१५ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा नपुगी सकिएको छ ।

साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन् ।

बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आआफ्नो दाबीबाट दायाँबायाँ भएनन् ।

चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । आज पनि सबैले यही संख्यामा दावी गरेको बैठकमा सहभागी नेताले बताए ।

आज सहमति गर्ने भनिएपछि कांग्रेसले बिहान पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा सहभागी अधिकांश नेताहरुले १०० बाट एक सिट पनि घट्न नहुने धारणा राखेका थिए । कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरुले पनि दावी नछोडेका हुन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ दिने भएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौं‌डामा ६-७ साउनमा सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय भएको हो ।बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णय अनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए । युनियनको महाधिवेशनमार्फत उपमहानगरपालिकालाई देश–विदेशमालाई चिनाउन सहयोग गरेको भन्दै सहायता प्रदान गरिएको उनले बताए ।‘हामीले बिलको आधारमा प्रेस युनियनले गरेको खर्चको भुक्तानी दिन लागेका हौं । युनियनबाट १५ लाख रुपैयाँ माग भएको थियो तर हामीले १० लाख रुपैयाँ मात्रै दिने निर्णय गरेका हौं’ प्रवक्ता न्यौपानेले बताए ।

नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । यससँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने वाणिज्य बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि लगानीकर्ताहरुले आइपीओ भरेवापत विभिन्न बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए ।

बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका छन् । हालै सानिमा बैंकले पनि सी–आस्वा निःशुल्क गर्ने घोषणा गरेको थियो । यसरी ६ वटा बैंकहरुले निःशुल्क सेवा उपलब्ध गराउँदा लागनीकर्तालाई केही राहत भने भएको छ ।

नेपाली पैसा बाट

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु दुलाहा बनेका छन्। उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। यसअघि उनीहरूले सोमबार मेहेन्दी कार्यक्रम गरेका थिए। यसअघि गत असार २१ गते किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए। माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए।

त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए।कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको भदौ १५ मा विवाह गर्न लागेका हुन्। विवाह प्रस्ताव राखेपछि किरण र कञ्चनले दुई साता माल्दिभ्समा बिदा मनाएका थिए। उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोमा बिदामा दुवैका आमा पनि साथमा रहेको देखिएको थियो। 

असार तेस्रो साता सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा उत्कृष्ट गोलकिपर घोषित भएको एक सातामै उनी भारतको आइलिग क्लब पञ्जाब एफसीमा आबद्ध भएका थिए। किरणले गत सिजन पनि भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। गत सिजन आइ लिगमा पनि उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले गत वर्ष एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।

यसअघि सन् २०१८ मा पनि किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

बाल्यकालमा किरण आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई।अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।

स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यू-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्‍यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए। त्यसपछि उनी एन्फा एकेडेमीका लागि छनोट भएका थिए। एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए।

सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए। मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।‍

१५ भदौ, काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए । उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ ।

समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।

महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा रहेको होलसेल तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ चौकीटोलमा स्थानान्तरण गरिने भएको छ । उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले स्थानान्तरण गर्ने निर्णय गरेको हो । बसपार्क क्षेत्रमा तरकारी बजारका कारण केहि असहज भएकोले कार्यपालिका बैठकले तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिनुभयो ।

तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने समेत उहाँले बताउनु भयो ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि श्रावण १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज बुधबारदेखि नेप्सेमा दोस्रो बजार कारोबार सुरु हुने भएको छ ।

कम्पनीको आईपिओ मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको थियो । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ ला १२ हजार ९७३ कित्ता छन्।

नेप्सेले यो कम्पनीलाई RHGCL कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको थियाे । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए

केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।

यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो।  दोस्रो टी-२० माे केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो।

मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो।

केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए।

ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे।  यस्तै एनगोचे ३३ रनमा नटआउट रहदा नेल्शन ओडियाम्बोले नटआउट १३ रन जोडे। 

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले २-२ विकेट लिए। करण केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

त्यसअघि केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए। 

रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे।

अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले  १८ बलमा २२ रन बनाए। 

पवन सर्राफ १ रन, आदिल अन्सारी ४ रन र विवेक यादव २ रनमा आउट भए।

बलिङमा केन्याका विराज पटेल, शेम एनगोचे र ओडियाम्बोले २-२ विकेट लिए।

यसअघि नेपालले हार बेहोरेका दुवै टी-२० मा खराब ब्याटिङ गरेको थियो। दोस्रो टी-२० मा नेपालले १३३ रनको लक्ष्य पूरा गर्न नसक्दा चौथो टी-२० मा १०२ रनको लक्ष्य पार गर्न सकेन।अब नेपाल र केन्याले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ।


सानोबाबु मुक्तान
थाहानगर
उत्तरी मकवानपुर थाहा नगरपालिका ३ स्थित थाहा कला केन्द्रले थाहा नगरमै पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । केन्द्रले थाहा नगर भलिवल संघ संगको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । थाहा नगरमै पहिलो पटक हुन लागिरहेकोले प्रतियोगितालाई रोमान्चक रुपमा हेरिएको छ । केन्द्रले आज यसै विच भलिवल प्रतियोगिताको बारेमा तथा सिंगो नगर भलिवल विकासका बारेमा थाहा नगरपालिकाका जनप्रतिनिधि, स्थानिय दलका नेता तथा सम्बन्धित खेलाडिहरुविच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । समन्वय संस्थाका अध्यक्ष वसन्त गोपालीको सभाध्यक्षमा थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा भएको कार्यक्रममा प्रमूख अतिथि नगरपालिकाका उपप्रमूख भरत गोपाली, नगर खेलकुद विकास संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम स्याङ्दान, वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नं. ४ का अध्यक्ष नारायण बहादुर लामा, खेलकुद विकास समिति थाहा नगरका पूर्व संयोजक राजेश केसी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की , सहायक प्रधानाध्यापक मनोज रायमाझि, सोहि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान, थाहा ८ स्थित ईन्द्रायणि माविका अध्यक्ष सुमन कार्की, नेपाल गोजुरियो कराँते प्रशिक्षक मानसिं दोङ, थाहा पाटिका कार्यकारी सम्पादक शम्भु अधिकारी, तामाङ घेदुङ नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष विनोद कुमार लामा तथा नेकपा एमाले नगर कमिटि अध्यक्ष अच्युतम प्रसाद ढकालको उपस्थिति रहेको थियो ।
अन्तक्र्रिया कार्यक्रम मा बोल्दै खेलाडिहरुले थाहा नगरमा भलिवलखेलको विकास संगै सिंगो नगरकै खेल विकासमा अहिलेका जनप्रतिनिधिहरु तथा नगरका कर्मचारीहरु निस्वार्थ रुपमा लागि पर्नुपर्ने धारण व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै थाहा ३ का युवा खेलाडि उज्वल केसीले नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका खेलाडिहरुलाई उचित व्यवस्थापन तथा खेलाडि विमाको व्यवस्थामा नगरपालिकाले ध्यान दिनुपर्नेमा आफ्नो धारण व्यक्त गर्नुभयो । त्यस्तै कराँते प्रशिक्षक दोङले विभिन्न स्थानहरुमा खेलको प्रतिनिधित्व गर्दै मेडल ल्याउन सफल भएका नगरका खेलाडिहरुलाई नगरपालिकाले उचित सम्मान तथा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
पहिलो पटक भएको खेलकुद अन्तक्र्रिया कार्यक्रममा आफूले आफ्नो धारणाहरु राख्न पाएकोमा खुसी हुँदै नेकपा एमालेका नगर अध्यक्ष अच्युतम प्रसाद ढकालले नगरपालिकाका कर्मचारि, जनप्रतिनिधि तथा स्वयम दलका नेताहरु खेलकुद संगै समग्र नगरको विकासको लागि दलिय स्वार्थ भन्दा पनि माथि उठेर अभ्यास गर्नुपर्नेमा आफ्नो मत राख्नुभयो । कार्यक्रममा बोल्दै जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले खेलाडिहरुले खेलकुदको आयोजना मात्रै कुर्न नहुने र खेलाडिहरुले सदैव आफ्नो अभ्यासलाई कायम राख्नुपर्ने कुरा जिकिर गर्नुभयो । खेलाडिहरुले कहिँ कतै प्रतियोगिता हुन लाग्दा मात्रै आफूहरु तात्तिने परम्परा रहँदै आएको कुरा झकझक्याउँदै त्यस्तो परम्पराले सोचे अनूरुपको उपलब्धि हासिल गर्न नसक्ने कुरालाई स्पष्ट पार्दै खेललाई निरन्तर अगाडि बढाउनको लागि व्यवस्थापकिय जिम्मेवारीमा नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षणहुनुपर्ने तर खेलाडिहरु भने आफ्नो अभ्यासमा निरन्तर रहनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै फरक सोचका संयोजक यादव जंग रायमाझिले थाहा नगरमा पहिलो पटक हुन लागेको विच भलिवल प्रतियोगिताको लागि आयोजक टिमलाई शुभकामना व्यक्त गर्दै नगर खेल विकासका लागि आफू सदैब सकारात्मक रहि विविध अभ्यासहरु गर्दै आएको तर नगरपालिकाको भूमिका भने सोचे अनुरुप खास नरहेको कुरा व्यक्त गर्नुभयो । रायमाझिले नगरपालिकालाई अबका दिनहरुमा खेल तथा खेलाडिहरुलाई प्रोत्साहन हुने गतिविधिहरुमा थप प्रोत्साहन गर्न अनुरोध समेत गर्नुभयो ।
अन्तक्र्रिया कार्यक्रमका लागि खेलकुद संयोजक टिकाराम स्याङतानलाई संयोजनकारी फाँटमा राखिएको थियो । विविध कराहरुको निष्कर्षमा बोल्दै संयोजक स्याङ्तानले अब नगरको खेलकुदको विकासलाई साँच्चैनै नयाँ अनि सुव्यवस्थित ढंगबाट अगाडि बढाउने र खेलविकासका लागि आफूहरुले उचित तथा सहज मोडल निर्माण गरिरहेको कुरा बताउनुभयो । स्याङ्तानले खेलाडिहरुको विमा गर्नको लागि नगरपालिका सकारात्मक रहेको र आफूहरुले विमाका प्रक्रिया समेत सुरु गरिसेकेको समेत जानकारी दिनुभयो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
त्यस्तै प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका र आफू व्यक्तिगत रुपमा तयार रहेको बताउँदै नगर उप्रमूख भरत गोपालीले प्रतियोगिता रोमान्चक हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो । थाहानगरमा पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना हुन लागेको र उक्त प्रतियोगिताले नगरको खेलकुद विकास संगै पर्यटन प्रवद्र्धनमा समेत विषेश भूमिका निर्वाह गर्ने भएकोले प्रतियोगिताको आयोजना स्वागत योग्य रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरुले कार्यक्रमको लगि शुभकामना गदै आ–आफ्नो धारणा समेत राख्नुभएका थिए ।
थाहा नगरमा पहिलो पटक हुने विच भलिवल प्रतियोगितामा प्रथम हुने जोडिले नगद रु.५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुने जोडिले १० हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले प्रोत्साहन स्वरुप नगद रु ५ हजार र अनुशासित टिमले समेत ५ हजार रुपैयाँ पुरस्कार पाउने मुक्तानले जानकारी दिनुभयो । थाहा नगरपलिका वडा नं. ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा हुने प्रतियोगिता विजया दशमीको अवसर पारि आउँदो असोज १४ गते बाट सुरु भई १७ गते सम्पन्न हुने थाहा नगर भलिवल संघका सचिव सुजन बस्नेतले जानकारी दिनुभयो ।

भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ।

आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ।

सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो।यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले चेतावनी दिएको छ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते