सर्लाही,१२ जेठ । आफ्नो पालिकाभित्र ब्यक्तिगत खर्चमा मन्दिर निर्माण गरेको भन्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकाले एक भारतीय नागरिकलाई सम्मान गरेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर ४ गढाटोलमा भारतको सितामाढी सुरसण्डका अशोक प्रसाद गुप्ताले आफनो व्यक्तिगत खर्चमा गढीमाई मन्दिर निर्माण गरेका छन । गुप्ताले लगभग १९ लाखको लागतमा गढीमाई मन्दिर निर्माण गरेपछी धार्मिक, साँस्कृतिक र पर्यटकिय विकासमा योगदान पुगेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रम गरी गुप्तालाई सम्मान पत्रसहित सम्मान गरेका हुन ।

गढाटोलमा धार्मिक तथा साँस्कृतिक धरोहर र आस्थाको गढीमाई मन्दिर नभएको अवस्थामा आफ्नो व्यक्तिगत लगानीमा मौलिक शैलिमा सुन्दर र गुणस्तरीय मन्दिर निर्माण गराई आम जन मानवको श्रद्धा र विश्वासलाई भारतीय नागरीक गुप्ताले जित्न सफल भएको गाउँपालिका अध्यक्ष महतोको भनाइ छ ।

लालबन्दी । मधेश प्रदेशसभा सांसद बेची लुंगेलीले १२/१३ बर्षदेखि १७/१८ बर्ष उमेर समुहकालाई जे देख्यो त्यहि मन पर्ने हुँदा बाटो बिराउने सम्भावना बढि हुने बताउनुभएको छ ।

सर्लाहीको लालबन्दीमा रहेको कम्युनिटि ईंग्लिस बोर्डिङ स्कुलमा हेल्पिङ होमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद लुंगेलीले सहि दिशा निर्देश गर्न नसके किशोर अवस्थाका केटा केटि दुब्र्यसनीमा लाग्ने खतरा धेरै हुने बताउनुभएको हो । लालबन्दी नगरपालिका ९ मा रहेको सुधार केन्द्र हेल्पिङ होमले वडा नम्बर ६ मा रहेको स्कुलमा लागुऔषध तथा एचआईभि र एड्स सम्बन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लालबन्दीसँगको सहकार्यमा हेल्पिङ होमले गरेको कार्यक्रममा कम्युनिटि स्कुलका ९ र १० मा अध्ययन गर्ने करिव ८० जना बिद्यार्थीको सहभागीता रहेको थियो ।

स्कुलका प्रिन्सिपल सुदिप कार्किको ब्यवस्थापनमा ईलाका प्रकरी कार्यालयका बरिष्ट सई जितेन्द्र चौधरी र हेल्पिङ होमका बिक्रम थापाले बिद्यार्थीहरुलाई लागुऔषध सम्बन्धि बिभिन्न जानकारी तथा कानुनी कुराहरुको बारेमा जानकारी गराएका थिए ।

लालबन्दी । सर्लाहीको लालबन्दीमा आईतवार किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी बहुनिकाय सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

लालबन्दी नगरपालिकाको आयोजनामा नगरभित्रका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, निजि स्वास्थ्य संस्था, संघ संस्था तथा क्लवका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले किटजन्य रोग नियन्त्रण तथा निवारणको लागी रोग पहिचान र निवारणका लागी खेल्नुपर्ने भुमिकाका बिषयमा चर्चा गरेका थिए ।

सहभागीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख मेडिकल अधिकृत डाक्टर बिरोचन चौधरी र जनस्वास्थ्य अधिकृत रोशन चौधरीले किटजन्य रोगको बारेमा जानकारी गराउनुका साथै त्यस्ता रोगको ईतिहास, पहिचान र नियन्त्रणका लागी भएका प्रयास लगाएतका बारेमा बताएका थिए । लालबन्दी नगरपालिका वडा नम्बर ४ जब्दिस्थित स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक देव कुमार महतोको संयोजकत्वमा भएको अन्तरक्रिया कार्यक्रममा किटजन्य रोग जस्तै मलेरिया, कालोज्वरो, डेंगु लगाएतका बारेमा चर्चा गरिएको लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानिले बताउनुभयो ।

कार्यक्रम लालबन्दी नगरपालिका वडा नम्बर ६ स्थित नगरपालिकाको पुरानो सभाहलमा आयोजना गरिएको थियो ।

संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई शनिबार गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ ।

मन्त्री यादवलाई सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनी पुर्व निर्धारित कार्यक्रम अनुसार पर्सा बजारमा नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिति तथा पर्सा गाउँपालिका समिति सर्लाहीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न शनिबार सर्लाही पुगेका थिए । बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेर आफुले जनताको हितमा काम गर्ने बताए ।

मौलिक हकको व्यवस्था र खानेपानीको शुद्धताको सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नगरिने प्रतिबद्धता समेत उनले जनाएका छन् । दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफु लागिपरेको उनले बताएका छन् । मन्त्री यादवले, उत्पीडन र विभेदमा परेका समुदायको न्याय, अधिकार, विकास तथा स्वाभिमानको लागि हिमाल, पहाड र मधेसलाई जोड्ने पार्टी नेपाल समाजवादी पार्टी रहेको बताए । संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्व र संविधान संशोधनका निम्ति नेसपाले राज्यसंगको लडाइ जारी राखेको मन्त्री यादवले जनाए ।

सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको पनि रक्षा हुने मन्त्री यादवले ठोकुवा गरे । यो गठबन्धनको सरकारमा मूल्य र मान्यताको राजनीतिलाई अगाडि बढाएर देशको हितमा सबैलाई काम गर्न मन्त्री यादवले सुझाव समेत दिएका हुन् ।

२०७९ चैत १७ गतेको मन्त्रीपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका महिन्द्र राय यादवको २०८० बैशाख २४ गते आइतबारका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर उनी खानेपानी मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेसपाका राष्ट्रिय अध्यक्ष हुन् । वृहत पार्टी प्रवेश कार्यक्रममा आकर्षनको केन्द्र पर्सा गाउँपालिकाका पुर्व अध्यक्ष एवं नेकपा एमाले पार्टीको तर्फबाट २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभा सदस्य पदमा चुनाव लडेका किशुन देव यादव रहेका थिए । उनी नेकपा एमाले परित्याग गरि नेसपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता तथा कर्याकर्ताहरु नेसपामा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

मलंगवा । प्रहरीको गस्ति टोलीले सर्लाही सदरमुकाम मलंगवा २ बाट लागुऔषध बरामद गरेको छ ।

शनिवार साँझ ६ बजेतिर गस्तिमा रहेको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अन्दाजी १६/१७ बर्षको किशोरलाई चेकजाँच गर्न लाग्दा नामथर, वतन नखुलेको किशोर फरार भएका थिए ।

फरार भएका किशोरको प्लाष्टिकको झोलाबाट प्रहरीले कोडिवेल २९ फेला पारेको र किशोर भारततर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको लालबन्दीमा कृषि क्याम्पस संचालनका लागी लालबन्दी नगरपालिका र काठमाण्डौँ विश्वविद्यालयबिच समझदारि पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रवार बालकुमारी ललितपुरस्थित स्कुल अफ म्यानेजमेन्ट परिसरमा लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी र विश्वविद्यालयका रजिष्टार प्राध्यापक अच्युत वाग्लेले समझदारि पत्रमा हस्ताक्षर गर्नुभएको हो । सो समझदारि पत्रमा मधेश प्रदेशमा विश्वविद्यालयको कार्यक्रम विस्तारका लागी लालबन्दी नगरपालिकाले आवश्यक जग्गासहित अन्य सहयोग गर्ने र लालबन्दीमा कृषि क्याम्पस संचालनसहितका शैक्षिक कार्यक्रम संचालन र माध्यमिक तहसम्मको अध्यापनका लागी दुवै पक्ष मिलेर काम गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा हस्ताक्षरपश्चात बोल्दै नगरप्रमुख अधिकारीले अहिलेका जनप्रतिनिधिले केहि नयाँ सुरुवात गरेर जान सके पछिल्ला दिनमा यस्ता कार्यक्रम र योजनालाई मुर्त रुप दिन सकिन्छ भन्ने लागेर नै आफुले काठमाण्डौँ विश्वविद्यालयसँग सहकार्य गरेको बताउनुभएको थियो । त्यसैगरि सम्झौता पत्र आदान प्रदान पश्चात बोल्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले लालबन्दी नगरपालिकाले काठमाण्डौँ विश्वविद्यालयलाई मधेशमा स्थापित गराउन सहकार्य गरेकोमा खुसि ब्यक्त गर्नुभयो ।

उहाँले भर्खरै स्थापना भएको मधेश विश्वविद्यालयसँगको सहकार्यमा केहि शैक्षिक कार्यक्रम संचालनको तयारी भईरहेको अवस्थामा लालबन्दी नगरपालिकासँगको सहकार्यले अझै बिस्तारित हुने सम्भावना बलियो बनाएको र यो सम्झौतालाई सार्थक पार्नेगरि काम गर्न तयार रहेको उद्घोष गर्नुभएको थियो ।

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

चन्द्रनगर गाउँपालिका २ बबरगंजस्थित मुसहरी टोल बस्ने गणेश महतोको ६ बर्षिय छोरा अनुस महतोको गाउँकै पोखरीमा डुबेर ज्यान गएको हो । दिउँसो गर्मि भएपछि ८/१० जना साथिसँगै पोखरीमा पौडी खेल्न गएका अनुसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथीसँगै पौडी खेल्न पसेका बालकलाई धेरै बेर सम्म बाहिर ननिस्किएपछी स्थानीयले खोजी गर्दा मृत्यु भईसकेको अवस्थामा शव निकालेका थिए ।

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

क्षितिज विश्वकर्मा, लालबन्दी : सर्लाहीसहित तराई मधेशमा बसोबास गर्ने मधेशी तथा मैथल समूदायका महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै वरको निष्ठासँग पुजा आरधना गरि शुक्रवार बटसावित्री अर्थात बरसाइत पर्व मनाएका छन ।

प्रत्येक वर्षको जेष्ठ महिनाको औँसि तिथिमा नव विवाहिता तथा विवाहिता महिलाहरुले मनाउने यस पर्वमा देवि पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पुजा आर्धना गरी आफ्नो पतिको दिर्घायुको कामना गर्दै घरमा सुख शान्ति समृद्धिको कामना गरिन्छ । आजको दिनमा व्रतालु महिलाहरूले बिहानै देखि चोखो उपवास बसेर नयाँ लुगा अर्थात विवाहमा लगाएका लुगा गरगहना लगाई पुजाको थालीमा आँप केरा, बाँसको चोयाको हाते पंङ्खा, मिठाई, चना, काँक्रो वाँसको डालो, पान सुपारिसहित पहेँलो धागो वरको बोटमा बेरी सावित्री, नागनागिनी र पार्वतीलाई प्रसाद चढाउने प्रचलन रहिआएको छ ।

पौराणिक कथा अनुसार सावित्रीका पति सत्यवानको आयु् एक वर्ष मात्र रहेको अवस्थामा बनमा दाउरा लिन गएका बेला अचानक सत्यवानको टाउको दुखेको र वरको रुखमुनी आफ्नी पत्नीको काखमा सुतेको समयमा मृत्यु भएको र यमराज आई पतिलाई आफ्नो साथमा लगि रहेको देखि सावित्रीले आफ्नो युक्तिबाट यमराजको हातबाट पतिलाई बचाई नयाँ जीवन दिलाउन सफल भएको उल्लेख छ ।

लालबन्दी १ नवलपुरकी लक्ष्मी चौधरीले सावित्रीले आफ्नो पतिलाई यमराजको हातबाट मुक्त गराउन सफल भए पछि यो व्रत शुरु भएको धार्मिक विश्वास रहेको हुँदा सोही अनुसार आफुले पनि यो व्रत लिएर वरको पुजाआजा गरी पतिको दिर्घायुको कामना गरेको बताइन ।

बिशेषगरी नवविवाहित महिलाहरु अत्यन्त उत्साह र धूमधामका साथ यो पुजामा सहभागि हुने गर्दछन ।

लालबन्दी : बिहीबार बेलुका सर्लाहीमा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको गोडैता नगरपालिका ६ मा रहेकोे बगदह चिनी मिलभन्दा ३०० मिटर दक्षिणतर्फ बेलुका साँढे ५ बजे अन्दाजी ३०/३५ बर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जयपुर जाने सडकको पुर्व स्थानीय रामसागर महतोको उखु खेतमा उत्तानो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थललाई घेरेर सुरक्षित राखी आवश्यक अनुसन्धान भईरहेको र हालसम्म मृतकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लालबन्दी : सर्लाहीको लालबन्दीमा बिहीवार दिउँसो भएको सवारी दुर्घटनामा परि हरिवनका समाजवादी पार्टीका युवा नेता संजिव मोक्तानसहित ३ जना घाइते भएका छ्न ।

दिउँसो अन्दाजी सवा ३ बजे पुर्वबाट पश्चिम हरिवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ५७४९ नम्बरको कार सडक नजिकै मर्मतका लागि रोकि राखेको टिप्परमा ठोक्किएको हो । लालबन्दी ६ स्थित ईलाका प्रहरी कार्यालय भन्दा पश्चिम उत्तर सुनिता होटेल नजिकै रोकि राखेको ना १ क ८११० नम्बरको टिप्परमा कार गएर ठोक्किँदा कारमा सवार हरिवन ३ बस्ने बर्ष २८ को उपेन्द्र महतो र बर्ष ३८ को संजिव मोक्तान र हरिवन ११ का बर्ष २८ कि निशा थापा घाइते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घाइतेहरुको टाउको, हात खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरुको लालबन्दीमै रहेको मोडल हस्पिटलमा प्रारम्भिक उपचार गरि थप उपचारका लागी रेफर गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते