मनोज बख्रेल, लालबन्दी सर्लाही : सुकुम्बासी समस्या एक चुनौती र राजनीति अखडा भएको छ । यो अखडा बनाउनेहरुले यसको समाधान गर्न दिँदै दिँदैनन । वास्तविक भुमिहिन, आवास विहिन, अतिनै संकटमा रहेकाहरुको तथ्यांक निकालौँ न, यस्का लागि इमान्दार प्रयासका लागि स्थानीय सरकार तत्पर र प्रतिबद्ध बनौं । भोट घटे घटोस, अर्को पटक चुनाव न जिते नजितियोस्, केही भएन तर समाधान गरेरै छोड्ने बाचा गरौंला न । सकिन्छ गर्न ? प्रश्न नम्बर –१,
अब आउने तथ्यांकमा एकाघरको अलग–अलग भै दर्ता गराउनेको तथ्यांक निकालौँ र घटाऔँ । यसबाट आउनेलाई कुल सुकुम्बासी भनौं, वर्गिकरण गरौँ । यो त पक्कै सकिन्छ गर्न ? प्रश्न नम्बर–२,
अब, सबैको रोजगारीको अवस्था, बैंक खाता र लगानी आदिका बारेमा स्पष्ट लिखित गरौँ । उनीहरुको हस्ताक्षर र औंठा छाप लिऔँ । यसैको आधारमा सबैको डिटेल चेक गरौं । फर्जी र सक्षम देखिने सबैलाइ माथिको तथ्यांकबाट हटाउँ घटाउँ । त्यसपछि सुकुम्बासी कार्ड दिऔँ र समयावधि समेत दिऔँ । के सकिँदैन र ? प्रश्न नं. –३
त्यसपछि, राज्यले पुनः स्थापनाको लागि स्थान ब्यबस्थापन गरौं र भनौँ यो तपाईंको आधार हो सँधैका लागि अधिकार होइन् आफ्ना लागि यति समयमा आफै गर्नुहोस् । हामी राहत स्वरुप यी यी कार्य गर्छौं भन्नुहोस् । यो गरेमा भनिएका सुकुम्बासी तथ्यांक २५% मा झर्ने छ । अहिले बनेका सुकुम्बासीहरु कति कति छन् ती सबैको बाजा बज्ने छ । वास्तविक सुकुम्बासीका लागि बढी भन्दा बढी सहुलियत पाउने छन् । त्यसले सुकुम्बासीलाई नै फाइदा पु¥याउने छ । अहिले हुकुमवासिका कारण सुकुम्बासी चरम दुःख बेहोर्न विवस छन् । डोजर चल्ने ठाउँ, नढल्नु पर्ने टहराहरुपनि ढल्दैछन् । पहिल्यै जल्नु पर्ने हुकुमीका बस्तिहरु पनि बल्दै छन् । यसरी समान न्याय/सामाजिक न्याय स्थापना गर्न सकिदैँन । त्यसैले यो विषय गम्भीर छ ।
पछिल्लो समय थापाथली खोला छेउमा भएका र नभएका सुकुम्बासी बस्ती माथी नगरको डोजर आक्रामक भएर उत्रिएको छ, भने भनिएका र बनिएका सुकुम्बासीहरु बलभद्र कुँवर जत्तिकै भएर मैदानमा आएका छन । राजनीति दलहरु र दलालहरु तमासे बनेका छन् । भित्र भित्रै हामी छौँ लड है लड, नछोड भनिरका छन् । सत्य र सहज बाटोमा आउन रोक्नेलाई ठोकिनु पर्ने लौरो दुःखी गरिव सुकुम्बासीलाई नपरोस् । वास्तविक सुकुम्बासीको तथ्यांक निकाल्न माथिका ३ विधि प्रयोग गरौं । देशभरी सासुका नाममा, भान्जाका नाममा वा गाममा भएका सबै सम्पती समेत छानबिन गरौँ, यो समस्या देश भरीबाटै समाधान गरौं । अहिले बालेन लाई मद्दत गरौं !
के चाहिँ गर्दो रैछ भनेर काठमाडौँका मेयरलाइ मात्रै केन्द्र नराखौँ । केन्द्रिय राजनीति गर्छु भन्नेले समेत यता तिर ध्यान दिऔँ ।
डोजरलाई रोक लगाउने होइन, हुकुमवासीकोजति सब संरचना भत्काउने कार्यमा तोक लगाउन बालेनले छोड्नु हुन्न भन्ने निष्कर्षमा छु म । तर यो दीर्घकालीन समाधान भने होइन ।
यो राज्यको प्रमुख समस्या हो, समाधान गरौँ । बर्षौंदेखि सार्वजनिक सम्पतीलाई पुख्र्यौली सम्पती सम्झी दोहन गर्नेलाइ हेर्दा मलाइ एउटै कुराले सताउँछ । एउटा परिवार काठमाडौँमा सामान्य हिसाबले बस्ने हो भने पनि घरभाडा मात्रै २० हजार माथी पर्छ । न्युनतम १५ वर्ष भन्दा कम समय अहिलेको ‘हटकेक’ बनेको बस्तिमा बस्ने मानिस छैनन् । २० हजार प्रतिमहिना १५ वर्ष चलन गर्न दिँदा ३६ लाख माथी आम्दानी भएको सम्झेर अन्य ब्यबस्था गर्नुपर्ने होइन र ? राज्यले दिने सहुलियत नै हो । पुरै अनुदान दिन पूँजीवादले ग्रस्त समाजमा सम्पती पनि ब्यक्तिकै हुने हुनाले राज्यको दायित्व सहुलियत मात्रै बनाउँदै लानु पर्दछ ।
सम्पन्न जिवनयापन गर्ने, गरगहना अलंकार जोड्ने, बैंक ब्यालेन्स गर्ने, महङ्गो शिक्षा र वैदेशिक शिक्षाको लागि बालबालिका विदेशमा पठाउने । यता सुकुम्बासी भनिरहन छोडौँ, अब आ–आफुले मनन गरौं । दाजुभाइ दिदिबहिनीहरु जो पिडामा छन् । वास्तविक सुकुम्बासी हुन् । उनीहरुको लागि केही हुनेले गर्न सक्नेले हस्तक्षेप नगरी सहयोग गरौँ । सँधै अभावको दवाबबाट मुक्ति खोजौँ ।
लालबन्दी : सर्लाहीको लालबन्दीमा बुधवार साँझ बोलेरो भ्यानको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका ६ स्थित फुटबल मैदान र केहि परको कालिन्जोर पुल बिचको सडक खण्डमा लालबन्दीबाट परवानीपुर घरतर्फ जाँदै गरेका संजिव कुमार गोले सवार मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बोलेरोले ठक्कर दिएको थियो । लालबन्दी १६ तिनघरे घर भएका गोले सवार प्रदेश २–०२ ००२ प १८४२ नम्बरको मोटरसाईकललाई बा१च ७१२१ नम्बरको बोलेरोले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
बर्ष २८ का गोलेको दाहिने हात, छातिसहित शरिरका बिभिन्न भागमा चोट लागेको छ । गम्भिर घाईते गोलेको लालबन्दीस्थित मोडेल हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागी काठमाण्डौँ रेफर गरिएको छ । बोलेरो चालक फरार रहेको प्रहरीस्रोतले बताएको छ ।
हरिवन : सर्लाहीमा बुधवारबाट एड्भान्स पत्रकारीता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समिती काठमाण्डौँको आयोजनामा शाखा सर्लाहीले संयोजन गरि तालिम सुरु गरिएको हो ।
ईन्टरनेशन अलर्ट र युरोपिएन युनिएनको सहयोगमा समाचार–फिचर लेखन सम्बन्धि प्रशिक्षण सुरु गरिएको पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिनुभयो । बुधवारबाट सुरु भएको तालिम १७ गत्ते शनिवारसम्म चल्ने छ । तालिममा जिल्लाका सक्रिय पत्रकारीता गरिरहेका पत्रकारहरुको सहभागीता रहेको छ ।
पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष क्षेत्रीको अध्यक्षता तथा कोषाध्यक्ष अच्युतम साप्कोटालगाएतका पदाधिकारीको उपस्थितीमा उद्घाटन भएको तालिमको ब्यवस्थापक राम प्रसाद दाहाल रहेका छन भने मुख्य प्रशिक्षकको भुमिकामा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोबिन्द आचार्य रहनुभएको छ ।
तालिम हरिवनस्थित सम्राट होटलमा चलिरहेको छ । यो तालिम एक बर्ष अघि आधारभुत तालिम लिएका प्रशिक्षार्थी लक्षित भएको बताईएको छ ।
धनुषा : जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न हिजाे विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् ।
विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।
जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ । यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठितरुपमा हुने आयोजकको भनाइ छ ।
विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ ।
लालबन्दी : प्रदेशसभा सांसदमा दाश्रो पटक जनताले चुनेर पठाएपछि सांसद बेची लुंगेली यतिबेला मतदाता भेटघाटमा ब्यस्त छिन । प्रतिस्पर्धिभन्दा दोब्बर मतान्तरसहित बिजयी लुंगेली आफ्नो क्षेत्रका मतदाता भेट्न गाउँ गाउँ पुगेकी हुन ।
सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीकि नेत्री लुंगेली प्रतिनिधिसभामा लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा)बाट बिजयी राम प्रकाश चौधरीसहित मतदाता भेट्न गाउँ गाउँ गएकी हुन । मंगलवार लुंगेली र चौधरी ईश्वरपुर नगरपालिका १२ घारीबथानमा स्थानिय मतदातासँग धन्यवाद ब्यक्त गर्न र शुवेक्षा थाप्न पुगेका छन ।
आफुले भोट हालेर जितेका नेताले घर गाउँमै भेट्न आउँदा स्थानियले खुसि प्रकट गरेका छन । गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनताका उम्मेदवार मतदातालाई भेट्न नगएको गुनासो सुनिएको थियो ।
अहिले लोकप्रिय मतसहित मधेश प्रदेस सांसदमा बिजयी लुंगेली र प्रतिनिधिसभामा बिजयी चौधरीले मतदाता भेट्न र धन्यवाद ब्यक्त गर्न गाउँघरमै पुगेपछि स्थानिय खुसि भएका हुन ।
कौडेना : सर्लाहीको दक्षिणी भेगमा पर्ने कौडेनाका एक अपाङ्गता भएका ब्यक्तिलाई मंगलवार ह्विल चेयर प्रदान गरिएको छ । वडा नम्बर ६ को सक्रौल निवासि १९ बर्षिय मोहमद सरोजलाई ह्विल चेयर प्रदान गरिएको हो ।
जन्मदेखि नै अपाङ्ग भएका सरोजलाई स्थानिय युवा समाजसेवी एवं कौडेना गाउँपालिकाका नगर प्रहरी कर्मचारी समेत रहेका धिरोज यादवको पहलमा राष्ट्रिय युवा अभियानले सो ह्विल चेयर प्रदान गरेको हो । निवर्तमान वडाध्यक्ष र स्थानियको उपस्थितीमा युवा अभियानका संयोजक कृष्ण यादवले अपाङ्गता भएका सरोजलाई ह्विल चेयर हस्तान्तरण गरेका हुन ।
हिँडडुल गर्न कठिनाई भोग्दै आएका सरोजलाई घरमै पुगेर ह्विल चेयर हस्तान्तरण गरिएको हो ।
काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो ।
पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० हजार २३४ ल्याएर कांग्रेसले पछ्याइरहेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ७९ हजार ९४, पाँचौ स्थानमा रहेको राप्रपाको ५ लाख ५४ हजार ७५७ र छैटौं स्थानमा रहेको जसपाको ३ लाख ६७ हजार ७६० मत रहेको छ ।
यस्तै, आठौं स्थानमा रहेको जनमत पार्टीले थ्रेसहोल्ड कटाउँदै गर्दा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई धौधौ परेको छ । नेकपा एसले २ लाख ६८ हजार ४७९ मत ल्याएको छ।
प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्न हम्मेहम्मे गरेको छ । प्रत्यक्षतर्फ कम्तीमा एक सीट जितेर समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत कटाएपछि मात्रै राष्ट्रिय दल बन पाउने कानूनी व्यवस्था छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९८ मत ल्याएको छ ।
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी शुरु गरेका छन् । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब बिनियोजन गरिसकेको छ ।
सरकारले विनियोजन गरेको रकमको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप गरेको र १२ प्रतिशत नेपाल रि इन्सुरेन्सले थप गरेको छ । बीमा प्राधिकरणले त्यसमा आठ प्रतिशत रकम थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
अहिलेको सो रकमले १६ हजार बीमितलाई भुक्तानी गर्न पुग्ने पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।जुन जुन बीमा कम्पनीबाट बीमा गरिएको हो सोही कम्पनीबाट बीमा रकम भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।
कोरोनाकालमा बीमा गरेकाहरुको मितिका आधारमा जसको पहिला छ उसैलाई पहिला दिने गरी वित्तरण हुने प्राधिकरणले जनाएको छ । सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता गरे पनि डेढ वर्षदेखि भुक्तानी रोकिएको थियो ।
१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५ सय ५४ रूपैयाँ बराबरको दावी गरेका थिए । यसमा करिब साढे ३ अर्ब भुक्तानी भइसकेको छ भने १२ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी छ ।
मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको हो । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको हो । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।