सर्लाही : जिल्लामा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो। यो अवधिमा सवारी दुर्घटनामा परी ४२० जना गम्भीर र एक हजार १० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परी ५५  पुरुष, पाँच महिला, पाँच बालक र दुई बालिकाले ज्यान गुमाएका छन्।

जिल्लामा आर्थिक वर्ष २०७८\०७९ मा सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्यामा कमी आएको छ।

यो आर्थिक वर्षमा जिल्लाको भित्री कच्ची सडकमा बढी दुर्घटना भएका छन्। जीर्ण सडकमा तीव्र गतिमा गुडाइएका र क्षमता भन्दा बढी भार बोकेका सवारी साधन बढी दुर्घटनामा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक लेखनाथ मैनालीले जानकारी दिए।

अहिले पनि ट्राफिक नियम पालना गराउन नियमित चेकजाँच र ट्राफिक नियमसम्बन्धी सचेतना मुलक कार्यक्रम भैरहेको ट्राफिक प्रहरी निरीक्षक मैनालीले बताए।उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम विपरीत चलाइएका ३४ हजार सवारी साधनलाई कारवाही गर्दा दुई करोड ४६ लाख ७० हजार पाँच रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज  शनिबार इटाली जाँदैछन्।

नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ।

प्रधानमन्त्री दाहाल यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन्। यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन्।  यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्नेछन्।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ।

यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उहाँको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ। भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।

बागमति, साउन ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।

पालिकासहित जिल्लाको विकासमा संघीय सरकारको तर्फबाट सहयोग गरेकोमा खुशी व्यक्त गर्दै बागामती नगरपालिकाले सम्मान गरेको हो । नगर प्रमुख भरतबहादुर थापा जिल्ला बाहिर रहेकाले उपप्रमुख लीला मोक्तानले कदरपत्र प्रदान गर्दै मन्त्री शर्मालाई सम्मान गर्नुभएको थियो ।

 नेकपा माओवादी केन्द्र स्थायी समिती सदस्य समेत रहनुभएका शर्माले २०७० सालको निर्वाचन अघि सर्लाही जिल्लामा लामो समय बसेर पार्टी संगठन निर्माणमा पनि योगदान गर्नुभएको थियो । कार्यक्रममा मन्त्री शर्माले बागमति नगरपालिकाले उत्पादन वृद्धि गर्दै नगरबासीलाई समृद्धिमा जोड्न देशभरिमै नमूना काम गरेको बताउनुभयो । माओवादी केन्द्रले नेतृत्व गरेका धेरै पालिकाहरुले राम्रो काम गरेको उल्लेख गर्दै उहाँले अब पालिकाहरुबिच यसरी नै उत्पादन र समृद्धिमा प्रतिष्पर्धा हुनुपर्ने बताउनुभयो ।

बागमती नगर उपप्रमुख मोक्तानले नगरले ६५ बिगाहा जग्गामा भरत ताल निर्माण गरेर लाखौं पर्यटक भित्र्याउदै दैनिक एक सय बढीलाई रोजगारी दिएको, सो तालको क्षेत्रफल बढाएर १२१ बिगाहा पुर्याउने तयारी गरिएको, १५० बिगाहा जग्गामा नगर बगैंचा निर्मा गरेको, पाँचतारे होटल सन्चालनको उद्देश्यसहित फनपार्कका ३८ कोठे भवन निर्माण गरेको, ६ हजार सुकुम्बासीको व्यवस्थापन गरेको, सामुदायिक विद्यालय पढ्ने विद्यार्थीको संख्या दुई हजारबाट १२ हजार पुर्याएको लगायतका प्रगति सुनाउनुभएको थियो ।

सो क्रममा मन्त्री शर्माले भरत तालमा बोटिङ गर्नुका साथै नवनिर्मित फनपार्क भवन निरीक्षण पनि गर्नुभएको थियो ।

गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ का शब्द हुन् यी । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले यो गीतमा जातीय विभेदको कथा प्रस्तुत गरेका छन् ।

प्रकाशकै शब्द तथा लय रहेको गीतमा उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । यसअघिका उनका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश दिइएको छ ।

प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीत ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले, विशाल घिमिरेलगायतको अभिनय छ । बालकलाकारको रुपमा दिप्लव विक र प्रभार सपुतले अभिनय गरेका छन् । भिडियोलाई मानकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । गीतको एरेन्जर सुदीप सागर हुन् ।

प्रकाशले यस वर्षलाई जातीय विभेदविरुद्धका गीत सिर्जना गर्ने वर्षको रुपमा काम गर्ने घोषणा गरेका छन् ।

हेर्नुहाेस् सपुतकाे नयाँ गीत…

मलंगवा : जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिला थुनुवाले झुण्डिएर आत्महत्या गरेकि छिन ।

श्रावण १ गते अर्थात गएको सोमवार बेलुकी साँढे ७ बजे मलंगवा ८ झिलिमिलियामाई नजिकै नेपाल भारत बोर्डर ईलाकाबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको रकम र चाँदीसहित नेपाल आउँदै गरेका २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका ८ का बर्ष ३२ का राम केवल राय र सोहि ठाउँकी बर्ष ४० कि हजरत खातुन थिए ।

श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैँया र ५८७ ग्राम चाँदीसहित पक्राउ परेका दुबैलाई प्रहरीले शसस्त्रले ३ गते बुधवार भन्सार कार्यालय मलंगवा बुझाएको थियो । मलंगवा भन्सारले ४ गते बिहिवार अपराधमा संलग्न २ मध्ये हजरत खातुनलाई ३ लाख ३९ हजार धरौटि तोकेकोमा खातुनले धरौटिबापतको रमक बुझाउन नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा पठाएको थियो ।

महिला हिरासतमा रहेकी खातुनले राति १० बजे शौचालयमा गई सलले पासो लगाई आत्महत्याको प्रयास गरेको अवस्थामा ड्युटिमा रहेका प्रहरीले थाहा पाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पु¥याईएको तर उनको राति करिव पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

अहिले मृतक खातुनको माईती आउने क्रममा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाश राईले जानकारी दिनुभयो ।

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ। साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो। हाल भने सन प्रति औंस १९८५ डलर छ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिन यता दैनिक उच्च रेकर्ड बनाइरहेको छ। मंगलबार प्रति तोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ।

सर्लाही : जनमत पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहालाई कारबाही गरेको छ।

उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका कुशवाहा जनमतको अनुशासन कारबाहीमा परेका हुन्। उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार साहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवहा हालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न  क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको छ।

सर्लाही  : नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले तामाङ समुदायबाट एसईई उतिर्ण छात्रछात्राहरुलाई सम्मान गरेको छ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले २०७९ मा एसईई दिएका २ सय १३ जनालाई सम्मान गरेको हो ।

उनीहरुले हरिवन नगर भित्रका निजि र सामुदायिक गरी १९ बिद्यालयबाट एसईई दिएका थिए । सफल भएका बिद्यार्थीहरुहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको घेदुङ नगर कमिटि अध्यक्ष राजु लो तामाङले जानकारी दिए ।

तामाङ अध्यन समुहको सहयोगमा आयोजित समारोहमा कार्यक्रमकी प्रमुख अतिथि हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान लगाएतले सम्मान पत्र प्रदान गरेका थिए । एसईई उतिर्ण छात्राछात्रहरुलाई उच्च शिक्षाको लागि प्रोत्साहन तथा उनीहरुको लगत संकलनका लागि समेत कार्यक्रम आयोजना गरिएको तामाङ घेदुङ नगर अध्यक्ष तामाङको भनाई थियो ।

समुदायमा उच्च शिक्षालाई महत्व नदिने परिपाटिको अन्त्यको लागि समेत यस कार्यक्रम कोशेढुंगा सावित हुने कार्यक्रमका बक्ताहरुको भनाई थियो । घेदुङ नगर अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, माओवादी केन्द्रकी पद्मा मोक्तान, तामाङ घेदुङ मधेश प्रदेश अध्यक्ष संजिव मोक्तान, हरिवन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टम बहादुर घिसिङ, २ नम्बर वडाध्यक्ष अर्जुन योन्जन, ६ नम्बर वडाध्यक्ष सन्तलाल घिसिङ लगाएतको आतिथ्यता रहेको थियो ।

सर्लाही : केही दिनको वर्षाका कारण बाटाघाटा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दैनिकी कष्टकर बनेको छ।

वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटा वर्षाले क्षतविक्षत बनाएपछि त्यस क्षेत्रको नागरिकको दैनिकी कष्टकर बन्दै गएको हो। अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो गरेका छन् ।

जिल्लाको उतरी चुरे क्षेत्रका दर्जनौं गाउँका स्थानीय पैदल हिँड्न सकिने भए पनि मोटरसाइकल, जीप, बस लगायतका सवारी साधन भने चल्ने अवस्था नरहेकाले त्यस क्षेत्रका स्थानीय चिन्तित छन् ।

दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेललगायतका सामग्री मान्छेले नै बोकेर मुस्किलले ढुवानी भइरहेको लालबन्दी– १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिएका छन्।

लालबन्दी नगरपालिकामा पर्ने लखन्देही र बाहुनी खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गएको दुई सातादेखि  यातायातका साधन सञ्चालन हुन सकेका छन्।

खोलामा पानी कम भएको बेला व्यवसायीहरुले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुबाहक बस भने जेठदेखि नै पूर्ण रुपमा ठप्प भएको हो।

लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोलाका पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका वासिन्दा लालबन्दी बजारलगायत अन्य ठाउँसम्म आउजाउ गर्न ४/५ घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।

पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु,अटोलगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न ४ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको नारायण खोलाका स्थानीय पूर्णबहादुर लुंगेलीले बताए।

चुरे भेगमा दिनहुँ जसो वर्षा भइरहेकाले खोलामा बाढी आउँदा बजारसम्म किनमेल गर्न पत्थरकोटसम्म पैदल हिँडेर आउन समेत समस्या भइरहेको गुनासो गरे। उनका अनुसार अहिले यस क्षेत्रमा उत्पादन भएको तरकारीसमेत बजार लगेर बेच्न नपाएको बताउँछन्।

गाडी नचल्दा स्थानीयलाई विद्यार्थीलाइ स्कुल जान बिरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउन गाह्रो परिरहेको छ।

खोलाको बाढीले गर्दा नारायण खोलासम्म मोटरसाइकलसमेत लिएर जान सक्ने अवस्था नरहेको स्थानीय गणेशबहादुर कर्माचार्य बताउँछन्। जसले गर्दा जिल्लाको चुरे क्षेत्रका सर्वसाधारणको दैनिकी कष्टकर बनेको गुनासो स्थानीयले गर्दै आइरहेका छन्।

सर्लाही : पेट्रोलियम पदार्थको भाउ घटेको छ। गए मध्यरातदेखि लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ।

एलपी ग्यासमा भने परल मूल्य नै कायम गरिएको छ। रातिदेखि नै लागू हुने गरी काठमाडौं लक्षित पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने पत्रकार सम्मेलनान निगमका अध्यक्ष मधुकुमार मरासिनीले जानकारी दिए।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ २७ पैसा, डिजेलमा ९ रुपैयाँ ९४ पैसा, हवाई इन्धनमा २३ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा १ सय ३६ रुपैयाँ ६० पैसा सस्तो हुने निगमले जनाएको छ।

मूल्य घटेसँगै पेट्रोल वर्गीकरणअनुसार तराईमा १६१ रुपैयाँ ५० पैसा, भित्री मधेशका जिल्लाहरुमा १६३ रुपैयाँ र काठमाडौंमा १६४ रुपैयाँमा झरेको छ।

डिजेलको नयाँ मूल्यअनुसार तराईमा १४३ रुपैयाँ ५ पैसा, भित्री मधेशका जिल्लामा १४५ रुपैयाँ र काठमाडौंमा १४६ रुपैयाँ भएको छ।

एलपी ग्याँसको मूल्य भने देशभर १ हजार ७९० रुपैयाँ पर्नेछ। निगमले यसअघिको भारतसँगको सबै बक्यौताहरु तिरिसकेको र सरकारसँगको ३ अर्ब ५० करोड रुपैयाँ बक्यौता भने तिर्न बाँकी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते