- भक्ती रिजाल, हरिवन ।
सर्लाहीकाे हरिवन नगरपालिका वडा नम्बर–१, कोठीखोलाकी कुन्ती रहपालले घरको करेसामा सोलार मार्फत लिफ्टिङ गरेर ल्याएको पानी पिउन थालेको धेरै भएको छैन । सोभा भन्छिन् ‘केही दिन अगाडि घरको करेसामा धाराको पानी आएपछि खुसीले आँसु झरेको थियो ।’
स्थानीय निर्वाचनताका हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले पानी, बाटो, शिक्षा, स्वास्थ्य र बिजुली बत्तिमा कुनै सम्झौता नहुने बताएका थिए । अहिले त्यही वाचा पूरा गर्दै ६५ घर परिवारलाई पुग्ने गरी पाखाका जनतालाइ पिउने पानी पुर्याउन सफल भएका छौं, बुढाथोकीले भने । श्रोत साधनको उपलब्धतालाई अधिकतम प्रयोग गरी उत्तरी पाखा कोठीखोला, बिलन्दी, केराबारी लगायतका स्थानमा बिकास योजना पुर्याउनु पर्नेमा मेयर बुढाथोकीको जोड छ ।
हरिवन नगरपालिकाकाे उत्तर तर्फका बस्तीमा दम्सैला, भिराला अनि मलिला पाटा बारी छन । ती बारीमा सिँचाइको सुबिधा पुग्ने हो भने किसानलाई आय आर्जनका दृष्टिले सहज हुने वडा नम्बर १ का वडा अध्यक्ष टम बहादुर घिसिङ बताउँछन् । सदियौँ देखी स्वास्थ्य, शिक्षा, बाटो, बिजुली र स्वच्छ खाने पानीको पहुँच भन्दा टाढा रहेका जनताले भोग्नु परेको कष्टकर जीन्दगीमा उपलब्धी सहितको मसिनो कामलाई प्राथमिकता दिनु पर्ने मेयर बुढाथोकीको भनाइ छ ।
कोठीखोलाका राम तामाङ गोले भन्छन् ‘हरिवन नगरपालिकाको मेयरमा रमेश बुढाथोकी निर्बाचित भए पछी बिकास निर्माणका कामले गति लिएको छ । यो महाअभियानलाई सफल पार्न जनस्तरमा पनि सकारात्मक प्रभाव परिरहेको छ ।’
कोठीखोलाका जनताको बुझाइ ‘हरिवन नगरपालिका वडा नम्बर १ को उत्तरी पाखामा शुन्दर सपनाको घुर्मैलो बिस्वासलाई अँगालेर बसेका जनताको दैनिकीलाई अपनत्व प्रदान गर्नु नै नगर प्रमुखको कर्तव्य हुने छ’ भन्ने रहेको गोले बताउँछन् ।
लालबन्दी । सर्लाहीको लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आमसभा सम्पन्न भएको छ । लालबन्दी ७ स्थित पुर्व पश्चिम राजमार्ग, डुमडुमे मन्दिर अगाडी पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरुको उपस्थितीमा आमसभा सम्पन्न भएको हो ।
पार्टीको लालबन्दी नगर कमिटि अध्यक्ष बालकृष्ण कार्किको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरीबाट उपस्थित नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । पार्टी सभापति रबि लामिछानेको उपस्थिती हुने आसमा लालबन्दी पुगेका धेरै जना कार्यक्रममा आफु अस्वस्थ भएर उपस्थित हुन नसकेको र छिटै नै आफु लालबन्दी आउने शन्देस सहितको भिडियो बजेपछि फर्किएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्किले यो देशलाई आफुजस्तो युवा नेताको खाँचो भएको बताईन । देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको ज्ञारेन्टि नभएको, अहिले आफु जस्ता धेरै युवा बिदेश पलाएन भईरहेको सन्दर्भमा आफ्नो पार्टीले मात्रै ति समस्याको सम्बोधन गर्न सक्ने र आफ्नो पार्टीको भिजनले मात्रै त्यस्ता समस्याको हल डा. कार्किको जिकिर थियो ।
त्यसैगरि पार्टी उपसभापति स्वर्णिम वाग्लेले आफु जन्मिनु भन्दा अगाडीदेखि अहिलेका बिभिन्न पार्टीका यीनै नेताहरुले देशको नेतृत्व गरिरहेको र हालसम्म पनि त्यहि अनुहारले मात्रै नेतृत्व गरिरहनु कत्तिसम्म जायज हो भन्दै प्रश्न गरे । उनले युवालाई सबै क्षेत्रमा अवशरको खाँचो रहेको र त्यो अवशर आफ्नो पार्टीले मात्रै प्रदान गर्न सक्ने बताए । देशमा बिद्यमान समस्यमाको अन्त्य गर्नका लागी अबको चुनावमा रास्वपालाई भोट हालेर जिताउनुको बिकल्प नभएको भन्दै वाग्लेले मिसन ८४ लाई घण्टिमय बनाउन भुमिका खेल्न उपस्थित सबैसँग आग्रह गरे । उनले लालबन्दीको टमाटरलाई काकरभिट्टाको सस फ्याक्ट्रिसम्म पु¥याएर यहाँका किसानलाई राहत दिन नसक्ने कस्तो नेतृत्वलाई हामिले झेलिरहेका छौँ त भन्दै अवको हाम्रो एकमात्र बिकल्प भनेको रास्वपालाई जिताउनु मात्रै भएको बताए ।
कार्यक्रममा सहभागी धेरैले रबि लामिछाने आउने भनेर आफुहरुलाई झुक्याएको प्रतिकृया दिएका थिए ।
लालबन्दी । सर्लाहीको लालबन्दीमा हुने कार्यक्रममा रबि लामिछाने नआउने भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) लालबन्दी ७ स्थित डुमडुमे मन्दिर अगाडी राजमार्गसँगै कार्यक्रम गर्दै छ ।
पार्टी सभापति लामिछाने अस्वस्थ भएका कारण लालबन्दीको आमसभामा उपस्थित हुन नसक्ने जानकारी आएको पार्टीका सर्लाही जिल्ला संयोजक कमलेश साहले जानकारी दिए । सभापति लामिछाने बाहेक पार्टीको केन्द्रिय सदस्य रमेश पर्साईं, पार्टी उपसभापति स्वर्णिम वाग्ले, पार्टी नेता एवं प्रतिनिधिसभा सदस्यहरू सोविता गौतम, चन्दा कार्कि र मनिष झाले लालबन्दीको आमसभालाई सम्बोधन गर्ने जिल्ला संयोजक साहले बताए ।
नगरकमिटिको आयोजनामा हुने आमसभामा रास्वपाले ठुलो संख्याका नेता कार्यकर्ता लालबन्दीमा उतार्ने तयारी गरेको थियो । सभापति लामिलानेले भने भिडियो सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
लालबन्दी । शुक्रबार साँझ लालबन्दी नगरपालिकामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका प्रमुख, नापि कार्यालयका प्रमुखसहितको छलफल सम्पन्न भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १२ जियाजोर र हरिवन २ खोरगाउँका बासिन्दाले राखेको १३ बुँदे मागमा नगरप्रमुख बासुदेव अधिकारीसहित स्थानियको बाक्लो उपस्थितीमा छलफल भएको हो ।
हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण कार्य भईरहेको जियाजोरमा बिहिवार स्थानिय महिलाहरुको समुहले बिभिन्न माग राख्दै काममा अवरोध गरेपछि सिडियोसहितको टोली छलफलमा आएको हो । छलफलमा स्थानियले आफ्नो बिभिन्न १३ बुँदे माग प्रस्तुत गरेका थिए । उनिहरुले आफुरुको ऐलानी तथा नम्बरी जमिनको समय सापेक्ष हुने गरि मुल्यांकन गरिनु पर्ने, तारको छेउबाट दायाँ बायाँ पर्ने २५ मिटरसम्मको जमिन बैंकले धितो नलिने हुँदा उक्ता जग्गाको उचित मुल्यांकन गरि शतप्रतिशत क्षतिपुर्ति दिनुपर्ने साथै उक्त जग्गाको मालपोत मिनाहा गरिनुपर्ने माग राखेका थिए ।
छलफलको निष्कर्षमा बोल्दै सिडियो कोमल प्रसाद धमलाले पोल निर्माण कार्य र स्थानियको जायज माग सम्बोधनको काम सँग सँगै गर्नुपर्ने बताएका थिए । उनले सो क्षेत्रमा पर्ने जग्गाको पुनःमुल्यांकन नहुने, मुल्यांकन हुन बाँकी जग्गाको समयसापेक्ष मुल्यांकन हुने, बालीनालीको क्षतिपुर्ति पाईने, जहाँ पोल परेको छ, त्यो जग्गा मात्रै आयोजनाले अधिग्रहण गर्ने, बाँकी जग्गा जस्को हो उसैको हुने र त्यसको तिरो स्वयम जग्गाधनिले तिर्नुपर्ने बताए । निशुल्क बिद्युत पाउनुपर्ने कुरा मान्य नहुँने बताउँदै सिडियो धमलाले बरु सामाजिक दायित्व अन्तर्गत छात्रबृत्ति प्रदान, खेलकुद मैदानको ब्यवस्थापनसम्म आयोजनाले गर्न सक्ने आफुले बुझेको बताए ।
आयोजना प्रमुख एवम् सिडियो धमलाको कुराले चित्त नबुझाएका जियाजोरका स्थानियले काम गर्न दिने कि नदिने भन्नेमा दुबिधा देखाएका छन ।
जियाजोरमा स्थानीयको अबरोधका बिच सुरक्षा बेस खडा गरेर राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण सुरु भएको छ । त्यहाँ २७ जना शसस्त्र प्रहरी र २५ जना नेपाल प्रहरीको दंगा तैनाथ गरेर पोल निर्माण कार्य भईरहेको थियो । जियाजोर क्षेत्रमा हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी प्रशारण लाईन आयोजना अन्तरगतको ८ वटा पोल निर्माण हुन बाँकी रहेको आयोजनाले जनाएको छ । स्थानियको अवरोधका बिच सुरक्षा ब्यवस्था भए सगैँ निर्माण कम्पनीले काम सुरु गरेको छ । राष्ट्रिय गौरवको आयोजना निर्माणमा अबरोध भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
स्थानीयबाट राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको प्रशारण लाईन निर्माणमा अबरोध भएपछि जिल्ला प्रशासन कार्यलयले समेत अनुगमन गरिसकेको जनाएको छ । पटक–पटकको छलफलबाट समेत स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यलयले जनायो । यस पहिला छलफल भएर मुवाब्जा निर्धारण भएको र सोही अनुसार बितरण भएको सिडियाे धमलाले जानकारी दिए ।
यता जियाजोरका स्थानियले आफुहरुलाई थाहै नदिई आफुहरुको जग्गा रोक्का गरेको, आफुहरुलाई समयानुकुलको मुआब्जा नदिएको, आफुहरुको मागको बेवास्ता गर्दै बल मिचाई गर्ने प्रयत्न गरिएको भन्दै दुखेसाे पोखेका छन । प्रशारण लाईनले आफुहरुको खेत नोक्सान भएको, खेत माथिबाट ४ सय केभी प्रशारण लाईन विस्तार भएपछि जग्गाको मुल्य कम हुने, प्रशारण लाईन तलका खेतमा उत्पादन समेत कम हुने उनीहरुको बुझाई छ । स्थानिय मानबिर माझिले भने हामीले प्रशारण लाईन निर्माण नगर्नु भनेका छैनौँ । तलमाथि छलायर लगिदिँदा क्षती कम हुने थियो । यसरी जग्गाबाट मनपरी प्रशारण लाईन तान्दा स्थानीयलाई दिर्घकालिन असर पर्ने उनीहरुको भनाई छ ।
प्रशारण लाईन विस्तारले गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीयले गुनासो गरे । केही स्थानीयले मुवाब्जा स्वीकार गरे पनि केहीले अझै लिएका छैनन् । यस रुट अन्तरगत जियाजोर क्षेत्रमा मात्र पोल निर्माण बाँकी रहेको आयोजनाको ढल्केवर कार्यलयका सहायक प्रशासकिय प्रमुख श्रीराम घिमिरेले जानकारी दिए । बाँकी ८ वटा पोल निर्माण सम्पन्न भए सगैँ तार तान्ने काम सुरुहुने घिमिरेले बताए । पोल निर्माण कार्य डेढ महिना भित्रमा सक्ने लक्ष्य रहेको उनको भनाई थियो ।
यस प्रशारण लाईनले नेपालको उत्पादित बिदुतलाई पुर्व मेची देखी पश्चिम महाकाली सम्म जोड्ने उल्लेख छ । निर्माण समयमै सम्पन्न नभए एका तर्फ उत्पादित बिद्युत खेर जाने र अर्को तर्फ लोडसेटिङको समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रशासकिय अधिकृत घिमिरेले दाबि गरे ।
- प्रेमनाथ पौडेल, लालबन्दी ।
सर्लाहीको लालबन्दी २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा एक ८४ बर्षका बृद्धले नगदसहित खाद्य सामाग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ नवलपुर घर भएका बृद्ध हित बहादुर बस्नेतले आश्रममा खाद्यान्न सहयोग गर्नुभएको हो ।
बस्नेतले आफ्नो जन्मदिनमा छोरा बुहारी, नातीसहित पुगेर बृद्धाश्रममा नगद र चामल, दाल, तेल, नुन, आलु, प्याज, चिनि, चियापति, बिस्कुट लगायतका खाद्य सामाग्री प्रदान गर्नु भएको आश्रमकि व्यबस्थापक भवानि कोईरालाले जानकारी दिनुभयो । बृद्ध बस्नेतले आफुले आफ्नो सामाजिक सुरक्षा भत्ताको रकमबाट आश्रममा आश्रीत ५६ जनाको लागी केहि नगद र खाद्यान्न प्रदान गरेका उनका जेठो छोरा कबिर बस्नेतले बताउनुभयो ।
अर्को पटकको भत्ताले अनाथ बालबालीकाको लागी सहयोग गर्ने ईच्छा रहेको बताउँदै बृद्ध बस्नेतले दिन दुखिको सेवा र मद्धत गर्न पाउँदा सारै खुसि लागेको प्रतिकृया दिनुभयो ।
- जितेन्द्र कुशवाह, बरहथवा ।
सर्लाहीको बरहथवामा रहेको इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा हाजिर भएका छन ।
त्यहाँ कार्यरत डीएसपी लिलाराज लामिछानेको सुर्खेत सरुवा भएपछि कपिलवस्तुबाट थापा प्रहरी प्रमुखको रुपमा बरहथवामा हाजिर भएका हुन् । शुक्रबार डिएसपी थापाले स्थानिय राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी लगाएतसँग एक अन्तरकृया गरेका छन ।
उनले कार्यक्रममा सहभागीसँग आफ्नो क्षेत्रको समग्र अवस्थाको बारेमा जानकारी लिएका थिए भने आफुले पनि कर्तव्यनिष्ट भएर आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।
बागमती । सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।
गत मंगलवार राती बागमती नगरपालिका–४, जिरायत सुकेखोला स्थित लहरी घारीमा एक ३१ बर्षिया महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तिनजना पक्राउ परेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । पक्राउ पर्नेमा ३५ बर्षका हरि भनिने हिरा बहादुर भुजेल, ४२ बर्षका राम भनिने खेलेन्द्र परियार र २१ बर्षका अनिल भनिने धनलाल बराईली रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले महिलालाई मदिरा सेवन गराई पालैपालो जवरजस्ती करणी गरेको पीडितको आरोप छ । घटना लगतै फरार रहेका उनीहरलाई प्रहरीले बुधवार बागमती नगरपालिका–४, जिरायतको सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना बिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक अनिल राज गिरिले जानकारी दिए ।
पिडित महिलाकाे प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परिक्षण गरिएकाे र स्वास्थ्यावस्था सामान्य रहेकाे प्रहरी निरिक्षक गिरीले बताए ।
मलंगवा । रौतहट सदरमुकाम गौरमा नेपाल भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालको महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडियो), तिन वटै जिल्लाका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, भन्सार कार्यालय प्रमुखको सहभागीता रहेको थियो । भारतको तर्फबाट सितामाढि जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एस.एस.बी.का अधिकारीहरुको उपस्थिती रहेको थियो ।
रौतहटका सिडियो हिरालाल रेग्मीको नेतृत्मा भएको छलफलमा खला सिमा नाकाका कारण हुन सक्ने चोरी, तस्कारी नियन्त्रण, सन २०२४ मा भारतको बिहारमा हुने लोकसभा चुनाव, लागु औषध तथा मदिराको ओसार पसार नियन्त्रण, सुचना आदान प्रदान, अवैध मुद्राको कारोबार नियन्त्रण तथा सुरक्षा संवेदनशिलताको बिषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा निशुल्क आँखा परिक्षण शिबिर हुने भएकाे छ । नगरकाे १५ वटा वडामा रहेका सबै ३८ वटै सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण हुने भएको हाे।
भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ भरतपुर र आँखा उपचार केन्द्र ईश्वरपुरको संयुक्त आयोजनामा आगामी माघ मध्यबाट विद्यार्थीको आँखाको उपचार गरिने छ । त्यसका लागि शुक्रबार ३८ वटै विद्यालयका शिक्षकलाई प्रशिक्षण दिएर पठाइएको छ । ती शिक्षकले अब विद्यालयमा गएर विद्यार्थीको आँखाको प्राथमिक परीक्षण गर्ने र समस्या देखिएका बिरामीलाई शिविरमा ल्याएर औषधि उपचार गर्ने निर्णय गरिएको छ ।माघ १४ गतेदेखि २९ गतेसम्म क्रमश: वडा नं. १ देखि १३ सम्मका विद्यालयमा अध्ययनरत विद्यार्थीकाे, फागुन ३ गते वडा नं. १४ र फागुन १५ गते वडा नं. १५ का विद्यार्थीका लागि बयलवासमा आँखा परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गर्ने मिति तय गरिएको हो । छलफलमा ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, नेपाल नेत्रज्योति संघ भरतपुरका रमेश घिमिरे, विष्णु हरि मैनाली, शिक्षा शाखाका प्रमुख हरि दाहाल, स्वास्थ्य शाखाका प्रमुख सुगेन्द्र महतोलगायत सहभागी भएका आँखा उपचार केन्द्र का उपाध्यक्ष प्रकाश मैनालीले जानकारी दिनुभयो ।
- भक्ती रिजाल, हरिवन ।
सर्हलाहीकाे हरिवन नगरपालिका वडा नम्बर १० मा रहेको आर. टी. गलैंचा कारखाना मधेस प्रदेशकै पहिलो र ठूलो हाे तर आर्थिक संकटका कारण ओझेलमा परेको छ ।
गलैंचा कारखानाका ब्यबस्थापक जीवन लामा भन्छन् : ‘गलैंचा बुन्ने धागो महंगो छ । त्यसमा पनि सरकारले १३ प्रतिशत मुल्य अभिवृद्धिकर थपिदिंदा उठ्नै नसक्ने गरी उद्योग थला परेको छ ।’
धागोको रेट महंगो भए पछि मजदुर पाल्नलाई समेत धौ धौ परेको लामाको भनाइ छ । ‘उद्योग मैत्री राज्य भैदिएको भए हामीलाइ उद्योग संचालन गर्न सहज हुने थियो’ लामाले भने ।
उद्योगले राज्यलाई बार्षिक एक लाख पचास हजार कर तिर्ने गरेको छ । हाम्रा हस्तकलाका सामान बिश्वभरि प्रख्यात छन् । बिश्वबजारले हाम्रा उत्पादन मन पराउँछ्न् । सरकारले उद्योगलाई मुल्य अभिबृद्धिकरमा नलगेर प्यानमा सिमित गरिदिने हो भने गलैंचा उद्योगले वैदेशिक रोजगारमा जाने ठूलो जमातलाइ रोक्न सहयोग गर्ने लामाको धारणा छ ।
हाम्रा प्रमुख विश्व बजार भनेको चीन, बेलायत, जर्मन, अस्ट्रेलिया तथा अमेरिका लगायत थुप्रै मुलुक पर्छन् । त्यसमा पनि चिनियाँहरुले चलाखि गर्छन, ‘उनिहरु हाम्रा उत्पादनलाई आफ्नो लेबल हालेर मेड इन चाइना राखेर बेच्ने गर्छन् ।’
उनकाे उद्योगमा ६५ जना मजदुरले काम गर्छन् । गलैँचा उद्योगलाई राज्यले मुल्य अभिबृद्धिकरमा सहुलियत दिने हो भने मजदुरको ठूलो हिस्सा काम बिहिन हुने थिएन ।
हरिवन नगरपालिका १० मा रहेको आर.टी. गलैंचा उद्योग प्रदेशकै पहिलो र ठूलो भएर पनि गुम्नाम छ । ‘राज्यले निति बनाएर स्वदेशी बजारको ब्यबस्थापन गरिदिने हो भने उद्योगी र मजदुर दुबै बाँच्ने थिए ।’ लामा भन्छन् ।
लामा भन्छन् ‘श्रमिककाे हकहितका लागि राज्यले निति निर्माण गर्नु पर्यो, मजदुरको पहिचान हुने खाले परिचय कार्डको ब्यबस्था गर्नु पर्यो ।’ बिगतका दिनमा मासिक दुई सय मिटर गलैँचा उत्पादन हुने गर्दथ्यो तर अहिले आएर उत्पादनको मात्रा घटेको छ ।
यो पनी तपाइँलाइ मन पर्न सक्छ ।
यही अबस्थाले गर्दा उद्योग धारासायी अबस्थामा पुग्न लागेको उनले सुनाए । २०६० सालबाट संचालनमा आएको पुरानो उद्योगलाई नयाँ समीकरणमा लैजान चाहेको तर हाल दर्ताबिनै चलेका साना गलैंचा कारखानाहरु अव्यवस्थित रुपमा संचालन भैदिँदा आफू मारमा परेको लामा बताउँछन् ।
बिगतका दिनमा बार्षिक दुई करोड हाराहारीमा गलैँचा उत्पादन हुने गर्दथ्यो तर अहिले आएर उत्पादन घटेको लामाको भनाइ छ । ‘नीति बनाएरै भए पनि स्थानीय सरकारले गलैँचा उद्योगलाई टेवा दिन तथा गलैंचाको बजार देश भित्रै खोजी गरिदिन पनि सरकारसँग माग गर्दछु ।’ लामाले भने ।
कोरोना माहामारीदेखि क्रमशः ओरालो लागेको गलैँचा उद्योगका (जसले मुलुकको निर्यात ब्यापारमा ठूलो टेवा पुर्याएको थियो) मजदुरहरु यतिबेला पलायनको संघारमा पुगेकाले आफू पनि त्यसको मारमा परेको लामाले बताए ।