अनेरास्ववियु, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका सह-ईन्चार्ज सन्तोष पौडेल विश्व युवा शान्ति सम्मेलन -२०२२ मा सहभागी हुन मलेसिया प्रस्थान गर्नुभएको छ ।
अनेरास्ववियुको प्रतिनिधित्व गर्दै संगठनको अध्यक्ष सुनिता बरालको नेतृत्वमा मकवानपुरका लोकप्रिय विद्यार्थी नेता पौडेल मलेसिया प्रस्थान गर्नुभएको हो । टोलिमा अनेरास्ववियुका उपमहासचिवद्वय सुदर्शन शिवाकोटी ( बिदेश बिभाग प्रमुख ) र गोबिन्द गिरि, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग उपप्रमुख सुन्दर घिमिरे, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग सचिव राजेश नेपाली, स्थायी कमिटी सदस्य सुजन कार्कि, सचिवालय सदस्य सागरहरी अधिकारी लगाएत हुनुहुन्छ । युभसत्ता तथा मलेसिया सरकारबाट स्थापित अन्तरास्ट्रिय युवा केन्द्र, क्वालाम्पुरद्वारा आयोजित १५ औं विश्व युवा शान्ती महोत्सव- २०२२ मा सहभागी हुन बिद्यार्थी नेताहरु मलेसिया प्रस्थान गरेका हुन । कार्यक्रममा कोभिड पछिको अवस्था र दिगो बिकासका लागि युवा संलग्नताको बिषयमा महत्वपूर्ण बहस एवम् छलफल हुने स्थायी कमिटी सदस्य पौडेलले जानकारी दिनुभयो । कार्यक्रम तीन दिनसम्म संचालन हुनेछ । कार्यक्रममा विभिन्न देशका युवा नेताहरुको सहभागिता रहनेछ ।
१२ असोज, । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् ।
तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् ।
साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ ।
छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।
त्यस्तै विदेश मन्त्री पनि राजपरिवारकै सदस्यले निरन्तरता पाएका छन् । फैसल बिन फरहान विदेशमन्त्रीको रुपमा निरन्तरता पाएका हुन । अर्थ र लगानी मन्त्रीले पनि निरन्तरता पाएका छन् ।
युवराजलाई प्रधानमन्त्री बनाएर ८६ वर्षीय राजाले शक्ति हस्तान्तरण सुरु गरेको टिप्पणी खाडी मुलुकहरुमा भइरहेको छ । यद्यपि अझै केही समय मन्त्रिपरिषद बैठकको अध्यक्षता भने राजाले नै गर्ने छन् ।
राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका ३७ वर्षका युवराज मोहमदले सन् २०१६ मा ‘भिजन २०३०’ सार्वजनिक गरेका थिए । जसमा साउदीलाई अरब तथा इस्लामको केन्द्र बनाउने उल्लेख गरिएको छ ।
हेटौंडा | गोरखा जिल्ला स्थित गोरखा नगरपालीका स्थित मृगौला रोगी बिना थापा मगरलाई नेपाल मगर संघ र निकटका भातृ संगठनहरु द्वारा रू.१०,००० ( दशहजार मात्र) आर्थिक सहयोग गरेका छन् ।
संघको कोषाध्यक्ष डेमिज थापा मगरको विशेष पहलमा कमिटिका पदाधिकारी तथा भातृ संस्थाहरु संघको आज एक आपतकालिन बैठक बसी संघका पुर्ब पदाधिकारीहरु, बर्तमान कमिटिका पदाधिकारीहरु तथा भातृ संगठनको सहयोगमा पिडित थापालाई सहयोग गरेको संघको सहसचिव भूपेन्द्र रानाले बताए ।
आपतकालिन अवस्थामा सकेको सहयोग गरेको र पुन पिडितलाई सहयोग गर्ने संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले बताए ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका नगर उप प्रमुख ले भने यो नियमको पालना भएको पाइँदैन ।
बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबि अर्याल ले २०७९/०६/१० गते घटस्थापनादिनको सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी सम्पत्तिको दुरुपयोग गरिएको पाइएको छ । उनको गाडी न लु १ झ ३५७ न को गाडी आज बिहान देखि गुडिरहेको र बुटवल उपमहानगरपालिका वार्ड न ११ न्यू होराइजन स्कूल को पारी करिब २ घन्टा रोकेको पाइएको छ भने कहिले छोरी लाई अस्पताल र कहिले कहाँ पुराएको पनि पाइएको छ ।
हाल जिल्ला प्रशासन रूपन्देहीले बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि अति आवश्यक परेमा वा चलाए पनि पास लिनु पर्ने जिल्ला प्रमुख भरतमणि पाण्डेले बताएका थिए र हाल कुनै गाडी लाई पनि पास नदिएको बताए । उनका अनुसार नियम सार्वजनिक बिदाको दिन पनि नियन उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए ।
मनहरी गाउँपालिकाकी निर्वाचित पूर्व उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमाले मै फर्किएकी छिन् । साेमबार मनहरीमा अायाेजित कार्यक्रममा मनिलासहित पार्टी जिल्ला सदस्य र गाउँपालिका कमिटीका सदस्यहरू, अनेरास्ववियु र अनेमसंघका नेता कार्यकर्तासहित २ दर्जन नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा बाेल्दै भईरहेकाे छदाकाे पार्टी फुटाएर नयाँ मान्छेलाई ल्याएर पार्टी बनाउनु फलामकाे च्यूरा हुने र विभाजनले कम्युनिष्ट पार्टीलाई कमजाेर बनाएकाेले पुरानै घर फर्किएर बलियाे बनाउनु उपयुक्त हुने भएकाेले नेकपा एमालेमा फर्किएकाे बिष्टले बताईन् । पार्टीले दिएकाे जिम्मेवारी साझा सवाल र विषय भएकाे अन्य पार्टी भन्दा सृजनात्मक र क्रियाशिल हुने प्रतिबद्वता व्यक्त गर्दै जनताकाे नयाँ साेच र नयाँ खाेजप्रति चासाे भएकाेले समयानुकुल पार्टी सञ्चालन गर्नुपर्नेमा जाेड दिईन् ।
एकीकृत समाजवादीका जिल्ला कमिटीका सदस्यहरू बालमुकुन्द ढकाल, शिशुपाल बस्नेत, पानीमिरा राना, अप्सरा ढुङ्गाना, ईन्द्रकुमारी मिजार, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य गाेविन्द बर्ताैला, मनहरी गाउँपालिका कमिटीका सदस्यहरू बासु पाैडेल, शिव विंडारी, बुद्विमाया रूम्बा, सविता सुनार, अनेरास्ववियुका शनिस लाे,अनुजा गुरूङ्ग, रेजिना ढकाल, अनेमसंकी गाेमा लम्साल कविता रूम्बालगायत प्रवेश गरेकाे मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य मकवानपुर ईन्चार्ज रामेश्वर रानालगायतका नेताहरूले खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डाेरमणि पाैडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, जिल्ला कमिटी अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्यहरू मदन दाहाल, हेमलाल उप्रेती, जिल्ला सदस्यहरू गाैतम लामा, विमला कार्की, सरला बाेलखे, रविराज उप्रेती, बाबु थिङ्ग, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा बाग्मती प्रदेश सहईन्चार्ज सन्ताेष चाैलागाई, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीलगायतकाे उपस्थिति रहेकाे थियाे । नेताहरूले कार्यक्रममा सम्बाेधन गर्दै भ्रमबस अलमलमा परेका साथीहरूलाई पुरानाे घरमा फर्किन र बलियाे कम्युनिट पार्टी निर्माणमा लाग्न समेत अाग्रह गरेका थिए ।
हेटौंडा । नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । नेपाल पञ्चाङ निर्णायक समितिले जमरा राख्ने उत्तम साइत बिहान १० बजेर २३ मिनेटमा रहेको जनाएको छ । जमरालाई घरको पूर्व दिशातिर फर्काएर स्थापना गरेमा शुभ रहने पनि समितिले जनाएको छ ।
जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूणर् घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ ।
टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।घटस्थापनाको दिन नवरात्र शुभारम्भ भएको मानिन्छ । नौ दिनसम्म दुर्गा भवानीको विभिन्न रुपमा पुजाआजा गरिन्छ । दुर्गा भवानीले राक्षस महिषासुरसंग नौ दिनसम्म युद्ध गरी बिजयी प्राप्ती गरेकोमा हरेक वर्ष घटस्थापनादेखि ९ दिनसम्म देवी भवानीको पुजाआजा गरिन्छ । भोलीपल्ट बिजया दशमीका दिन दुर्गामाताको बिजयी उत्सबस्वरुप हरघरमा टिका , जमरा र मिष्ठान्न भोजन ग्रहण गरी नेपालीहरुले दशैं मनाउने प्रचलन छ । यसपटक दशैंको शुभसाइत ११ बजेर ५१ मिनेटमा नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् ।
आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी , भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको बिकासको अधुरो काम सम्पन्न गर्न आउने निर्बाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।
हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , बिश्वबिद्धालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश साँसद रिता माझिले इमानदारीता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा बिचार र पार्टीको जन्मदाता भएकोले उहाँ सङ्ग काम गर्दा गौरबको अनुभूति हुने समेत बिचार ब्यक्त गरिन। कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिती राप्रपा नेपालमा समाहित भएको थियो । सबैलाई थापाले स्वागत गरेका थिए। कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, दिल बहादुर बल, सुबर्ण लामा, ज्ञान बहादुर माझि लगायतले बोलेका थिए ।
मनिआर मोक्तान, मकवानपुर | सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ ।
सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो ।
नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ ।
मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोगिताको विजेताले करिब २२५०० रुपैयाको खसी सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। भने दोस्रो हुने टोलीले कुखुरा सहित सिल्ड मेडल प्रमाणपत्र पाउने छ ।
सुनाचुरी चौकिटोलले विजयदशमी सुभदिपावली एबम छट्पर्वको अवसरमा पहिलो सस्करणको प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर छ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ ।
सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो ।
नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ ।
मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोगिताको विजेताले करिब २२५०० रुपैयाको खसी सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। भने दोस्रो हुने टोलीले कुखुरा सहित सिल्ड मेडल प्रमाणपत्र पाउने छ ।
सुनाचुरी चौकिटोलले विजयदशमी सुभदिपावली एबम छट्पर्वको अवसरमा पहिलो सस्करणको प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव तथा एमाले सादकी युवा नेता महेश बर्तौलाले जनमत एमालेको पक्षमा रहको र निर्वाचन एमालेले जित्ने बताउनु भएकोछ । आज नेकपा एमाले भीमफेदी गाउँपालिका पार्टी कमिटीको निर्वाचन केन्द्रित बैठकमा बोल्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । युवा नेता बर्तौलाले निर्वाचनमा एमाले जित्नको लागि मात्रै नभई जनताको नोकर भएर सेवा गर्नको लागि भएको बताउनु भयो ।
नेकपा एमाले पार्टी भीमफेदी गाउँपालिका कमिटीको बैठकमा बर्तौला संगै पार्टी प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, प्रदेश कमिटी सल्लाहकार सदस्य ठाकुराम खड्का, जिल्ल कमिटी उपसचिव हिदम लामा, सचिवालय सदस्य दोर्ण भद्र पुडासैनी र विष्णु ढकाल लगायतका नेताहरुले विचार राख्नु भएको थियो । बैठकबाट पार्टीको संचालन गरेको शुद्धीकरण र सुदृढीकरण अभियान बारे समिक्षा गरि सानु थापा मगर अध्यक्ष रहने गरि ४०५ निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गर्दै सकिएको छ ।