लालबन्दी : सर्लाहीको हरिपुर्वामा भएको मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनेहरु रानिगंजका भएको प्रहरीले पुष्टि गरेको छ।

बिहीवार अपराह्न ४ बजे हरिपुर्वाको वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा लालबन्दी १७ रानिगंजका मोटरसाइकल चालक प्रमेश्वर महतो र पछाडी बसेका ४० बर्षका चरीत्र बहादुर काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो ।

लालबन्दी : सर्लाहीको हरिपुर्वा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

बिहीवार अपराह्न ४ बजे वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ । मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा दुर्घटना हुँदा अन्दाजी बर्ष ३०/३२ र ४५/४६ को जस्तो देखिने दुई पुरूषको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको बताएको छ । हालसम्म शवको सनाखत भईनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो ।

काठमाडौं : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्।

भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ। ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ।

रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या ‘भारत’ र ससुराली जनकपुर ‘नेपाल’ क्षेत्रमा उत्सव चल्छ।

काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ।

रामनवमीको अवसरमा विदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको निर्णय अनुरुप बिहीबार प्रदेशमा सार्वजनिक विदा दिइएको छ । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।

सर्लाही जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्‍यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्।

आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि चिन्तित बनेका हुन्।

मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका मजुराफुलमा लाग्ने ढुसीले मजुरा झर्ने र दाना नलाग्ने समस्या हुन्छ।

जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुरलगायत क्षेत्रमा मधुवा किराको प्रकोप देखिएको छ।

हरिवन नगरपालिका–३ डाबरीका आँप किसान विनय आलेले आफ्नो दश कठ्ठा क्षेत्रफलमा लगाएको बोटमा मधुवा किराको प्रकोप देखिएको बताए। उनले भने, ‘आँपका मजुराफुलमा मधुवाका कारण फूल झरेर दाना नलागेपछि यस वर्ष आर्थिक समस्यामा पर्ने हो कि चिन्ताले पिरोलिरहेको बताए।’ ‘पहाडमा लालीगुँराश फुलेझै आँपमा ढकमक्क मजुराफुल फुलेको देख्दा मन रमाएको थियो,’ तर ‘मजुराफुलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ।’

ईश्वरपुर नगरपालिका–७ का रामखेवन महतोको आँम बगैचामा रहेको आँपका मजुराफुलमा मधुवाको प्रकोप देखापरेको बताए। फागुन महिनाको अन्तिम साताबाट आँपका मजुराफुलमा मधुवा किराको प्रकोप देखिएको थियो भने, चैत लागेपछि मजुराफुलमा ढुसी देखिन थालेको बताइएको छ।

मजुराफुल फुल्नुअघि आँपको रुखको जरा बरिपरि खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा किराको प्रकोप रोक्न सक्ने बताईएको छ। मधुवा किराको प्रकोप देखा परेपछि भने विषादीबाहेक अर्को विकल्प नरहेको कृषि विज्ञहरुले बताएका छन्।

कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहले मधुवा प्रकोप पिडित किसानले प्रकृया पुर्‍याई कार्यालयमा आएमा औषधि एवं प्राविधिक सहयोग गर्ने बताए। उनले भने, ‘सर्लाही जिल्लाको बलरा, हथिऔल, ईश्वरपुर तथा चुरेपर्वतीय भावर क्षेत्रको आठ हजार हेक्टरभन्दा वढी जग्गामा व्यावसायिक रूपमा आँपखेती हुने गरेको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल छेउमा बिहीबार बिहान एउटा टिपर दुर्घटनामा परेको छ ।

ढुंगा बोकेर पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७८९ नम्वरको टिपर आफै अनियन्त्रित भई लालबन्दी १७ रानिगन्जस्थित फूलजोर पुलको मुखैमा पल्टिएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

क्षितिज विश्वकर्मा, लालबन्दी : प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा पत्रकार सिंग बहादुर थापा (श्रवण) चयन भएका छन ।

बुधवार जिल्लाको बागमति नगरपालिकास्थित बागमति भ्यु रिसोर्टमा भएको बिशेष जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो । ‘सम्पूर्ण जनपक्षिय पत्रकार एक हौं’ भन्ने मुल नारा बोकेको जनपत्रकार संगठन जिल्ला समन्वय समिती सर्लाहीको १५ सदस्यीय नयाँ कार्यसमितीको उपाध्यक्षमा सर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाह, सहसचिवद्वयमा सलिना मगर र जितेन्द्र कुशवाह, कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् । त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि संगठनको सदस्यमा चुनिएका छन ।

सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, नेकपा (माओवादी केन्द)का पोलिटव्यूरो सदस्य उच्युतम काफ्लेले दलिय राजनीतिक वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नेपाली समाजले सवैभन्दा वढी विश्वास गर्ने प्रेस जगत नै भएकोले पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

त्यसैगरि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले प्रेस संगठन सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडी संगठनको हीत विपरितको क्रियाकलापमा लिप्त भएकोले उनी नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताउनुभयो । उहाँले, पत्रकारिताको धर्म निर्वाह नगर्ने व्यक्तिहरुको सेन्टरमा स्थान नभएकोसमेत बताउनुभएको थियो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्धन पोखरेलले स्थानिय व्यापारीलाई धम्क्याउने, अवैध असुली गर्ने, नगरपालिकाका कर्मचारीलाई आफुले सिफारिस गरेका व्यक्तिलाई नोकरीमा राख्न दवाव दिने जस्ता कार्य निर्वतमान अध्यक्ष शंकर पहाडीले गरेको प्रमाणित भएपछि विशेष जिल्ला सम्मेलन गर्न बाध्य भएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री, पूर्व अध्यक्ष शंकर श्रेष्ठ, नेपाल प्रेस यूनियनका अध्यक्ष कृष्ण थपलिया, फोनिज, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटालगायतका पत्रकारले सम्मेलनको सफलताका लागि शुभकामना दिएका थिए ।

सर्लाही : फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् ।

टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् । पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।

फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् ।

उनको विपक्षमा ८९ मत पर्यो। उनलाई एमाले र राप्रपाले मत हालेनन्। भने, नेमकिपा तटस्थ बस्यो।प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका हुन् ।

यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए। एमाले नेतृत्वको सात दलीय गठबन्धन छाडेर चुनावअघिकै गठबन्धनको पक्षमा उभिएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

सर्लाहीको हरिपुर नगरपालिका ९ लक्ष्मीपुरमा आज सोमबार मिटरब्याज पिडितहरुले अन्तरकृया कार्यक्रम गरेका छन ।

मिटरब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीको आयोजनामा कार्यक्रम गरिएको हो । समितिकि जिल्ला अध्यक्ष रुक्मिणी चौधरीको अध्यक्षता तथा एमाले नेता रेवति पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाभरका पिडितहरु सहभागी भएका थिए ।

कार्यक्रममा मिटरब्यापि पिडितहरुको पिर ब्यथाको बारेमा छलफल हुनुका साथै मिटरब्याज पिडितलाई सरकारले यसैगरि बेवास्ता गरिरहे राजमार्ग बन्द, नेपाल बन्द लगाएतका कार्यक्रम गर्नुको बिकल्प नरहेको बिषयमा छलफल गरिएको कार्यक्रममा सहभागी एक पिडितले बताए ।

मेष

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

वृष 

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

मिथुन

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

कर्कट

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

सिंह

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

कन्या 

सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

तुला 

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

वृश्चिक 

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

धनु 

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

मकर

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

कुम्भ 

सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

मीन

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते