एमाले गठबन्धन सरकारको संकेत
मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको हो । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।
दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन
दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दम–खोकी) । श्वासनलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा दम–खोकी अर्थात् ब्रोन्कियल आस्थामा भनिन्छ । […]
बालबालिकालाई छालाको एलर्जी, कारण अनेक
बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ । बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास […]
विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी
मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ । सुन्दा त सामान्य लाग्छ, कब्जियत । तर यसले निम्त्याउने जोखिम भने भयानक छ । त्यसैले कब्जियत मामुली समस्या होइन । खासगरी खराब जीवनशैली नै कब्जियतको मूल कारण हो । अरु पनि थुप्रै कारण छन् जसले यस्तो समस्या निम्त्याउँछ […]
१६ घण्टे फास्टिङ र किटो डाइटले ग्याष्ट्रिकको समस्या हुनसक्छ : डा. अखिलेश कश्यप
फास्टिङको लहर व्यापक छ, शहरमा । कसैलाई मोटोपन घटाउनुछ, कसैलाई दीर्घरोगबाट छुटकारा पाउनुछ, कसैलाई चुस्त पाचनयन्त्र पाउनुछ । अतः यी सबैका लागि धेरैले अपनाउने एउटा विधी छ, फास्टिङ । पछिल्लो समय १६ घण्टे इन्टरमिटेन्ट फास्टिङ बस्ने प्रवृत्ति मौलाएको छ । यसले तत्काल केही राम्रै नतिजा दिएपनि दीर्घकालिन रुपमा भने खराब असर गर्ने चिकित्सकहरु बताउने गर्छन् […]
सुतेको बेला घुर्ने समस्या सामान्य नहुन सक्छ
सुतेको अवस्थामा कोही किन घुर्छन् ? खासमा वायुमार्गको समस्याले गर्दा श्वासनली आंशिक बन्द हुन पुग्छ, जसकारण फोक्सोमा पर्याप्त अक्सिजन पुग्दैन । यही स्थितिमा मान्छे घुर्छ । यो ध्वनि घाँटीको पछाडिको नरम तन्तु (अभ्युला र नरम तालु), जिब्रोको आधारमा हुने कम्पनले पैदा हुन्छ । लगभग संसारका आधा मानिस आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा घुर्ने गर्छन् […]
नवप्रवेशी आत्तिए, चतुर लगानीकर्ता रमिते !
गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भनेपछि त्यसको ‘परकम्पन’ सेयर बजारमा जारी छ । बोर्डको विज्ञप्तिपछि भएका चार कारोबारमध्ये तीन दिन उच्च अंकले सेयर बजारमा गिरावट देखियो । बोर्डको विज्ञप्ति सार्वजनिक भएको भोलिपल्ट सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घट्यो । त्यसको भोलिपल्ट १ अंकलेमात्रै घटेको बजार आइतबार र […]
बिजुली गाडी चढेर २५ हजार किलोमिटरको यात्रामा दुई साथी
बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन ! तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन ।
आयातमा नगद मार्जिनको प्रावधान यथावत
। नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन । यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो । मौदि्रक नीतिको […]
अर्थतन्त्र दबाबमै रहेको राष्ट्र बैंकको सन्देश
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिएर राष्ट्र बैंकले अर्थतन्त्रको दबाबमै रहेको सन्देश दिएको छ। तर, केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियोमा केही लचक बन्ने भएको छ । चालु आर्थिक वर्षबाट कार्यावयनमा गएको ९० प्रतिशतको सीडी रेसियोमा केन्द्रिय बैंकले लचकता अपनाउने भएको हो । केन्द्रीय बैंकले ११ […]