एजेन्सि । पहिलाे पटक विश्वव्यापी तापक्रम एक वर्षमै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा धेरैले बढेको छ । युरोपेली सङ्घको जलवायु सेवाका अनुसार तापक्रमको ‘रेकर्ड’ राख्न थालेपछि अहिलेसम्म विश्वको तापक्रम एक वर्षमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढेको थिएन ।

विश्वका नेताहरूले सन् २०१५ मा दीर्घकालीन तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने प्रतिज्ञा गरेका थिए । यदि विश्वव्यापी तापक्रमलाई अब १ दशमलव ५ प्रतिशतभन्दा धेरै बढ्न नदिएमा जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावबाट बच्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । संयुक्त राष्ट्र सङ्घको लक्ष्य पनि यही हो । तर गएको अंग्रेजी वर्ष अर्थात् सन् २०२३ को फेब्रुअरीदेखि यो वर्षको जनवरीसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५२ डिग्री सेल्सियल्स पुगेको हो ।

कार्बन उत्सर्जन कटौतीमा विश्वव्यापी प्रतिबद्धता पूरा नभएकाले तापक्रम बढेर सङ्कट झनै नजिक आइरहेको विज्ञहरूले बताएका छन् । बेलायतको राष्ट्रिय मौसम विज्ञान समाजका प्रमुख कार्यकारी प्राध्यापक लिज बेन्टले यसले ल्याउने परिणाम खतरापूर्ण हुने चेतावनी दिनुभएको छ ।

तापक्रम वृद्धिका लागि मानवीय गतिविधि नै मुख्य हुन् । यसलाई सन्तुलनमा राख्नको खनिज इन्धन अर्थात् जीवाश्म इन्धनको प्रयोग निकै नै घटाउनुपर्ने देखिएको छ ।

लालबन्दी । सर्लाहीका बिपन्न एवं दलित समुदायका बिपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले मधेश प्रदेश सरकारबाट प्राप्त दुई हजार थान कम्बल बिपन्नलाई वितरण गरेको हो । शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मलंगवा, बलरा, गोडैता नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल गाउँपालिकामा १,२८० थानकम्बल वितरण गरेको थियो ।

शनिबार कविलासी, बागमती, हरिवन, इश्वरपुर, चन्द्रनगर, हरिपूर्वा, पर्सा, ब्रह्मपुरीमा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । सिडियो कोमल प्रसाद धमला तथा सुरक्षा निकायका उच्च पदस्थ ब्यक्तित्वहरुको उपस्थितीमा बिपन्नलाई कम्बल बाँडिएको कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

सर्लाही । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज मंसिर २२ गते शुक्रवार नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

बागमति, साउन २१ : मनसुनको न्यून चापीय रेखा  (Low Pressure Area) नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो।

‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको छ’, उनले भनिन् ।

मौसमविद्का अनुसार मनसुनी रेखा (पानी पार्ने माैसमी प्रणााली) सरदर स्थानभन्दा उत्तरतर्फ आयो भने त्यो नेपाल नजिक हुनेछ र वर्षाको मात्रा बढ्छ। त्यो रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्‍यो भनेचाहिँ नेपालभन्दा केही टाढा हुन्छ र यता पानी पर्ने क्रम केही कम हुन्छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेश  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। ‘गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेश  प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाका साथै गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो । नेपाल खबरबाट

सर्लाही, असार १२ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती  प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

देशको केही स्थानहरूमा मेघ-गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको  समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा, मेघ-गर्जन चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सर्लाही : आज (असार ८ गते) देखि मनसुन (वर्षायाम ल्याउने मौसमी प्रणाली) देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गर्दै भनेको छ– आज मिति वि.सं. २०८०/०३/०८ गतेका दिन मनसुन प्रणाली नेपालभर फैलिएको छ।’ नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा एकदिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) कोशी, मधेश र गण्डकी प्रदेशको पूर्वी भाग र बागमती प्रदेशका अधिकांश क्षेत्रमा प्रवेश गरेको थियो। यस हिसाबले मनसुन देशभर फैलिन ९ दिन लागेको महाशाखाले जनाएको छ।

मनसुन देशभर फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन (असार ८ देखि १०) सम्ममा देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। विशेष बुलेटिनमा अगाडि भनिएको छ– साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।’ जसका कारण बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहाव प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ। ‘त्यसैले खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, बुलेटिनमा भनिएको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।

सर्लाही : आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो ।

जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् ।

डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।

सर्लाही : आज बुधवार, बिहानैदेखि सर्लाहीसहित मधेशमा बादल लागेर आकाश धुम्मिएको छ । कालाे बादलले ढाकेकाे आकाशमा पानी झरिहाल्ला जस्तो भएको छ ।

देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा  रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भूक्षय तथा गेग्रान तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते