राजेश पाठक, बयलवास, फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले भ्रष्टाचार, कालो बजारी, बैंकको चर्को ब्याज, मिटर व्याजदर बिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा लघुवित्तका कारण महिलाहरुमाथी भएको अमानवीय व्यबहार र बेइज्जतीले गर्दा उनिहरु आत्महत्या गर्न बाध्य भएको भन्दै उसले बिरोधको कार्यक्रम गरेको हो ।

बिरोध प्रदर्शको कार्यक्रमलाई नेकपाका पोलिटब्युरो सदस्य आधार सि, केन्द्रिय सदस्य एवं सर्लाही इन्चार्ज कमल सि, जिल्ला सेक्रेटरी जनक सि, युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष रबि सि, महिला संगठनकी केन्द्रिय सदस्य प्रमिला सि, किसान संगठनको केन्द्रिय सदस्य किशुनदेब सि, मजदुर संगठन अध्यक्ष रामप्रसाद सि लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ।

दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए। तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त सहमतिविपरीत दाहालले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिएका छन्।

बालकोटमा बनेको गठबन्धन तोडेर दाहालले यही फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्। त्यस क्रममा दाहाल साढे २ वर्ष, त्यसपछि माधवकुमार नेपाल एक वर्ष र चुनाव गराउने गरी अन्तिममा डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति बनेको चर्चा छ।

यही गठबन्धनबाट पौडेल राष्ट्रपति उम्मेदवार बनेका हुन्। एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

काठमाडौं : आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशति गर्ने कार्यतालिका रहेको छ ।

त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

जनकपुरधाम : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिले जनकपुरमा ‘आदिबासी जनजाति सांसदहरुको सम्मान तथा आदिबासी पत्रकारको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा सांसद बेची लुंगेलीसहितका सांसदहरुलाई सम्मान गरिएको थियो । मधेस प्रदेशमा १५ जना आदिबासी जनजाती सांसद रहेका छन । फोनिजको प्रदेश अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षता एवं मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिज संघीय समितिका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, फोनिज मधेस इन्चार्ज निरज पिठाकोटे, पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्ण, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनुषाकी अध्यक्ष जमुना भुजेल, पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, फोनिज मधेस प्रदेश उपाध्यक्ष प्रियासिंह थारु लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद बेची लुङ्गेलीले आदिबासी समुदायका लागि कानुन बनाउन नसकिएको स्वीकार गर्नुभएको थियो । त्यसैगरि मधेस प्रदेश सभाका सभामुख मण्डलले आदिबासी जनजातिका लागि संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न नसकिए सो अधिकार खोसिन सक्ने बताउनुभएको छ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न अझै नसकिएकाले सो अधिकार कार्यान्वयन हुन नसकेमा अधिकार खोसिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

सभामुख मण्डलले आदिबासी जनजातिको सवाल कार्यान्वयनका लागि आदिबासी सांसदले विधेयक ल्याएमा प्रदेश सभामा दर्ताका लागि आफूले पहल लिने विश्वास दिलाउनुभयो ।

https://www.youtube.com/watch?v=HvMTC-Xs-Z0&t=20s

जनकपुरधाम : नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ ।

मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासद रहेका छन् । त्यस मध्ये १ जना स्वतन्त्र सभासद पनि छन् ।

पुस १० गते संघीय सत्ताका लागि एमाले सहितका दलहरुबीच गठबन्धन भएकै आधारमा मधेश प्रदेशमा जनता समाजवादी पार्टी९जसपा०को नेतृत्वमा सरकार गठन भएको हो । जसपाका मुख्यमन्त्री सरोज कुमार यादवलाई भने प्रदेश सभामा रहेका सबै सभासदहरुले विश्वासको मत दिएर सर्वसम्मत मुख्यमन्त्री बनाएका छन् । एमाले सहितको संघीय गठबन्धन विघटन भइसकेको एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार राति घोषणा गरे ।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको प्रस्ताव गरेको छ । एमालेले सुवास नेम्वांगलाई राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएको छ । एमालेलाई सरकारबाट हटाएर लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एसलाई भित्र्याइने उच्चस्रोतले जनाए । स्रोतका अनुसार अन्य दलहरु सत्ता साझेदार नै रहेका छन् । तर सरकारबाट नहट्ने एमालेले निर्णय गरेको छ ।

मधेश प्रदेशमा एमाले एक्लिएको कारण प्रदेश सभामुख मण्डलको पद समेत धरापमा परेको छ । नयाँ सत्ता साझेदार हुन लागेको नेपाली कांग्रेसले सभामुखमा दाबी गर्दै मण्डलले राजीनामा नदिए २ तिहाईबाट हटाइने आन्तरिक छलफलमा जुटेको छ । ई-जनकपुर टुडे

लालबन्दी : नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा वुद्ध थिङ तामाङ चयन भएका छन ।

शनिबार लालबन्दी नगरपालिका–८ स्थित तसी धार्केलिङ गुम्बामा आयोजित घेदुङको ८ औँ जिल्ला अधिवेशनले वुद्ध थिङ तामाङ अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । सर्लाहीमा तामाङ घेदुङको नेतृत्व लामो समयसम्म हिराकाजी लामाले गरेका थिए ।

विधानमा कार्य समिति २१ सदस्यीय रहने उल्लेख भएअनुसार भूगोल मिलाएर बाँकी ८ जना सदस्यसँगै सल्लाहकार पछि मनोनयन गरिने बताइएको छ ।

घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनले जिल्ला घेदुङको उपाध्यक्षमा शशी बल तामाङ, महिला उपाध्यक्षमा संगिता घिसिङ, सह–सचिवमा धर्मसिंह गोलेलगायत अन्य सदस्य चयन गरेको हो ।

https://www.youtube.com/watch?v=HvMTC-Xs-Z0&t=20s

लालबन्दी : सर्लाहीको हरिवनमा अपांगता भएका एक विपन्न युवकलाई वडा कार्यालयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका वडा नं ५ निवासी २४ बर्षका राजेन्द्र महतोलाई वडा कार्यालयले मयूरी हस्तान्तरण गरेको हो ।

विपन्न परिवारका राजेन्द्रका ४६ वर्षीय बुवा सन्तलालसमेत शारीरिकरुपमा अशक्त छन् । बुबा सन्तलालको २३ बर्षअघि चिरान मिलमा काम गर्ने क्रममा बायाँ हात काटिएको थियो । उनीहरुलाई दैनिकी गुजार्न समेत समस्या भएपछि जिविकोपार्जनमा टेवा पुर्याउन तीन लाखमा खरिद गरेर बिजुलीबाट चल्ने मयूरी दिएको वडाध्यक्ष नागेन्द्र कुमार साहले बताए ।

मयूरी पाएपछी जिविकोपार्जनका लागि सहज हुने राजेन्द्रका बुबा सन्तलाल महतोले बताए । ८ जनाको परिवार रहेकोे उनीहरुसँग एक कठ्ठा घडेरी मात्र छ । ५ वर्षअघि आफ्नै खेतमा मोटरबाट पानी तानेर सिंचाई गर्ने क्रममा राजेन्द्रलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनको पनि बायाँ खुट्टा घुँडासम्म काटिएको छ ।

शुक्रवार वडा कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रमविच नगरपालिकाका मेयर रमेश बुढाथोकीले राजेन्द्रलाई मयूरीको चावी हस्तान्तरण गरेका हुन् । यस वडाले यसअघि पनि एक विपन्न परिवारका लागि घर बनाएर हस्तान्तरणको गरेको थियो । वडाले बजेटबाट बर्षेनी ५ विपन्न छात्रछात्राहरुलाई उच्च शिक्षाका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ । (नयाँ पत्रीका)

लालबन्दी : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनज्योति क्याम्पस इकाई कमिटी गठन गरेको छ ।

शुक्रबार सर्लाहीको लालबन्दीमा बसेको विद्यार्थीको भेलाले अनेरास्ववियु जनज्योति क्याम्पस तदर्थ कमिटी गठन गरेको हो । पार्टीको केन्द्रिय सदस्य एवं मधेस प्रदेश सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यमा ५ सदस्यीय तदर्थ कमिटी गठन गरिएको भेलाको अध्यक्षता गर्नुभएकी सलिना भ्लोनले जानकारी दिनुभयो ।

कमिटीको अध्यक्षमा एलोज खड्का, सलिना भ्लोन उपाध्यक्ष, रुद्रनारायण महतो सचीव, रन्जना राई सहसचिव र कोषाध्यक्षमा अशोक कार्कीलाई चयन गरिएको छ ।

सो भेलामा पार्टीका जिल्ला उपसचिव उद्धव पाठक, अनेरास्ववियु केन्द्रिय सचिव राजकुमार विश्वकर्मा, लालबन्दी नगर कमिटी अध्यक्ष राजन काफ्ले, सचिव राज तामाङ, हरिपुर नगर कमिटी अध्यक्ष चुडामणिा धामी, जिल्ला कमिटी सदस्य कपिल देवकोटा, गिता माझी, रमेश बलम्पाकी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । आउँदो चैत ५ गते स्ववियु चुनाव हुने भएपछि अहिले देशभरका क्याम्पसहरुमा विद्यार्थी राजनीतिको माहोल तातेको छ ।

मलंगवा : लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) निकट बिद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघले मलंगवामा इकाई कमिटि गठन गरेको छ ।

बिद्यार्थी संघको सर्लाही जिल्ला कार्यसमिति अध्यक्ष आकाश कुमार यादवको अध्यक्षतामा शुक्रबार सर्लाही क्याम्पस मलंगवामा इकाई कमिटि गठन गरेको हो । पार्टीका युवा नेता मिथलेश यादव र पार्टी जिल्ला कार्यसमिति सचिव दिगेश्वर नायकको उपस्थितिमा आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरि सर्लाही क्याम्पसमा इकाई कमिटि गठन गरिएको हो ।

बिद्यार्थीहरुको भेलाबाट बिद्यार्थी नेता रोहित महतोको नेतृत्वमा ४१ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । क्याम्पसमा नयाँ नेतृत्व चयन भएपश्चात क्याम्पसमा स्ववियु चुनावको चहलपहल र विद्यार्थीमा नयाँ तरंग पैदा भएको भान हुन थालेको छ ।

लोसपा युवा नेता यादवले सर्लाही क्याम्पसको चुनाव पश्चात् क्याम्पसमा विद्यार्थीहरुले वर्षौंदेखि भोग्दै आएका सबैखाले शैक्षिक समस्याहरुको निकाश निस्कने र क्याम्पस भित्र हुने अनावश्यक राजनीतिक द्वन्दको अन्त्य हुने बिश्वास लिनुभयो ।

https://www.youtube.com/watch?v=HvMTC-Xs-Z0&t=296s

मेष

कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

वृष 

आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन।

मिथुन 

प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावस्यक खर्च बढ्ने देखिन्छ ।

कर्कट

चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ ।

सिंह 

सन्तानबाट सहयोग मिल्नेछ । महत्वपूर्ण काम सफल हुनेछन् । महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ ।

कन्या

ब्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक बिचलन रहनेछ । महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

तुला 

इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ।

वृश्चिक

मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

धनु

धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ।

मकर

मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कुम्भ 

ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।

मीन

साथीभाईको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कार्य बढ्नेछन्।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते