने हुँदा चाडपर्वको बेला धेरै मानिस बिरामी पर्छन्। खान जानेमा मासुले स्वास्थ्यलाई फाइदा पु¥याउँछ। तर मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ।

मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ। बाथ रोग भएकाहरुले चाडबाडका समयमा रेड मिट अर्थात् खसी, राँगा आदिको मासु, मदिरा, साकाहारी भए पनि गोलभेडा पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ। खानै परेमा थोरै मात्र खाने र बिहान शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ। बढी चिल्लो, प्रोटिनयुक्त खाना, मदिरा र धूमपान नगर्दा नै राम्रो हुन्छ।

चाडपर्वको समयमा खानामा ध्यान नदिँदा कलेजो बिग्रन सक्छ। विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले बिग्रने सम्भावना हुन्छ। मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ। रक्सीलाई पचाउने काम कलेजोको हो। कलेजोमा रक्सी जम्मा हुँदै, टुक्रिँदै, जल्दै जान्छ। यस क्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ। त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्त नली र मुटुमा जम्मा हुन पुग्छ। रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ। त्यहाँ बोसो जम्मा हुँदै जान्छ। र, अन्ततः कलेजो फेलसम्म हुने खतरा रहन्छ।

डाइटिसियन प्रनिति सिंह/swasthyakhabar.com

मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन। यस्ता बिरामीले  आलुको अचार, ड्राई फुड, जंक फुड, बोसो भएको मासु खानु हुँदैन। बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सख्खर, तेलमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हुँदैन। धूमपान र मद्यपान गर्नु हुँदैन। मधुमेहीले थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान हुन्छ। यस्तै माछा, मासु, अन्डा, फलफूल, बनस्पती तेल थोरै तर स्वास्थ्यको ख्याल गरी खानुपर्छ। मधुमेहका बिरामीले स्वस्थ मानिस सरह हरिया सागसब्जी, करेला, काउली, गोलभेँडा, स्कुस, घिरौँला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गाँजर, कागती आदि खान मिल्छ। यस्तै पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, सुप खान सकिन्छ। खाना खानै परे पनि  नियमित क्रियाकलाप र शारीरिक व्यायाम पनि गर्न जरुरी छ।

मुटुका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्। त्यो पनि अत्यधिक मात्रामा चिल्लो हालिएका। रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकारक खानेकुरा हुन्। मुटुका बिरामीले चाडबाडको समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु अर्थात् खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, धूमपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा, माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा–मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन। मुटुका बिरामीले एक÷दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै उत्तम हुन्छ।

मासुको परिकारमा धेरै चिल्लो हुने भएकाले अझ धेरै चिल्लो र मसला हालेर मासुका परिकार  पकाइन्छ र यस्ता चिल्लो पदार्थ उच्च रक्तचाप भएकाले खानु हुँदैन। रातो मासु र चिल्लो दुवै रक्तचापका बिरामीलाई हानिकारक खानेकुरा हुन्। उच्च रक्तचाप भएका बिरामीले यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु अर्थात् खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, धूमपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा, माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा–मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन।

बढी चिल्लो र मदिराका कारण मिर्गौलामा असन्तुलन हुन गई मिर्गौला फेल समेत हुन सक्छ। त्यस कारण मिर्गौला रोग लागिसकेका व्यक्तिले चाडबाडमा मासु र अत्यधिक चिल्लो छुनु नै हुँदैन। यसका साथै सामान्य समस्या देखिएकाले पनि चाडबाडको समयमा मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाले गर्ने नियमित क्रियाकलापमा सन्तुलन गर्ने प्रक्रियामा असर गर्न सक्छ।

सर्लाही । आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ।

महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ।

यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ।

गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ।

फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ। यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहन्छ।

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा कमल बहादुर कार्कि आउनुभएको छ । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्कि हाजिर हुनु भएको हो ।

लालबन्दी घर भएका कार्कि यसअधि जिल्ला समन्वय समिति सर्लाहीमा कार्यरत हुनुहुन्थ्यो । हरिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिबाकर भुजेलको जिल्ला समन्वय समिती काभ्रेमा सरुवा भएपछि मंगलबार जिल्ला समन्वय समिती सर्लाहीबाट कार्कि हरिपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर हुनु भएको हो ।

हरिपुर नगरपालिकामा मंगलबार एक औपचारीक कार्यक्रममार्फत नगरप्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय यादवसहित कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत कार्किलाई पालिकामा स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्किले नियमसंगत ढंगबाट सबैसँग सहकार्य गर्दै काम गर्ने र त्यसै अनुसार अघि बढ्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।

त्यसैगरि नगरप्रमुख पंजियारले अब पालिका केन्द्रित मात्र नभई प्रदेश, संघ तथा बिभिन्न निकाय घुमेर बजेट ल्याउँदै तथा सहकार्य गर्दै पालीकाको बिकाश गर्नु आवश्यक रहेकोले आफुहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड नयाँ भवनमा सरेको छ ।

लालबन्दी ७ स्थित बजारमा मरिन जाने चोकमा दोश्रो तल्लामा रहेको बैंक वडा नम्बर ६ को प्रभु बैंकसँगैको नयाँ भवनमा बडादशैंको पहिलो दिन जमरा राख्ने दिनको शुभ साईत पारेर सरेको हो । बजारमा रहेको भवनसँगको सम्झौता सकिन लागेको र ठुलो ठाउँको आवश्यकता परेकोले नयाँ भवनमा सरिएको बैंक शाखा लालबन्दीका सहायक शाखा प्रबन्धक राज कुमार पोखरेलले जानकारी दिनुभयो ।

नगरपालिका र सडक विभागले पुर्व पश्चिम राजमार्ग बिस्तार गर्ने क्रममा बैंकको एटिएम बुथ र घरको केहि भाग भत्किने भएपछि बैंकलाई अप्ठ्यारो पर्ने भएकाले नयाँ ठाउँमा सर्नुपरेको पोखरेलको भनाई छ । नयाँ भवनमा पार्किङको लागी समेत समस्या नहुने उहाँले बताउनुभयो ।

बैंकका शाखा प्रबन्धक पवन कुमार साहले बैंकले ग्राहकको सेवा सुविधामा कुनै कसर बाँकी नराख्ने र चुस्त दुरुस्त सेवा प्रदान गर्नका लागी हमेसा प्रयास्रत रहेको दाबि गर्नुभयो ।

सर्लाही | शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ।

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ।

यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते