काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पुनर्विचार गर्न’ भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार पारित गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने बैठकमा खाँणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भनी पहिलो प्रस्ताव राख्नेछन् । प्रस्तावमा सांसदहरूले धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतबार संसद्मै फिर्ता गरिदिएकी थिइन् । प्रमुख प्रतिपक्षी एमालेले विधेयकको विरोध गरिरहँदा राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फर्काइदिएपछि सत्तारूढ गठबन्धनका नेताहरुले राष्ट्रपतिले आफू पहिले आबद्ध रहेको एमालेको पक्षमा काम गरेको भन्दै विरोध गरेका छन् । गठबन्धनले संघीय संसद्का दुवै सदनबाट जस्ताको त्यस्तै विधेयक पारित गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ । सदनमा सत्ता गठबन्धनको बहुमत भएकाले बिहीबारको बैठकबाटै नागरिकता विधेयक पारित हुने भएको छ ।

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छन्।

नेपाल महिला संघ केन्द्रीय समितिले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर अघि बढ‍नुपर्ने बताएकी हुन्।उनले भनिन्,’ स्थानी तह निर्वाचनको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई  एक नम्बरको पार्टी ठूलो बनाउन सबै जुटौं।’

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ।राणाले सानातिना कुरामा नअल्झिएर महिलाका समस्यालगायतका मुद्दा उठाउनुपर्नेमा जोड दिइन्।

उनले पछिल्लो समय तीज गीतको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्। उनले भनिन,’  तीजमा महिला अधिकार, महिलाका मुद्दा उठाऔं, तीजको महत्व र गरिमा घट्न दिनुहुन्न।’

१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।

जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले श्रमजिवी वर्गकाे प्रतिनिधिमूलक पार्टी नेकपा एमाले भएकाेले राष्ट्रिय पूँजीकाे विकास गरेर जनतालाई अवसर प्रदान गर्ने , जनवादी शासन व्यवस्था कायम गर्ने र जनतालाई गरिवीकाे चपेटाबाट मुक्त गर्दै समाजवादका पुग्ने लक्ष्यका साथ नेकपा एमाले अगाडि बढिरहेकाे बताएका छन् ।

नेकपा एमाले हेटाैँडा उपमहानगरपालिका वडा नं. ८ कमिटीद्वारा अायाेजित प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता रानाले शान्तिपूर्ण जनपरिचालनद्वारा राजनितिक जनक्रान्ति सम्पन्न भएपनि सामन्तवादका अवशेषहरू कायम रहेकाेले संघीय लाेकतान्त्रिक गणतन्त्रमा पनि जनताकाे समस्या र माग पूरा हुनसकेकाे छैन भन्दै अामुल परिर्वतनकाे अाधार सामाजिक, अाथिक र साँस्कृतिक रूपान्तरण भएकाे बताउनु भयाे । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पार्टीद्वारा सञ्चालित सुदृढीकरण तथा शुद्विकरण अभियानबारे, सचिव नवीन सिग्देलले जवजकाे मान्यतामा पार्टी संगठन निर्माण र परिचालन, जिल्ला कमिटी सचिवालय सदस्य राजन थापा स्थानीय तह निर्वाचनकाे सन्देश र अागामी निर्वाचनकाे तयारी,पार्टी जिल्ला कमिटी सदस्य मिलन पाठकले पार्टी र जनसंगठनबीचकाे अन्तरसम्बन्धबारे प्रशिक्षण दिनु भएकाे थियाे ।

कार्यक्रम वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश कमिटीका सदस्य गाेपालबहादुर श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गणेशकुमारी श्रेष्ठ, जिल्ला कमिटी सदस्य यसाेदा उप्रेती, हेटाैँडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनी , सचिव बाेलबहादुर कार्कीलगायतकाे उपस्थिति रहेकाे पार्टी वडा कमिटीका सचिव शुसिला मल्लले जानकारी दिनुभयाे ।

१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन । निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ ।

प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’

प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्रीले सोझै राष्ट्रपतिसँग सपथ लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका लामिछानेले पालिका सभाका सदस्यबाट प्रदेश परिषद गठन गर्ने धारणा राखेका छन् । प्रदेश परिषदमा पालिका प्रमुख र उपप्रमुख मात्रै रहने छन् । प्रदेश परिषदले नै प्रदेशसभाको काम गर्ने छ । प्रदेश परिषदको बैठक वर्षमा २ पटक मात्रै बस्ने उनकाे प्रस्ताव छ ।

काठमाडौं।आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि ७६ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म रहेकोमा ७६ दल आयोगमा दर्ता भएका छन् ।

आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ७६ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् । निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जानकारी दिएको छ । #निर्वाचन_आयोग

काठमाडौं ।  बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि दोहोर झडप सूरु भएको वडाध्यक्ष तामाङले बताए 

साउनकाे अन्तिम साेमबार देवघाटमा लाखौं भक्तजनकाे भिड (भिडियाे सहित) चितवन ।पवित्र धार्मिक स्थल देवघाटमा आज साउनको अन्तिम सोमबार भक्तजनको घुइँचो लागेको छ । भक्तजनको घुइँचो लागेपछि मन्दिरमा पूजा गर्न र झोलुँगे पुल तर्न भक्तजन चर्काे घाममा लामो समय लाइन बस्नु परेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको घुइँचो आज बढी देखिएको हो ।

त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट आउन थालेका थिए । अहिले पनि स्नान गर्ने जाने क्रम जारी छ । व्रत नबस्नेहरुको पुनि उत्तिकै ओहिरो लागेको छ । देवघाटको वारी चितवनतर्फ स्नान गरेर फर्कनेहरु पनि थुप्रै छन् । तर अधिकांश भक्त जन पारी तनहुँतर्फ वेणी संगममै पुगेका छन् । पुलमा भिड नहोस् भनेर पुल तर्नका लागि भक्तजनहरुलाई लाइनमा राखिएको छ । लाइन निकै लामो थियो । मन्दिरमा पूजा गर्नका लागि पनि भक्तजनको लामै लाइन लागेको छ । केही भक्तजनहरू खाली खुट्टै स्नान गर्न पुगेको देखिन्थ्यो । चितवनतर्फबाट गएका भक्तजन झोलुंगे पुलबाट मात्रै तनहुँतर्फ पुगेका छन् ।

यसपटक बाढीले वेणी संगम डुबाएको छ । भक्तजनलाई नदी तार्न प्रयोग गरिँदै आएको डुंगाको प्रयोगमा पनि यसपटक रोक लगाइएको छ । पानीको वेग भएकाले डुंगा नचलाइएको हो । तसर्थ झोलुंगे पुल तर्नका लागि लामो लाइनमा भक्तजनहरु बस्नु परेको हो । देवघाट जाने सवारी साधनको जामले गर्दा जंगलको कच्चि र ओरालो बाटोमा सवारी चालकलाई सवारी गुडाउन समेत निकै संघर्ष गर्नुपरेको देखिन्थ्यो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । देवघाटमा आज झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । साउनको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको अनुमान गरिएको थियो ।

‘यसपटक साउनमा पाँचवटा सोमबार परेको र अन्तिम सोमबार विशेष हुने भएकाले भक्तजनको उल्लेख्य सहभागीता देखिन्छ’, उनले भने, ‘अहिलेसम्म नआएका भक्तजन पनि अन्तिम सोमबार भनेर आउनु भएको छ ।’ सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको अध्यक्ष अधिकारीले बताए । ट्राफिक व्यवस्थापनका लागि रामनगर–देवघाट सडकलाई प्रवेश मार्ग बनाइएको छ भने आँपटारी–देवघाट सडकलाई बाहिरीने बाटो बनाइएको छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । साउनको अन्तिम सोमबार नयाँ व्रतालुले पनि साउने व्रत सुरु गर्ने गर्छन् । देवघाटको धार्मिक महिमा सत्यगुगदेखि रहेकाले पनि देवघाटमा अत्याधिक भिड लाग्ने गर्छ ।

नेकपा एमालेका केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले माधव र प्रचण्डकाे स्वार्थकाे कारण नेपालमा कम्युनिष्ट अान्दाेलन विखण्डन भएकाे र दक्षिणपन्थी हावी देखिएकाे बताउनुभयाे ।

नेकपा एमाले बाग्मति गाउँपालिकाद्वारा अायाेजित प्रशिक्षण कार्यक्रममा उहाँले स्थानीय निर्वाचनमा नेकपा एमालेकाे सिट संख्या कमि भएता पनि जनमतमा पहिलाे पार्टी भएकाेले संघीय निर्वाचनबाट नै सिट र जनमतमा पहिलाे पार्टी हुने दावि गरे । उहाँले पटक पटक नेपाली काँग्रेस सत्तामा पुगे पनि मुलुक बर्वादी भएकाेले नेकपा एमालेका नेताहरू मनमाेहन र केपी अाेली सरकारकाे ९/९ महिना सरकारकाे सफलतालाई स्मरण गराैँ भन्नुभयाे । नेपाली काँग्रेससंग एक्लै निर्वाचन लड्ने सामर्थ नभएकाे र साहारा खाेज्दै हिँडेकाेले एमालेकाे कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयाे ।

कम्युनिष्टहरू अाफैमा अनुशासित हुने भएकाेले अध्ययनशिलता, ग्रहणशिलता, प्रयाेगशिलता र सृजनशिलता हुनुपर्ने बताउँदै सधै अग्रमन र परिवर्तनकारी हुने बताउनु भयाे । केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टी माथी चाैतर्फी प्रहार भईरहेकाे बेला हरेक कार्यकर्ताले जिम्मेवारबाेधका साथ भूमिका निर्वाह गर्नुपर्ने बताउँदै क्रान्ति सम्पन्न भयाे तर जनताकाे अबस्था नफेरिएकाेले अबकाे कार्यभार समाजबादकाे निर्माणकाे अाधार निर्माण गर्नुपर्ने रहेकाे नेता रानाले बताउनु भयाे । केन्द्रीय सदस्य तथा माननीय सांसद कृष्णप्रसाद दाहालले मुलुककाे अार्थिक जर्जरतालाई अन्त्य गरि विकास, समृद्वि र संघीयतालाई सुदृढ गर्नकाे लागि एमालेले अागामी निर्वाचनमा जित्नुकाे विकल्प नभएकाे बताउनु भयाे । जिल्ला सचिव नवीन सिग्देलले बहुदलीय जनवादकाे मान्यता अनुरूप पार्टी संगठन निर्माण र परिचालनबारे प्रशिक्षण दिनुभयाे ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य अणराज जर्गामगर, पद्मा पाैडेल, दिलबहादुर घिसिङ्ग, छिरिङ्ग दाेर्जे पाख्रिन, नारायण सापकाेटा, खेमराज जर्गा मगर, शर्मिला विक, मदनकुमार दाहाल, जिल्ला कमिटी सदस्य राजकुमार तिमल्सिना,कमल राई, सरिता विक, मदनकुमार दुरूङ्गच्याङ्ग, बकैया गाउँपालिका अध्यक्ष गाेपाल दाहाल, उपस्थितिमा कार्यक्रमकाे पालिका कमिटीका अध्यक्ष चन्द्रबहादुर राईकाे अध्यक्षतामा भएकाे हाे । प्रशिक्षणमा पालिका कमिटी सदस्यहरू वडा कमिटीका पदाधिकारीहरू, जनसंगठन पालिका कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू गरि १ सय २५ जनाकाे सहभागिता भएकाे पालिका सचिव मनाेज नेगीले बताउनु भयाे । ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताए । प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताए ।

प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै उनले खुशी व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गरेका थिए ।

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते