सर्लाही : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यरअनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

सर्लाही : आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

श्रीपञ्चमी अर्थात सरस्वति पुजा नजिकिएसँगै सर्लाहीका मुर्तिकारहरुलाई सरस्वतिको मुर्ति बनाउन भ्याई नभ्याई छ ।

सरस्वति पुजा आउन १ दिन मात्रै बाँकी रहेकाले उनिहरुको ब्यस्तता बढेको हो । मुर्तिकारहरुलाई यतिबेला बाँकी रहेको मुर्ति बनाउन, रंगरोगन गर्नको चटारो छ । गएका २ बर्ष कोरोना महामारीका कारण मुर्ति बनाउने पेसा नै संकटमा प¥यो, यो बर्ष भने मुर्तिको राम्रो माग आएको सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ बरकुर्वाका गगनदेव राम बताउँछन ।

बिशेष गरि बिद्यालयहरुमा मुर्तिको बढि माग हुने गरेको मुर्तिकार रामको भनाई छ । उलने मुर्ति हेरेर दिनमा ४-५ ओटासम्म बनाउन सकिने र एउटा मुर्तिको १ हजार ५०० देखि ५ हजारसम्ममा बिक्रि हुने बताए । करिव २२ बर्षदेखि मुर्ति बनाईरहेका रामले १० जनाको परिवार मुर्ति बनाएर पालीरहेका छन ।

सोहि गाउँका राजेश राम पनि मुर्ति बनाएरै परिवार चलाईरहेको बताउँछन । हिन्दु धर्मावलम्बिहरुले मनाउने हरेकजसो चाडपर्वमा मुर्तिको माग हुने भएकाले आफुहरुले सबै खाले मुर्ति बनाउने र कमाई पनि राम्रै हुने उनिहरुको भनाई छ । आफुहरुले पुख्र्यौली पेशालाई अंगालेर मुर्ति बनाईरहेको मुर्तिकारहरुको भनाई छ ।

उनिहरुले आफुहरुले बर्षभरिमा कम्तिमा पनि ३-४ लाख मुर्ति बनाएरै कमाउने दाबि गरेका छन ।

‘लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड’ लालबन्दी शाखाका लागि कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक महानुभावले संस्थाको कार्यालयमा आवेदन बुझाउनुहुन अनुरोध गर्दछौं ।

पद : अभिलेख सहयोगि
संख्या : १ जना (महिला वा पुरुष)
योग्यता : १०+२
सेवा/सुविधा : संस्थाको नियमाअनुसार

फारम बुझाउने अन्तिम मिति : २०७९ माघ २० गते शुक्रबारसम्म !

आवश्यककागजातहरु : हस्तलिखित निवेदन, CV, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साईजको फोटो

स्थानियलाई विशेष प्राथमिकतादिइने छ । सम्पर्क : लाइफइन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड, लालबन्दी–०७ सर्लाही
फोन :– ०४६–५०१३०८, ९८५१३६५५६६

काठमाडौं : शहीद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताह मनाइन्छ।

शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा काठमाडौं महानगरपालिकाले मंगलबार बिहान टेकु मचलीमा श्रद्धाञ्जली सभाको आयोेजना गरेको छ।

श्रद्धाञ्जली सभामा काठमाडौं महानगरका प्रमुख, उपप्रमुखसहित महानगरका पदाधिकारीहरूको उपस्थिति रहने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले जानकारी दिए। त्यस्तै १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ। यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर शहीद स्तम्भमा सभा हुनेछ।

वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा शहीद सप्ताह तथा दिवस मनाउने गरिएको छ। स्वतन्त्रताको माग गर्दा १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

सर्लाही प्रहरीले श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद गरेको छ । गएको पुस महिनामा मात्रै १२ लाख ४५ हजार बरामद गरेको प्रहरीले माघ ४ गते थप १० लाख ३३ हजार बरामद गरेको हो ।

गएको पुस २९ गते दिउँसो भारतको बिहार बस्ने २९ बर्षिय राहुल महतोलाई सदरमुकाम मलंगवा २ मा चेकजाँच गर्दा २ लाख बरामद गरेको प्रहरीले सोहि दिन बेलुकी नेपालबाट भारततर्फ जाँदै गरेकाहरुबाट १० लाख ४५ हजार बरामद गरेको थियो । बा०१ ०२५च १७९४ नम्बरको कारमा सवार काठमाण्डौँ कागेश्वरी मनोहरा बस्ने बर्ष २६ का प्रल्हाद चापागाईं, २७ बर्षिय सनम बस्नेत, ४७ बर्षिय श्रीकृष्ण बस्नेत र शिव चापागाईंको साथबाट श्रोत नखुलेको रकम बरामद भएको हो ।

त्यसैगरि यहि माघ ४ गते बेलुकी सर्लाहीको गोडैना नगरपालिका १२ मधुवनिबाट भक्तपुरको सुर्यबिनायक २ बस्ने बर्ष ४६ का तारानिधि पन्त, काभ्रेपलाञ्चोकको पाँचखाल १३ का बर्ष ३४ का श्रवण त्रीपाठिको साथबाट १० लाख ३३ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय श्रेष्ठले बताए ।

श्रोत नखुलेको नगदसहित पक्राउ परेकाहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा १०३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

सर्लाही : सोनाम ल्होसार २८५९ सुरु भएको छ। तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने ल्होछार चान्द्रमानको पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा सुरु हुन्छ।

प्रत्येक वर्ष एकरएक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ। सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन भव्य रूपमा मनाउँदै आएका छन्।

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन्।

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि सांस्कृतिक वेशभूषासहितको र्‍याली निकालिने ल्होछार मूल समारोह समितिका संयोजक कुमारसिं घिसिङले जानकारी दिए।

आज सरकारले सार्वजनिक बिदा दिएको छ । यता सर्लाहीमा पनि लालबन्दी १५ को बोहोरे डाँडा, बागमति नगरपालिका लगाएतका तामाङ समुदायको बाहुल्यता रहेका ठाउँमा बिशेष कार्यक्रम हुँदैछन । जिल्लाका लालबन्दी, हरिवन र बागमति नगरपालिकाले आज आईतबार र भोली सोमबार सार्वजनिक बिदा दिएका छन ।

लालबन्दी : नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश अध्यक्षमा अजय शर्मा चयन भएका छन ।

सर्लाहीको बागमतीमा शनिबार सम्पन्न नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको मधेश प्रदेश प्रादेशिक तथा सर्लाही जिल्ला अधिवेशनले जिल्ला र प्रदेशको नेतृत्व चयन गरेको हो । बागमतीस्थत सीता प्यालेस होटलमा सम्पन्न अधिवेशनले अध्यक्ष शर्मासहित गोविन्द राय उपाध्यक्ष, नरोत्तम अधिकारी सचिव, सुशीला रौनियार कोषाध्यक्ष, सरोज लाल सह–सचिवसहित १६ सदस्यीय मधेश प्रदेश स्तरीय समिति गठन गरेको छ ।

त्यस्तै, अनिल कुमार गुप्ता अध्यक्ष, रामध्यान राय कोषाध्यक्ष र अशोक कुमार गुप्ता सचिवसहित १७ सदस्यीय सर्लाही जिल्ला समिति चयन गरिएको छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका केन्द्रीय अध्यक्ष डम्बर रोगुको अध्यक्षता तथा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको एशोसिएसनका केन्द्रीय उपाध्यक्ष चित्रबहादुर विश्वकर्माले बताए ।

सर्लाही : नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण सर्लाहीमा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेका छन् । जिल्लामा दशकौँ पुराना इनार, कुवा र पानी रसाउने अन्य ठाउँहरु अहिले सुक्न थालेका हुन् ।

इनार र कुवा सुक्दै गएपछि ग्रामीण भेगमा बसोवास गर्ने स्थानीयलाई खानेपानीको समस्या हुन थालेको छ । लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका पदमबहादुर वाइवाले पहिले जसरी कुवामा पानी रसाउन छाडेको जानकारी दिनुभयो । केही वर्ष अघिसम्म जिल्लाको बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको किनारमा प्रशस्त कुवा हुन्थ्ये । तर, अहिले भने ती कुवामा पानी रसाउन छाडेपछि मासिँदै गएका छन् ।

चुरेभेगका बस्तीमा खानेपानीको धारा नै नरहेको र कुवा समेत सुक्दा आगामी दिनमा खानेपानीको अभाव चर्किदै जाने चिन्ता रहेको वाइवाले गुनासो गर्नुभयो । ‘खानेपानीको अभावमा पाखोभित्तामा बसोवास गर्ने म जस्ता धेरै परिवार बसाइँ सरेर अन्यत्र गइसक्नुभयो, बस्ती पातलो हुँदै गएका छन्,’ वाइवाले भन्नुभयो, ‘गरिबीका कारण अन्यत्र बसाइँ सरेर जान नसक्ने हामी जस्तालाई खानेपानीकै अभावले पिरोल्न थालेको छ ।’ हिउँद महिनाभर चुरेभेगमा खानेपानीको समस्या हुने गर्छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकाको उत्तरी चुरेभेगका वासिन्दा अहिले पनि खोलाखोल्साको दुषित पानी पिउन बाध्य छन् । ईश्वरपुर नगरपालिका–१२, अड्डी गाउँकी मैयाँ तामाङले खानेपानी सुक्दै जान थालेपछि पाखोभित्तामा बसोवास गर्न र बस्तुभाउ पाल्न मुस्किल पर्न थालेको गुनासो गर्नुभयो । चुरेफेदीका धेरै बस्तीमा पालिका र विभिन्न संघसंस्थाले खानेपानीको धारा पु¥याए पनि डाँडापाखाका विकट बस्तीमा भने भएकै कुवा समेत सुक्न थालेपछि समस्या बढ्न थालेको हो ।

डिभिजन खानेपानी कार्यालय मलङ्गवाका इन्जिनियर शिवशङ्कर रौनियारले भूमिगत पानीको सतह घट्दै गइरहेकाले यस्तो समस्या आएको बताउनुभयो । ‘बढ्दो वन विनाश र सहरीकरणले गर्दा जमिनमुनी पानीको सतह घट्दै गएको र जरुवाहरु सुक्दै गएका हुन्,’ रौनियारले भन्नुभयो, ‘वनजङ्गलको संरक्षण र नदीजन्य पदार्थको मनपरी उत्खनन नरोके अझ समस्या बढ्न सक्छ ।’

रौनियारले ग्रामीण बस्तीमा खानेपानी पु¥याउनका लागि डिभिजन खानेपानी कार्यालयले पालिकाहरुसँग समन्वय गरी काम गरिरहेको बताउनुभएको छ । प्रकाश मैनाली/हिमालय टाईम्स

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते