लालबन्दी । सर्लाहीको पुरानो बजार बयलवासमा एफ.एम.रेडियो सञ्चालनमा आउने भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा ‘रेडियो निगरानी १०७ मेगाहर्ज’ सञ्चालनमा ल्याउन लागेको हो ।

रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रबार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले विहिबार रेडियो सञ्चालनको लागि निगरानी मिडिया नेटवर्कका सञ्चालक पत्रकार राकेश गुप्तालाई रेडियोको ईजाजत पत्र प्रदान गर्नुभएको थियो । उहाँले रेडियो निगरानीले ईश्वरपुरसहित जिल्लामै सूचना सम्प्रेषणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाको ठुलो र पुरानो बजार भएर पनि बयलवास बजारमा एफ.एम. नभएकाे अवस्थामा निगरानी मिडिया नेटवर्कले यहाँ रेडियो सञ्चालन गरेर नगरवासीको चाहाना पुरा गर्न खोजेको भन्दै मेयर आचार्यले खुशि व्यक्त गर्नुभयो । रेडियो सञ्चालनको सम्पूर्ण तयारी गरिरहेको र सम्भवतः नयाँ वर्ष २०८१ सालको पहिलो दिन देखि नै रेडियोले परिक्षण प्रसारण सुभारम्भ गर्ने निगरानी मिडियो नेटवर्कका सञ्चालक राकेश गुप्ताले बताउनुभयो । उहाँले बयलवासमा एउटा रेडियो होस् भन्ने बलयवासवासीको चाहना अनुरुप नै आफूले रेडियो सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले रेडियो निगरानी सिङ्गो ईश्वरपुरवासीको रेडियो भएकोले रेडियो सञ्चालनमा सम्पूर्ण रुपले सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

रेडियोको लाईसेन्स हस्तान्तरण कार्यक्रममा उपमेयर रञ्जिता देवी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, योजना अधिकृत पुस्कर घिमिरे, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष पत्रकार कृष्ण थपलिया, लोकप्रिया आवाज दैनिकका सम्पादक पत्रकार मुकेश झा, रेडियो बरहथवाका सञ्चालक पत्रकार घनश्याम सिंह लगायतको उपस्थिति रहेको थियो । हाल सर्लाहीमा ११ ओटा रेडियो सञ्चालनमा रहेका छन् ।

जिल्लामा डेढ दर्जन जति रेडियो दर्ता रहेको भए पनि केही रेडियोस्टेशनहरू बन्द भइसकेका छन् ।

लालबन्दी । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन्

फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ ।

मेटाकै ह्वाट्सएप भने चलिरहेको छ । अहिलेसम्म फेसबुकले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन ।

लालबन्दी । सर्लाहीको लालबन्दी ८ मा रहेको अक्सफोर्ड एकेडेमिले ‘विज्ञान तथा कला प्रदर्शनी’ गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान तथा विभिन्न कलात्मक सामाग्रीहरुलाई लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, हरिपुर नगरपालिकाका मेयर गोपाल पंजीयार लगाएका अतिथीहरुले अवलोकन गरे ।

विद्यार्थीहरुले निर्माण गरेको विज्ञान तथा कलाको सिपले समाज र राष्ट्रलाई विश्वसामु परिचित हुन मद्दत पुग्ने वक्ताहरुले धारणा राखेका थिए ।

कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई विद्यालयले मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रमका तस्वीरहरू : शंकर नराल

 

सर्लाहीको हरिवन नगरपालिकामा वडा नम्बर १ मा रहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) प्रदान गर्नका लागी शनिबारबाट ड्रोन मार्फत नापजाँच कार्यको सुभारम्भ भएको छ । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले वडा नम्बर १ को कोठीखोला, सिकारी टोलबाट ड्रोन उडाएर नापजाँच कार्यको सुभारम्भ गरेका छन ।

सो कार्यक्रमको उद्घाटन सभामा बोल्दै बुढाथोकीले दुई महिना भित्रमा हरिवन नगरपालिका भित्रका ११ वटै वडामा नापजाँच गर्ने काम काम सकिने बताए । ड्रोनको माध्यमबाट नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएको हुँदा चाँडै नै भुमी हिन दलित र सुकुम्बासीहरुलाई लालपुर्जा प्रदान गर्न सजिलो हुने मेयर बुढाथोकीको भनाइ छ । ड्रोन तथा डिजिपिएस प्रणालीको बिधिबाट काम गर्दा अरुभन्दा १० गुणा बढी प्रभाबकारी हुने हरिवन नगरपालि अन्तर्गत भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले जानकारी दिए ।

वडा नम्बर एकका विभिन्न स्थानहरुको अभिलेख तयार गरि हरिवन नापी कार्यालय र मालपोत कार्यालयको समन्वयमा राष्ट्रीय भूमि आयोग सर्लाहीमा पेश गरिने र भूमिहिन तथा सुकुम्बासीहरुलाई छिट्टै जग्गाको धनी पुर्जा प्रदान गरिने वडा नम्बर १ का वडा अध्यक्ष टम बहादुर घिसिङको भनाइ छ । हरिवन नगरपालिका भरी भूमिहिन सुकुम्बासी–१,०२०, भूमिहिन दलित–२९१ जना र अव्यवस्थित बसोबासी–२,५२१ जनाको फारम हालसम्म अनलाइनमा प्रविष्ट गरिसकेको कुशवाहाले जानकारी दिए ।

राष्ट्रिय भुमी अयोगको कार्यविधिअनुसार डिजिपिएस र ड्रोन प्रणालीको प्रबिधिबाट काम थालनी गरिएको प्राबिधिक टोलिका सदस्य दिपेश कुमार लोप्चनको भनाइ छ । मेयर बुढाथोकीले सुकुम्बासीको पक्षमा छिटोछरितो ढंगको आधुनिक माध्यमबाट काम गरेको भन्दै स्थानीय राम तामाङ (गोले) लगाएत स्थानियले खुसी व्यक्त गरेका छन ।

भानुभक्त बराल, लालबन्दी – ७
(२०८०/१०/१०)

मधेश प्रदेश सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर देखी लालबन्दी नगरपालिका हुँदै बागमती प्रदेश, सिन्धुली जिल्लाको मरिण गाउँपालिका हुँदै सुनकोशी गाउँपालिकाको दुम्जा जोड्ने, रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययन सम्वन्धी स्थलगत भ्रमण कार्यक्रमको आयोजक लालबन्दी नगरपालिकाले मिती २०८०/१०/८ गते सोमवार भ्रमण र माघ ९ गते समिक्षा बैठक सम्पन्न गरेर थप आवश्यक प्रकृया अगाडी बडाउने जिम्मेवारी प्राप्त गरेको छ ।

संघिय खानेपानी मन्त्री माननीय महिन्द्र राय यादव ज्यूको नेतृत्वमा सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न.४ त्रिभुवननगर वार ८ गते दिनको १० वजे प्रारम्भ भएको स्थलगत भ्रमण कार्यक्रमको टोली रातको १० बजे सिन्धुलीको वि•पी• राजमार्ग अन्तर्गतको दुम्जामा पुगेको थियो ।

लालबन्दी नगरपालिका आयोजक रहेको भ्रमण टोलीमा संघिय खानेपानी मन्त्री माननीय महिन्द्र राय यादव संयोजक, मधेश प्रदेश सांसद बेची लुङ्गेली, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी, नगर उपप्रमुख कल्पना माया पाख्रीन प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपाने प्राय सबै वडा अध्यक्ष र जिम्मेवारी सहित केही कमचारी, त्यसैगरी सिताराम दाहाल, कुबेर आचार्य, शुरेन्द्र कुमार न्यौपाने दिपक अधिकारी, पुष्कर ढुङ्गेल, नारायण गुर्मछान, शालिग्राम लम्साल, ईन्द्र योञ्जन, रामबाबु साह, नबराज अधिकारी लगायत सडक डिभिजन चपुर बाट दिपक पाण्डे सहितको टोली बिहान ८ बजे त्रिभुवन नगर भ्रमणको प्रारम्भ स्थानमा पुग्यो ।

त्रिभुवन नगर


भारतिय सिमाना नजिकै भ्रमण टोलीलाई स्वागत र बिदाइको लागी ब्यवस्थापन गरिएको रहेछ। हामी पुगेको केही बेरमा मन्त्री महिन्द्र रायको टोली कार्यक्रम स्थलमा आई पुग्नुभयो । सयौको संख्यामा स्थानियको उपस्थिती रहेको त्यो सभामा ब्रह्मपुरी ४ का वडाध्यक्ष श्यामवावु साहको अध्यक्षतामा औपचारीक कार्यक्रम सम्पन्न भयो । कार्यक्रम पश्चात खाजाको व्यवस्था शशि भुषण सिंह (राजन)को घरमा गरिएको रहेछ । चिसो मौसममा तातो तातो पुरि, तरकारी र गुलिया मिठाई खायर आयोजकलाई धन्यवाद दिदै स्थलगत यात्रा दिनको १० वजे प्रारम्भ भयो ।

जनवरी-२२
भारतको अयोध्यामा जनवरी-२२ माघ ८ गते भगवान श्रीरामको मुर्ति प्राणप्रतिष्ठा गर्ने कार्यक्रम थियो । अयोध्या पुग्न नसके पनि भारतिय भुमि टेकौं भनेर हामि केही साथीहरु ठट्टा गर्दै त्रिभुवननगरको सिमा वाट भारतिय भुमिमा प्रवेश गरियो। हरेक घर पहेलो झण्डाले सजिएको पोल पोलमा माइक राखेर राम नाम र भजन वजाएको पहेलो ध्बजा सहित रिक्सा साईकल, मोटर साईकल, गाडी सबैमा झण्डा राखीएको वेला वेला मानिसको मुख वाट जय श्रीराम भन्ने आवाज शुन्दा लाग्थियो अयोध्या यहि हो। जगत नै राममय भएको भान भएको थियो ।

केहिबेर हामी बजार घुमेर फर्कीयौ ।
हाम्रो औपचारीका कार्यक्रम सुरु हुने बेला भएको रहेछ । हाम्रो यात्राको क्रममा ईश्वरपुर वजार बाट दक्षिण तर्फ हजारौको संख्यामा श्रीरामको कलस यात्रा गरेका भक्तजन संग हाम्रो भेट भयो । भक्तजनको भिडमा झन्डै १० मिनेट जाममा परियो । गाडीको झ्यालबाट श्रीराम भन्दै भक्तजनलाई प्रेरित गर्दै हाम्रो यात्रा उत्तर लाग्यो भक्तजनहरुको दक्षिण ।

संयोगले जुरेको जनवरी २२ राम लल्लाको प्राणाप्रतिष्ठा गर्ने दिन त्रिभुवन नगर- लालबन्दी – दुम्जा सडकको स्थलगत भ्रमणको दिन परेकोले सधै सम्झनामा रहने छ।

लालबन्दी नगरपालिकामा
दिनको ११ वजे त्रिभुवन नगर वाट माननीय मन्त्री महिन्द्र राय यादवको नेतृत्वमा भ्रमण टोली लालबन्दी नगर पालिकाको प्राङ्गणमा आईपुगेर सामान्य चिया बिश्राम पश्चात वाटोमा आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन गरेर ११, १२ वटा गाडीमा झण्डै १०० जनाको जम्बो टोलीको यात्रा अगाडी बढ्यो ।

हरेक गाडीको अगाडी भ्रमणको व्यानर टाँगेर प्रहरीको स्कर्टिङ्गमा मन्त्रि ज्यू चढ्ने सवारी को साइरन ले यात्रालाई रोमाञ्चित बनाएको थियो । पत्थरकोर खोला हुँदै लालबन्दी नगरपालिकाले वनाएको नया सडकको ट्रयाक अवलोकन गर्दै लानबदी बडा न १४ का वडा अध्यक्ष छेनाम सिंह घिसिङको आतिथ्यमा मोटर दोभानमा खानाको प्रवन्ध गरियको थियो । छोटो समयको व्यवस्थापनमा जम्मो टोलीले खाना खायर झण्डै १ वजे यात्रालाई निरन्तरता दिदै ३ वजे मरिण गाउँ पालिकाको सभा हलमा पुगियो ।

सिन्धुलि जिल्लामा

मरिण खोलाको पुल तरेपछी सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहालको नेत्वृत्वमा, जिल्ला समन्वय समितिका सभापति, गाउँपालिका अध्यक्ष सहितको टोली भ्रमण टोलीलाई स्वागत गर्न माला र खादा वोकेर सडक छेउमा वस्तु भएको रहेछ । मरिण गाउँपालिका को अध्यक्ष विमर्श मोक्तानको आमन्त्रणमा गाउँपालिकाको सभाहलमा पुग्यौ । त्यस पालिकाको प्रमुख प्रसाएकि अधिकृतले औपचारीक कार्यक्रम को सुरुवात गर्नुभयो ।

लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले त्रिभुवननगर-लालबन्दी- दुम्जा भ्रमणको विषयमा र आवश्यकताको बारेमा आफ्नो धारणा राख्नुभयो ।

सडक डिभिजन चपुरको डी.इ. दिपक पाण्डेले लालबादी – मरिण को दूरी, भौगोलीक अवस्था र सम्भावनाको बारे प्रकाश पार्नुभयो वोल्ने क्रममा उपप्रमुख कल्पना माया पाख्रीन, मधेश प्रदेश सभासद वेचि लुङ्गेली, पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ सिन्धुली जिल्ला समन्वय समिति सभापति, गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष संघिय सांसद राजन दाहाल, मन्त्री महिन्द्र राय यादव ज्यूको यो सडकको महत्व र पूर्ण गर्न आवश्यक पर्ने भुमिका निर्वाह गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो । औपचारीक कार्यक्रम सकिदा झण्डै ४ बजेको थियो मन्त्री महिन्द्र रायले भन्नुभयो आजै दुम्जा पुगे सडक बन्छ नपुगे बन्दैन । धेरै जना अलमल्ल पर्नुभयो। जाडोको समय साँझ पर्न लाग्यो, बिकट वाटोको यात्रा गर्नुभन्दा फर्कनु ठिक मानेका धेरैजना मन्त्रिजिको घोषणाले जसरी पनी पुग्ने मनस्थितीमा पुग्नु भयो । एकैछिनमा माहोल जाडोमा गरम वन्यो, उर्जा थपियो ।

फोरव्हिल नभएको गाडीको कारण केही गाडीका साथीहरु त्यहीवाट फर्कनु भयो। फेरी मन्त्रीज्यूको नेतृत्वमा ८ गाडीमा झण्डै ४० जनाको यात्रा प्रारम्भ भयो राति करिव १० वजे दुम्जाको वि.पि. सडकमा पुगेर यात्रा सम्पन्न भयो- त्रिभुवन नगर – लालबन्दी – मरिण-दुम्जा सडकको ।

यात्रा तय कसरी भयो ?
मिती – १०८०/६/८ गते लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीको पहल र अध्यक्षतामा नगरप्रमुख स्तरिय बैठकमा हरिवन नगरपालिकाको प्रमुख रमेश बुढाथोकी हरिपुर न.पा. प्रमुख गोपाल पंजियार ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ राय तेली र चन्द्रनगर गा.पा अध्यक्ष राजकुमार महतो उपस्थित पालिका समन्वय बैठकको निर्णय अनुसार र यस सम्बन्धमा मिती २०८०/५/८ गते लालबन्दी नगर कार्यपालिका बैठकको निर्णय अनुसार मिती – २०८०/८/११ गते च न ७२७ नगरपालिका प्रमुखले सम्माननिय प्रधानमन्त्रीज्यूलाई आयोजना विस्तारिकरण सम्बन्धमा सम्बन्धित नगरपालिकाहरूको तर्फबाट पत्र लेखरे खानेपानि मन्त्रिसंग भेट्नुभयो। यस सम्बन्धमा पटकपटक छलफल भइसकेको हुनाले वाहाँको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्‌ने योजानाले खाने पानी मन्त्रीकोमा पुग्नु भएको थियो । मन्त्रीज्यूले आफ्नो लेटर प्याडमा सोही सम्बन्धमा आफ्नो धारणा सहितको सिफारीस पत्र लेखी २०८०/८/१२ गते विहान ७ जने प्रधानमन्त्रि निवास बालुवाटार जाने व्यवस्थापन गर्नुभयो।

२०८०/०८/१२ गते
विहान ७ बजे लालबन्दी नगर प्रमुखको टोली ३ नम्बर गेट बाट वालुवाटार प्रधानमन्त्रि निवास प्रवेश भयो । मन्त्री पनि आईपुग्नुभयो समय लिई सकेको हुनाले समयमै पुग्यौं तर सोही दिन वेलुका प्रधान मन्त्री भ्रमणमा कतै जानुपर्ने भएकोले विशिष्ट व्यक्ति र निकायको मानिसको दौडा दौडी हेर्न लाएकको थियो । झण्डै ३ घण्टा प्रतिक्षा गरेपछी प्रधान मन्त्री संग भेट्न पाईयो नगर प्रमुख वासुदेव अधिकारी र मन्त्री महिन्द्र रायले सडकको महत्व र आवश्यक्ताको वारे प्रस्ट पार्नुभयो प्रधानमन्त्रीले सचिवलाई आवश्यक कार्वाही बढाउन तोक लगाउनुभयो । सोही दिन सचिव ज्यूले पूर्वाधार लाई पठाउन तोक लगाउनुभयो र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लाई प्रधानमन्त्री तथा मत्रिपषदको कार्यालय वाट मिती २०८०/८/१२ गते च.न.६२२/२२९५ को-वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको विस्तार सम्वन्धमा पत्र लेखियो ।

हामी पत्र बुझेर खानेपानि मन्त्रिज्यूको नेतृत्वमा भौतिक मन्त्रालय पुग्यौ । खानेपानि मत्री भौतिक मन्त्री, लालबन्दी नगरप्रमुख वासुदेव अधिकारी, श्याम श्रेष्ठ, राजन श्रेष्ठ, शुरेन्द्र कुमार न्यौपाने लगायत का व्यक्तिहरू भौतिक मन्त्रालयकोयको बैठक कक्षमा बसेर छलफल पश्चात प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वाट हामिले ल्याएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले सचिवलाई उक्त सडक रणनितिक महत्त्वको सडक भएकोले प्राथमिकता साथ वजेट व्यवस्था गर्ने प्रकृया अघिबढाउने भनेर हस्ताक्षर गर्नुभयो ।

हामीले सो कागजात सचिव ज्यूलाई बुझायर फर्कीयौँ। यसैगरी सोही सम्बन्धमा पत्र सडक डिभिजन चपुरमा आयो र खानेपानी मन्त्रीज्यूको अनुकुल समय मिलायर लालबन्दी नगरपालिकाको आयोजनामा प्राविधिक सहितको टोलीले प्रारम्भिक अनुगमन सहितको स्थलगत भ्रमण जुरायो । यो सडक संगको सम्बन्धमा ८ गते महत्वपूर्ण रहयो। कार्यपालिका बैठकको निर्णय – २०८०/५/८, पालिका समन्वय बैठक २०८०/६/८ र अवलोकन भ्रमण २०८०/१०/८ जुराएको होईन तर जुर्नु एक संयोग हो । कार्यपालिकाको निर्णय भएको पूरा ५ महिनामा भ्रमण सम्पन्न भयो ।

मरिण – दुम्जा यात्रा

३ वटा सिन्धुली जिल्लाको गाडी माननिय मन्त्रिज्यू,को १ पूर्व राज्यमन्त्रि शम्भुलाल श्रेष्ठको – १ लालबन्दी नगरपालिकाको ३ गरेर ८ वटा गाडी नया वस्तीबाट उकालो लाग्यो । तेल्ने, सालभञ्याङ, मधुवन, फिदिम खोला, काली खोलाको दोभान हुँदै रामपुर पुग्दा झम्के साँझ परेको थियो कतै निकै अफ्टेरो र घुम्ती त कतै सामान्य धुले वाटो १० कि.मी पार गर्न झण्डै २ घण्टा लागेको थियो । माननिय राजन दाहाल को क्षेत्रमा मन्त्रि पुग्नुभएको रामपुरवासीले भ्रमण दल सबैलाई भव्य स्वागत गर्नुभयो । केही वेरको विश्राम पश्चात चिया खायर फेरी हाम्रो यात्रा सुरु भयो । आप डाडा, चौकी डाडा, महाभारत लेख, सात दोवाटो (नाङ्गेडाडा) पुग्दा ८ः३० वजेको थियो । केहीवेर वाटो झुक्कीएछ अफ्टेरो वाटो रातीको समय अगाडीको गाडी देखीएन भने वाटो झुक्कीने डरले धेरै ठाउँ गाडीबाट ओर्लिएर टायरको डाम हेरेर हिड्नु पर्ने । अगाडीको गाडी छुटेछ ।

लालबन्दीको प्रमुख प्रशासकीय अधिकृत चढ्नुभएको गाडी सात दोवाटो बाट देब्रे लाग्नुपर्ने दाहिने लाग्यो मन्त्री ज्यूको गाडी पनि पछी लाग्यो त्यो भन्दा पछाडी नगर प्रमुख चड्नु भएको गाडीपनि पछि लाग्यो ३ वटै गाडीको लागी सबै वाटो नया अनी उस्तै । हरिहरपुर गडी पुगियो विद्यालय आयो गाउँ आयो फराकीलो ढुङ्गङ्गा विछाएको राम्रो वाटो गाडीको स्पीडपनि राम्रै थियो । हामी पछाडी उपप्रमुख चढ्नुभएको सुमो थियो बत्ती देखिएन, कतै वाटो भुल्नुभयो होला एकछीन पखर्नुपर्ने मन्त्रि जिको गाडी अगाडी बढ्‌यो भनेर कुरा हुँदै थियो १४ न बडा अध्यक्षको फोन आयो तपाई हरु गलत वाटो जानुभयो भन्नुहुन्छ । हैन होला सबै गाडी हाम्रो अगाडी छ यतै आउनु भनेको, होईन तपाईहरु फर्कनु भन्नु हुन्छ । केही बेर त्यही रोकेर सबै संग फोनमा सम्पर्क र भयो साँच्चै हामी हिढेको बाटो त पिपल दमार जाने पो रहेछ । झण्डै आदा घण्टाको वाटो वाट हामी फर्केर आयौ । सबैको भेट नाङ्गे डाडामा भयो र देब्रे तिर लाग्यौं देवी थान हुँदै । सबै भन्दा मजा चै बाटोमा जहाँ जसलाई सोधेपनी दुम्जा कतिखेर पुगीन्छ भन्दा जिब्रो निकालेर टाडा छ यहाँवाट २,३ घण्टा लाग्छ भन्ने ।

मरिण वाट ३ घण्टामा पुगीन्छ भनेको यात्रा ४ घण्टा हिडेर सोद्धापनि ३ घण्टा लाग्छ भन्ने सुनेर रमाईलो पनि लाग्यो र थकानले हतास पनि । नगरप्रमुख, शालिग्राम लम्साल, दिपक अधिकारी म र पत्रकार द्वय क्षितिज विश्वकर्मा र कृष्ण थपलिया एउटा गाडीमा थियौ । वाटोमा विहान सोनवर्षामा घर लान शालिग्राम लम्सालले ड्राईफ्रूट किन्नु भएको रहेछ हामी सबै मिलेर एउटा खजुरको डिब्बा खालि पायौं । क्षितिज जि ले खान मान्नुभएन । किन भनेको? विचरा पेट उकालो, ओरालो र घुम्तीले भरिएको रहेछ ! मेरो पछाडि बस्नुभएको थियो धन्न गाडीवाट झर्न भ्याउनुभयो अनि पेट खाली पार्नुभयो, मेरो टाउको जोगियो । लामो यात्रा प्राय कष्टकर नै हुन्छ तर स्मरण मिठो बन्छ ।

देवीथान मलंङ्गा हुँदै सिमल चौर बाट महामानव वि पि को घर भएको ठाउँमा राती ९.३० मा त्यहाँ पुग्दा पनि स्थानीय खादा माला लियर स्वागत गर्न बस्नुभएको रहेछ । फोटो खिच्न अध्यारोमा कोही मोबाईलको टर्च देखाउने कोही अनुदार देखाउने गरेर फोटो खिच्ने कार्य भयो । झण्डै १० वजे राती दुम्जाको वि.पि. राजमार्ग हुँदै मुलकोटको क्वालीटी रिसोर्टमा भव्य स्वागत सहित प्रवेश गरियो। सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा र संघिय सांसद राजन दाहालको आतिथ्यमा व्यवस्थित खाना र वासको प्रवन्ध मिलाईएको रहेछ ।

२०८०/१०/९ विहान
सोही रिसोर्टमा चिया खाजा खायर खुख्खा क्षेत्र घोषणा गरिएको सुनकोशी गा.पा. का जनतालाई सुनकोशीको पानी लिफ्ट गरेर ख्वाउने झण्डै १ अर्व वजेटको आयोजनाको अवलोकन पश्चात त्रिभुवननगर- लालबन्दी – दुम्जा सडकको विषयमा छलफल र निर्माण प्रतिवद्धता सहित भ्रमण टोलीको प्रमुखहरुले पत्रकार लाई अन्तर्वार्ता दिएपछी हामी विदा भयौं । मन्त्रीज्यू ३ वजेको क्याविनेर बैठक भ्याउन काठमाण्डौ लाग्नु भयो हामी १:३० वजेको समिक्षा वैठक लालबन्दी नगरपालिकाको सभाहलना वस्नेगरि विदाबारी भयौँ ।

लालबन्दी आई पुगेर खाना खायपछी नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षतामा समिक्षा वैठक वस्यो । भ्रमण सफल र फलदायी भएको निषकर्ष, थप सुझाव र आवश्यक प्रकृया अगाडी बडाउने सबैको प्रतिबद्धता सहित बैठक सम्पन्न भयो ।

रणनितिक सडक
सडक धेरै प्रकारका हुन्छन् । त्रिभुवन नगर- लालबन्दी – दुम्जा सडक को आफ्नै विषेशता छ । पहिलो यो भारतको सुनवर्षा सिमाना संग जोडीन्छ । पहिला सक्रिय रहेको त्रिभुबन नगरको भन्सार कार्यालय अहिले झण्डै मृत अवस्थामा छ। यो सडक संचालन हुँदा भारतिय सिमावाट राजधानी पुग्ने छोटो दुरीको भन्सार हुनेछ दुई देशको व्यापारीक सडक बन्न सक्छ । पहाड कन्दरा मा उत्पान भयका सामाग्रीले वजार पाउँछन् । मधेश, तराई पहाडलाई जोड्दा यसले सामाजिक, सांस्कृतिक, औद्योगिक, पर्यटन व्यवसाय, शैक्षिक र आर्थीक क्षेत्रको विकाश हुनेछ । एउटा सडकले भारतिय सिमाना, लोकमार्ग, रेल मार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी राजमार्ग र बि पी राजमार्गलाई जोड्ने भएकोले यो सडकलाई रणनितिक सडक भनि मानिएको छ ।

मलंगवा । सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १० जिल्ला विकास समितिको भवनमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रम बिच मधेस प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन कुमार सिंहले मुल ढोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे । उनले मन्त्री बनेपछि आफनो पहिलो प्राथमिकता प्रदेशको ८ वटा जिल्लामध्ये यातायात सेवा कार्यालय नरहेको बारा र सर्लाहीमा यस कार्यालयको स्थापना गर्नु थियो, एउटा काम पुरा भयो, अब बारामा पनि चाडैं उद्घाटन हुने उनले बताए ।

हाल यस कार्यालयबाट सवारी साधनको चालक अनुमतिपत्र वितरण सेवा बाहेक अन्य सबै सेवा संचालन हुने सेवा कार्यालयका प्रमुख राकेश यादवले जानकारी दिए । उनका अनुसार स्थानीय तहले जतिचाँडो जग्गा उपलब्ध गराए त्यति चाँडै लाईसेन्सको लागि ट्रायाल सेन्टरको निर्माण प्रक्रिया पनि अगाडी बढ्नेछ ।

जिल्लामा यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन गौर, बिरगंज बर्दिबास र जनकपुर धाउनुपर्ने अवस्था थियो । तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको र जिल्लाबासीको बनाइ रहेको छ ।

रौतहट : अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो।

होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए।

सबै दोषी नरहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  स्रोतका अनुसार पक्राउ गरिएका केही व्यक्तिले सिया प्यालेस होटलमा बसेका महिला डाक्टरको कोठा ढकढक्याई खोल्न लगाउने तथा अभद्र व्यवहार गरेका थिए।

बागमति । सर्लाहीको बागमति नगरपालिकालाई २ थान झार काट्ने मेसिन (ग्रास ट्रिमर) प्राप्त भएको छ ।

संबिधानसभा सदस्य एवं जिल्लाका लोकप्रिय समाजसेवी नरेन्द्र साहले नगरपालिकालाई २ थान ग्रास ट्रिमर प्रदान गर्नुभएको हो । उहाँले १५ थान ट्रिमर बाँड्ने योजना अन्तर्गत बागमति, हरिवन र बरहथवालाई २/२ थान वितरण गरिएको बताउनुभयो ।

शुक्रबार बिहान बागमति नगरपालिका कार्यालय परिसरमा एक कार्यक्रममार्फत साहले सो सामाग्री नगरपालिकालाई हस्तान्तरण गर्नुभएको नगरपालिकाका रोजगार सहायक सन्तोष गदालले जानकारी दिनुभयो ।

सर्लाही । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट वितरण केन्द्र बनेको छ ।

चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति र पुरानो बक्यौता रकम संकलनमा पनि अब्बल देखिएपछि यस वितरण केन्द्रले प्राधिकरणको ३८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा सम्मान प्राप्त गरेको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहलाई हिजो काठमाडौंमा आयोजित स्थापना दिवस समारोहमा कदरपत्रसहित सम्मान गर्नुभयो ।

मन्त्री बस्नेत, मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरी प्रदान गर्नुभएको कदरपत्रमा विद्युत चोरी नियन्त्रणमा उल्लेख्य भूमिका खेली वार्षिक विद्युत् चुहावटमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको, बक्यौता असुली, छुट बिलिङमा महत्वपूर्ण प्रगति हाँसिल गरेकाले वितरण केन्द्रलाई सम्मान गरिएको उल्लेख छ ।

यो वितरण केन्द्रले गत आर्थिक वर्षमा कालोसूचीमा परेका ग्राहकबाट बक्यौता रकम संकलन कार्य जारी राख्यो भने विद्युत् चुहावट १५ प्रतिसतमा झारेको छ ।

यता आफु मातहत रहेको कार्यालय उत्कृष्ट भएपछि लालबन्दी वितरण केन्द्र प्रमुख ई. सन्जीव कुमार शाहले केन्द्रलाई अब्बल दर्जामा स्थापित गराउन भुमिका खेल्ने कर्मचारी, पत्रकार तथा ग्राहकवर्गमा धन्यवाद ब्यक्त गरेका छन ।

एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् ।

सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन् । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ, जबबाट १० अंक संकलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ ।

मुख्य पुरस्कारका रुपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउनेछन । दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायर फ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछन । त्यसै गरि तेस्रो विजेताले वायर फ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जीबी डेटा तीन महिनासम्म पाउनेछन ।

यति मात्र नभई, विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरि साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ । साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढि प्राप्त गरेको अंकको आधारमा रु. ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य रहन्छ ।

विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिनेछ । पुर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोलाप्रथाको आधारमा छनोट गरिनेछ । प्रतियोगितामा सहभागीहरुले विजयी टोलि मिलाउन सफल भएमा ३ अंक र सहीगोल अर्थात स्कोर मिलाउन सकेमा ५ अंक प्राप्त गर्दछन् ।

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य हुनेछन् । ईपीएल खेलहरुको पुर्वानुमाननिश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनीहो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेव ाप्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा कामग र्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्चगतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनी मध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँच भित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।

एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते