परवानीपुर, असार १३ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ को वडा कार्यालयले बुधवार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ ।

वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । वडाध्यक्ष गणेश थापासहित वडा सदस्यहरु, तिलक बहादुर घलान, कल्पना सार्कि, सञ्चर बहादुर सुनुवार र उमा थापाको उपस्थितीमा जिल्ला समन्वय समितीका सदस्य हेम कार्किको समेत उपस्थिती रहेको थियो । भेलामा सहभागीहरुले यसपाली पनि खानेपानीको समस्या समाधानका लागी काम गर्नुपर्ने आवाज बलियो रुपमा उठाएका वडाध्यक्ष थापाले बताउनुभयो ।

वडास्तरिय योजना तर्जुमा भेलामा उपस्थित लालबन्दी नपा १६ का वडाबासि

सहभागीहरुले आफ्नो ठाउँको समस्या तथा सुझाव लेखेर दिन सक्ने सुविधासहितको भेलामा वडावासिले पुल पुलेसा, सडक बिस्तार, चोक तथा चौतारा, प्रतिक्षालयको स्तरोन्नती, पोखरी, बृक्षारोपण, सिँचाई, खेलकुदका कार्यक्रम, सिप बिकाश तथा स्वरोजगारका कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बनाउन सल्लाह दिएका वडा सदस्य सार्किले जानकारी दिईन । वडा बासिको उल्लेख्य उपस्थितीमा भएको कार्यक्रममा आफ्नो वडामा भएको सहकारीले मल तथा अन्य कृषक कार्यक्रमहरुलाई सहि तवरबाट ब्यवस्थापन गर्न नसकेको समेत गुनासो गरेका थिए ।

दोश्रो कार्यकालका लागी समेत भारी मतसहित बिजयी भएका लोकप्रिय वडाध्यक्ष थापाले कसैलाई मार नपर्ने गरि वडाको आवश्यकतालाई मध्यनजर गरि समान ढंगवाट बजेट/कार्यक्रम निर्माण गर्ने उद्घोष गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा सबै क्षेत्रका वडाबासिलाई कुनै किसिमको बिभेद नहुने र आज मात्रै नभएर हरेक दिन आफुलाई सल्लाह सुझाव दिन आग्रह गर्नुभएको थियो ।

वडास्तरिय योजना तर्जुमा भेलामा उपस्थित भएर प्राथमिक स्वास्थ्य चौकीको आवश्यकता र समस्यालाई आगामि योजना कार्यक्रममा समावेश गर्न आग्रह गर्दै परवानीपुर स्वास्थ्य चौकी प्रमुख हिमांसु शेखर कर्ण

उहाँले ‘सबल संचार, समृद्ध समाज’ निर्माणहेतु संचारक्षेत्रको उन्नयनका लागी समेत वडा कार्यालयले कार्य गर्ने बताउनुभएको छ । आगामि आर्थीक बर्ष २०८०/८१ का लागी लालबन्दी नगरपालिकाले वडा नम्बर १६ का लागी ८५ लाख ७९ हजार बजेट बिनियोजन गरेको छ ।

सर्लाही, असार १३ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी परेको निवेदन फर्छ्यौट प्रक्रिया अगाडि बढाउने भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले मिटरब्याज सम्बन्धी परेको निवेदन फर्छ्यौट छलफलको माध्यमबाट गर्ने प्रक्रिया अगाडी बढाएको जनाएका हुन् ‌।

उनले आज सूचना जारी गरेर मिटरब्याज सम्बन्धी निवेदनबारे छलफलका लागि बोलाउँदा उपस्थित नहुने पीडितको निवेदन खारेज गरिने र उपस्थित नहुने पीडकलाई कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ‌।

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको ०८० वैशाख १४ गतेको पत्रानुसार मिटरब्याज पीडितहरुबाट ०८० बैशाख १७ गतेदेखि ०८० जेष्ठ १४ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुले पीडितहरुबाट निवेदन लिएको थियो ।

सर्लाही, असार १२ : आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ। सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले असार २४ गते राती १२ बजेपछि सबै बजेटरी भुक्तानी रोकिने जनाएको हो ।

सो भन्दा अघि नै सबै भुक्तानी सल्टाउन समेत कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिन अगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको जनाएको छ ।

परिपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष समाप्त हुनुभन्दा सातदिन अगावै मिति २०८० असार २४ गते राति १२ बजेभित्र नियमले निर्दिष्ट गरेको कामको बाहेक निकासा भुक्तानी नहुने र भुक्तानी प्रणालीसमेत बन्द हुने ब्यहोरा बुझिदिनुहुन निर्णयानुसार अनुरोध छ।’

बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुने छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिन एक हप्ता अघि नै भुक्तानी गरिसक्नुपर्ने भनेकोले त्यो अवधीमा भुक्तानी नभए रोकिने महालेखाले जनाएको छ।

विगतमा पनि यसरी भुक्तानी रोकिएको थियो। सिर्जित दायित्वको भुक्तानी रोकिँदा विगतमा केही आयोजनाहरू अफ्ठ्यारोमा समेत परेको थियो।

त्यसो त अहिले सरकारी भुक्तानी बढ्न थालिसकको छ।

आइतबार २ अर्ब ९७ करोड भुक्तानी भएकोमा सोमबार ५ अर्ब ४८ करोड रुपैया भुक्तानी संघीय सरकारले गरेको छ।

चालू आर्थिक वर्षमा संघीय सरकारले १२ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेको छ। त्यसमा चालू खर्च ९ खर्ब ५ अर्ब , पुँजीगत १ खर्ब ६२ अर्ब र वित्तीय व्यवस्थापनमा १ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गरेको महालेखाको तथ्याङ्कले देखाएको छ।

सरकारले राजस्वबाट ८ खर्ब ५१ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

काठमाडौं, असार १२ : प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।

नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।

बरहथवा, असार १२ : सर्लाहीको मुर्तियामा सोमबार साँझबाट हराएका एक बालकको शव पानी जमेको खाल्डोमा भेटिएको छ ।

बरहथवा नगरपालिका १ मुर्तिया बस्ने प्रेम बहादुर राना मगरको अन्दाजी बर्ष ५ को छोरा अंकृत राना घरबाटै हराएका थिए । बालकको खोजी गर्ने क्रममा मंगलवार अपराह्न घरबाट करिव ८०० मिटर दक्षिणमा पर्ने सार्वजनिक जग्गाको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको हो ।

पानी जमेको खाल्डोमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमको प्रकृयामा रहेको बताएको छ ।

सर्लाही, असार १२ : देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष ९२०८०र८१० को बजेट सार्वजनिक गरेका छन् ।

तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान छ । यदि सो समयसम्म बजेट पेश नभए त्यसलाई अबैध मानिने मन्त्रालयका प्रवक्ता कमल भट्टराइले बताए ।

समयमा बजेट ल्याउन नसकेको स्थानीय तहका हकमा पछि महालेखा परिक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त बजेटको खर्चको वैधतामाथि प्रश्न उठाउन सक्ने भएकाले त्यसमा सम्बन्धित स्थानीय तह नै जवाफदेही हुनुपर्ने भट्टराइको तर्क छ ।

१. माधवनारायण नगरपालिका, २. हरिवन नगरपालिका, ३. हनुमान नगर नगरपालिका

४. राजविराज नगरपालिका, ५. कमला नगरपालिका, ६. मिथिला नगरपालिका

७. सिम्रौनगढ नगरपालिका, ८. गढीमाइ नगरपालिका, ९. हरिपुर्वा शहिद नगरपालिका

१०. त्रिपुराशुन्दरी नगरपालिका, ११. आठराइ गाउँपालिका, १२. मेछ्यायम गाउँपालिका

१३. मिक्लाजुङ गाउँपालिका, १४. औराही गाउँपालिका, १५. धनौजी गाउँपालिका

१६. कालिकामाइ गाउँपालिका, १७. छिपहरमाइ धोविनी गाउँपालिका, १८. विन्दबासिनी गाउँपालिका

१९. सखुवा प्रसौनी गाउँपालिका, २०. आदर्श कोटवाल गाउँपालिका. २१. सोनमा गाउँपालिका

२२. दुर्गाभगवती गाउँपालिका, २३. यमुनामाइ गाउँपालिका, २४. रुपनी गाउँपालिका

२५. लक्ष्मीपुर पतारी गाउँपालिका, २६. विगु गाउँपालिका, २७. बागमती गाउँपालिका

२८. नौकुण्ड गाउँपालिका, २९. जलजला गाउँपालिका, ३०. विरुवा गाउँपािलका

३१. मायादेवी गाउँपालिका, ३२. कोटहीमाइ गाउँपालिका, ३३. रोहिणी गाउँपालिका

३४. सम्मरीमाइ गाउँपालिका, ३५. काइके गाउँपालिका, ३६. खत्याड गाउँपालिका

३७. कुमाख गाउँपालिका, ३८. अदानचुली गाउँपालिका, ३९. कुश्मा नगरपालिका

४०. फलेवास नगरपालिका

वि.सं. २०८० आषाढ १२ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ जुन २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) नवमी तिथि !

मेष –

कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष –

बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन –

कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट –

अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूणर् सहयोग मिल्नेछ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह –

आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या –

मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला –

धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निणर्यहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कालभैरवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक –

सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु –

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर –

तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ –

हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन –

रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य/अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूणर् समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कात्यायनी भगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ । पूर्वेली न्यूज

सर्लाही, असार १२ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती  प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

देशको केही स्थानहरूमा मेघ-गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको  समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा, मेघ-गर्जन चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मलंगवा, असार ११ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैदेशिक रोजगारीमा ठगिएका एक व्यक्तिको ठगी भएको रकम फिर्ता गराएको छ ।

जिल्लाको चक्रघट्टा गाउँपालिका–३ का सूर्याकुमार साह ठगिएकोमा जिल्ला प्रशासन कार्यालयले ठगी भएको दुई लाख रुपैयाँ रकम फिर्ता गराइदिएको हो । साहलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ईश्वरपुर नगरपालिका–३, का वीरेन्द्र साहले दुई लाख रुपैयाँ लिएको तर पछि विदेश नपठाएपछि पीडितका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा ठगी गर्ने व्यक्तिसँग रकम फिर्ता गरी आज सूर्याकुमारका आमा रामरिखी देवीलाई कार्यालयमा बोलाइ उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको हातबाट रामरिखी देवीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

रामरिखीका छोरा सूर्याकुमार भने अर्कै व्यक्तिमार्फत वैदेशिक रोजगारीमा गइसकेका छन् । वैदेशिक रोजगारीमा भएका यस्ता किसिमका ठगीको घटनाबारे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सक्ने कानून व्यवस्था छ ।

बागमति, असार ११ : बागमती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो गत वर्षको बजेटभन्दा झण्डै ९ करोड बढी हो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा एक दर्जन विकासका योजनालाई नगर गौरवका आयोजनामा समेटिएको छ । नगरपालिकाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भएको छ।

आइतबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाकी उपप्रमुख लीला मोक्तानले जंगबहादुरको समाधिस्थललाई पर्यटकीय क्षेत्र (पार्क) बनाउने घोषणा गरेकी हुन् । बजेट सार्वजनिक कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत थापाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको समाधिस्थल पर्यटकीय केन्द्रबिन्दु बन्नसक्ने विश्वास व्यक्त गरे ।

उनले जंगबहादुरको समाधिस्थललाई पार्कका रूपमा विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको बताए। उनले पार्कको डीपीआर बनाउन काम सुरु भइसकेको जानकारी दिए। वि.सं. १८७४ असार ४ गते मथुराबेँसी अर्घाखाँचीमा जन्मिएका जंगबहादुर राणाको निधन १९३३ सालमा रौतहटको पत्थरघट्टामा भएको थियो। सिकार खेल्न तराईतिर आएका बेला निधन भएका उनको अन्त्येष्टि भने सर्लाहीको राजघाट ९हाल बागमती नगरपालिका(७, मानेचौर० मा गरिएको थियो।

जंगबहादुरको दाहसंस्कार भएकै कारण कालान्तरमा त्यस स्थानको नाम राजघाट राखिएको किंवदन्ती छ । बजेटमा सर्लाही र रौतहटको सीमा नदी बागमतीमा आधुनिक आर्यघाट निर्माण, सुविधायुक्त बजार केन्द्र निर्माण, सांस्कृतिक नमूना बस्ती, बागमती माछापोखरी (भरत ताल) पर्यटन पुर्वाधार निर्माण आयोजना, बागमती फनपार्क आयोजना, बागमती रिसोर्ट, कृषि आधुनिकीकरण कार्यक्रम, नगर बगैँचा आयोजना, वौद्ध तपोवन पर्यटकीय स्थल निर्माण लगायतका आयोजनालाई नगर गौरवका आयोजनामा समेटिएको छ ।

बजेटमा बागमती  नदी (सर्लाही र रौतहटको सीमा नदी) मा सुविधायुक्त आर्यघाट निर्माणका लागि तीन करोड रूपैयाँ विनियोजन गरिएको छ ।

मेयर थापाले बागमती नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने गरी काम अघि बढाइएको दाबी गरे। ‘देशका ७५३ स्थानीय तहमध्ये नमुनायोग्य नगरपालिकाका रूपमा हामी बागमतीलाई विकास गर्ने छौँ,’ मेयर थापाले भने।

उनले नगरपालिकाले बनाएका विकास निर्माणका सबै योजना सम्पन्न गर्न लगभग ६ अर्ब रूपैयाँ आवश्यक पर्ने जानकारी दिए ।

‘हाल नगरपालिकासँग त्यति पैसा नभए पनि हामीसँग कामका सपना र योजनाहरु छन्। सपना साकार पार्ने इच्छा-शक्ति छ,’ मेयर थापाले भने, ‘विगतमा पनि हामीले आफूसँग पर्याप्त बजेट नहुँदा नहुँदै पनि ठूलाठूला योजना सम्पन्न गरेका छौँ। जहाँ सोच र सपना हुन्छ, त्यहाँ स्रोतको व्यवस्थापन हुन्छ ।’

बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई ५ हजार रूपैयाँ सुत्केरी भत्ता दिने भएको छ। त्यसैगरी उत्कृष्ट दलित विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने घोषणा नगरपालिकाले गरेको छ। सञ्चार क्षेत्रको विकासका लागि बागमती नगरपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

नगर क्षेत्रमा एकै प्रकारका घर निर्माणका लागि मापदण्ड लागू गर्ने, प्रत्येक वडामा एउटा खुला क्षेत्र कायम गर्ने, नदी उकास, पर्ती जमिनको संरक्षण गर्नेजस्ता विषयलाई प्राथमिकतामा राखेर बागमती नगरपालिकाले नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका मधेश प्रदेशमै सबैभन्दा धेरै सडक कालोपत्रे बनाउने स्थानीय तहमा पर्छ। बागमती नगरपालिकाका शतप्रतिशत सडक कालोपत्रै भइसकेको उपमेयर लीला मोक्तानले जानकारी दिइन् ।

https://www.youtube.com/watch?v=qtvrREmIz6g&t=149s

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते